• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • अर्थतन्त्र ,
  • स्थानीय सरकार ,
  • बागलुङ

‘चैते दशै बागलुङे मेलैमा’ 

  • चैत १५, २०७९

नारायण रिजाल, -बागलुङ ।  आज चैत्राष्टमी बागलुङमा ऐतिहासिक मेला संचालन भै रहेको छ । यहाँको प्रसिद्ध कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा रहेको छ । जिल्लाको आर्थिक सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरका छुट्टै महत्व रहेको छन । बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि बागलुङ कालिका मन्दिर र यहाँ लाग्ने चैते दशैंको मेला बन्न पुगेको छ । बागलुङ भन्ने वित्तीकै यहाँ लाग्ने चैते दशैं मेला र बागलुङ कालिका मन्दिरसंगै जोडिएर आउँछन् । त्यसैले पनि बागलुङ कालिका मन्दिर र चैत्राष्टमी मेलाको विषयलाई लिएर थुप्रै गीत पनि गाईएका छन् । गायक शुभराम भारीले गाएको आँटेको पु¥याईदेऊ रेशम बागलुङ कालिका गितले कालिका मन्दिरको महिमालाई बोल्छ ।  त्यस्तै गायक टिका क्षेत्री प्रकृतिले गाएको चैते दशै बागलुङे मेलैमा, बिमलराज क्षेत्रीले चैते दशै मैलेमा माया बस्या ख्याल ख्यालैमा लगायतका थुप्र गितले  चैते दशै मेलाको बारेमा बोलेको छन । गितले बागलुङ कालिका र चैते दशै मेला बीचको सम्बन्धलाई उजागर गरिएको छ । 

चैत्र शुक्ल अष्टमीका दिन चैत दशैं मेला गरिन्छ । 
विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । पछि मूर्ति सहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापनापछि चैते दशैं मेलाको सुरु भएको किम्बदन्ती पाईन्छ । उसो त कालिका मन्दिरमा हरेक दिन पूजा पाठ हुन्छ । यद्यपी चैते दशैं र वडा दशैंमा भक्तजनहरुको ठूलो घुँईचो लाग्छ । विशेषगरी चैतै दशैं, धुमधामका साथ मेला लाग्ने यो दिनलाई खास मानिन्छ । हरेक वर्ष चैते दशैंमा यहाँ मेला लाग्छ ।
राजा प्रतापी नारायण मल्लले माझकी देवीलाई हालको बाँगेचौरमा स्थापित गरेर आफ्नो राज्यको राजधानी ढोर(ल)थाना म्याग्दीको (बेनी) गएका थिए । तत्पश्चात उनै कालिका देवीको मन्दिरमा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैत दशैं मेला गरिने प्रचलन (परम्परा) चलाएको किम्बदन्ती रहेको पाईन्छ । 
राजाले देवीलाई ढोर(ल) थाना नलग्नुको पछाडी विभीन्न कारण रहेका छन । पर्वते राजाहरु वैष्णवमार्गी थिए । राजा प्रतापी नारायणका बाजे राजा डिम्बबम मल्ल जगन्नाथका परम भक्त थिए । जगन्नाथको मन्दिर रहेको गाउँ अर्थात आसपासमा काटमार गर्ने प्रचलन अहिलेसम्म पनि नरहेको हुँदा देवीको मन्दिर यहाँ स्थापना गरिएको पाईन्छ ।’ पछि बागलुङ कालिका भन्ने चलन रहेको बागलुङका पवार खड्का नामक पुस्तकमा उल्लेख गरेका छन । राजकुमारीको निकै प्रिय माझी देवीलाई बाँगेचौरमा स्थापना गरेपछि रानीको चित्त दुखाईलाई बुझेका राजा प्रतापी नारायणले बाँगेचौरमा देवीलाई स्थापित गरेर चैत्र शुक्ल अष्टमीलाई मध्यनजर गरी चैतदशैं मेलाको आयोजना गरी रानी सहित आफु आएर देवीको पूजाअर्चना गर्ने, स्थानीय लोक साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुद लगायत हाटबजार सञ्चालन गर्ने साथै जनताको पीरमर्का सुन्ने र बुझने परम्परा कायम गरेको बताईन्छ । बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्र्दा मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस र सुँगुर समेत बली दिईन्छ । 

६ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने
    बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष कुमार खड्का अनुसार हरेक वर्ष वडादशैंमा ४ लाख भन्दा बढि र  चैत्ते दशैंमा ६ लाख आन्तरिक तथा बाह्य पर्यटक मन्दिरको दर्शन तथा पूजापाठ गर्ने अनुमान गरिएको छ । वडादशैंमा भाकल गरेकाहरु पूजा गर्न धेरै आउँछन् । चैत्र दशैंमा भने घुम्न र हेर्नका लागि आउनेहरुको संख्या बढि हुने गरेको खड्काले बताए । बागलुङ कालिकामा गरेको भाकल पूरा भएको भन्दै सुनचाँदी चढाउने चलन पनि छ । भक्तजनले मन्दिरको मुल गेटमा १५ केजी चाँदीको फ्रेम चढाएका छन् । कालिका देवीलाई यसरी सुनचाँदी चढाउने सयौं वर्ष पुरानो प्रचलन रहि आएको छ ।
मन्दिरमा आउने भक्तजनहरुको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाईएको अध्यक्ष खड्का बताउँछन् । पूजाका लागि लाईनको व्यवस्था गरेका छौं, मन्दिरलाई अझै आर्कषक बनाईएएको छ । पहिलेका पुराना संरचनालाई कलात्मक ढंगबाट पुनःनिर्माण गरिएको छ । यसले पर्यटकलाई झनै आर्कषण गराएको छ ।’
 
