बागलुङ । ताराखोला गाउँपालिकाले २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको २० औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ ले सार्वजनिक गरेका हुन् ।
अध्यक्ष विकले प्रस्तुत गरेको नीतिमा गाउँपालिकाले प्रत्येक घरपरिवारलाई उत्पादन र रोजगारसंग जोड्न् कृषि , पशुपालन, पर्यटन र घरेल उद्योगमा प्रवद्र्धन गर्ने उल्लेख छ ।
कृषि, पशुपालन जडीबुटी र नगदेबाली उत्पादन, प्राकृतिक धार्मिक र साँस्कृतिक सम्पदाको उपयोग, ग्रामीय पर्यटन, सहकारी, जलस्रोत वन लगायतको उपयोगबाट समृद्धि हासिल गर्ने ताराखोलाले नीतिमा लिएको छ ।
कृषि आधुनीकिकरण गरी एक वडा एक उत्पादन गर्ने, रैथाने बालीको उत्पादन विकास गर्ने, बाँझो जग्गामा उत्पादन बढाउने गर्ने नीति लिएको अध्यक्ष विकले बताए ।
कृषि पुर्वाधारमा सिँचाई, कुलो, पोखरी व्यवस्थापन, सडक स्तरोन्नति, कृषि एम्बुलेन्स तथा चिस्यान केन्द्रको सुरुवात गर्ने, पशु विकास कार्यक्रम, स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा लघु उद्यम, अल्लो, हस्तकला, काष्ठकला, लोक्ता सम्बन्धी उद्योग विकास गर्ने नीति तय गरिएको छ ।
शिक्षा क्षेत्रमा सिकाई विकास, प्रविधिमैत्री शिक्षण, मगर भाषाको विस्तार, दलित द्वन्द्व पीडित तथा विपन्न वर्गका विद्यार्थी थप अतिरिक्त कक्षा सञ्चालन गर्ने, प्राविधि शिक्षा, एआई तालिम प्रदान गरी शिक्षा क्षेत्रको विकास गर्ने नीति लिएको अध्यक्ष विकले बताए ।
यस्तै, युवा सशक्तीकरणका लागि युवा नेतृत्व विकास, युवा रोजागार, एक युवा एक सीप अभियान संचालन गर्ने, विद्यालयमा खेलकूद कार्यक्रम चलाउने, अध्यक्ष कप ताराखोला महोत्सव संचालन गर्ने ताराखोलाले नीति लिएको छ ।
दीर्घकालीन रोगका बिरामीलाई आर्थिक र प्राविधिक सहयोग गर्ने, उपाध्यक्षसंग सुत्केरी महिला पोषण झोला, टेलिमेडिसनका सेवा लगायतका कार्यक्रम सञ्चालन गर्ने, महिला बालबालिकाको लागि उचित कार्यक्रम, भाषा कला तथा संस्कृती विकास, खानेपानी मुहान दर्ता, गुणस्तर परीक्षण गाउँपालिकाले नीति लिएको छ ।
पुर्वाधारतर्फ विकासतर्फ सडक विस्तार गर्ने, उर्जामा जलविद्युत सेवा नपुगेको स्थानमा सौर्यउर्जा व्यवस्था गर्ने, भवनको विकास तथा नक्सा पास व्यवस्था गर्ने, वन वातावरणमा सामुदायीक वन सुचिकरण करको व्यवस्था गर्ने, जलउत्पन्न प्रकोप नियन्त्रण गर्ने, विपद व्यवस्थापनका लागि प्रत्येक वडामा फ्रन्टलाइन टोली गठन गरिने अध्यक्ष विकले बताए ।
सुशासन तथा संस्थागत क्षमता विकास गर्न प्रशासनिक व्यवस्थापन कर्मचारी मनोवृति हौसला कार्यक्रम गर्ने, राजस्व तथा आन्तरिक श्रोत परिचालन गर्न करको दायर विस्तार गर्ने, सूचना तथा सञ्चार व्यवस्थापन र विस्तार गर्ने, पालिकाको वृत्तचित्र तयार गर्ने गाउँपालिकाले नीति लिएको छ ।