सामाजिक र आर्थिक क्षेत्रसंग जोडने 
बागलुङ कालिका मन्दिर र चैते दशैं मेला जिल्लाको आर्थिक सामाजिक अवस्था संग जोडिएको छ । बाईसे चौबिसे राज्य हुँदा एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गररे कब्जा गर्ने चलन रहेको र देवीको पूजा गरेमा शक्ति प्राप्त हुन्छ र युद्ध जितीन्छ भन्ने विश्वासका आधारमा राजाहरुले पुजापाठको चलन बसाएको संस्कृतिविद प्रेम छोटा बताउँछन । चैते दशै मेला यहाँको सामाजिक र आर्थिक क्षेत्रसंग जोडिएको छ । चैतें दशैको मौका पारेर यहाँका स्थानीय उत्पादनहरुको विक्री वितरण गर्ने गरिन्छ ।
 
उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत 
ग्रामिण भेगमा उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत बनेको छ मेला । यसले जिल्लाको आर्थिक क्षेत्रलाई धानेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  चैते दशैंमा देशका विभिन्न ठाउँबाट मेला भर्न र कालिका मन्दिरको दर्शनका लागि आउने गर्दछन ।यहाँको ग्रामिण क्षेत्रमा निगालोको चोयाबाट निर्मित डोको डाली, नाङ्लो, काठको ठेकी,फलामका भाडाँ, मादल, लिएर मेलामा बिक्रि वितरणका लागि राखिने छ यसले जिल्लाको आर्थिक क्षेत्रलाई टेवा पुग्ने श्रेष्ठले बताए । मेलामा विभिन्न ठाउँहरुबाट काठका ठेकाठेकी, बेतबाँसबाट बनेका डाला डाली नाङला आदी स्थानीय उत्पादन ल्याएर विक्री गर्ने चलन अझै पनि कायमै छ । विगतमा यहाँको अर्थतन्त्र चैते दशैं मेलामा निर्भर रहेको कुरा बागलुङ यहाँका व्यवसायीहरु बताउँछन । कुनै बेला सडक नहुँदा चैतें दशैमा लाग्ने मेलाकै भरमा बागलुङको अर्थतन्त्र चलेको थियो श्रेष्ठले भने, तर अहिले चैते दशै मेला भर्न आएका बजार जाँदैन बजारको व्यापार भने सोचे अनुसारको हुन सकेको छैन । 

दोहोरी गितको खानी चैते दशै मेला  
चैते देशै मेला दोहोरीगीत लागि एउटा खानी रुपमा रहेको छ । प्रत्येक वर्ष  चैत्राष्टमी मेलाका क्रममा दोहोरीगीत प्रतियोगितालाई निरन्तरता दिने गरिएको छ । पछिल्लो समयमा उत्पादन भएको अधिकाम्स कलाकार चैतै दशैं मेलाको उपज भएको लोकदोहोरी गाएक विष्णु खत्री बताउँछन । देशका विभिन्न स्थानबाट मेलामा दोहोरी गितमा कलाकारहरु भाग लिने गर्दछन ।  चैतै दशैं मेलामा लोक दोहोरी प्रतियोगिता हुने चलन निकै पूराना हो,’ खत्रीले भने चैते दशैं मेलामा दोहोरी गाउँदा गाउँदै म लोक दोहोरी क्षेत्रमा लागेको हुँ । 
 पहिले पहिले म्याग्दी पर्वतमा महिला र यहाँका पुरुष तथा यहाँका महिला र म्याग्दी पर्वतका पुरुषहरुबीच लगातार दुई तीन दिनसम्म झाम्रे गाउने चलन भएको अग्रजहरु बताउँछन ।  त्यतीबेला, सालैजो, यानीमाया, लस्के भाका लगायत यहाँको स्थानीय मौलिक गितहरु चैते दशैंमा गाउने गरिन्थ्यो । अहिले विस्तारै हराउँदै गयो, गाउन छोडेपछि नयाँ पुस्ताले भुलेको बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारीले बताए ।  चैते देशैं मेलाको पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगितालाई चैत्राष्टमी मेला व्यवस्थापन समिति यस वर्ष पनि निरन्तर दिएको छ । चैत्र १३ गते देखी संचालित मेला चैत्र १७ गते सम्म संचालन हुने छ । 

भलिबल र छेलोमा युवाको आर्कषण
मेलामा संचालन हुने भलिवल प्रतियोगितमा राष्ट्रिय स्तरका खेलाडीको सहभागि हुन्छ । खेल प्रति युवाको आर्कषण पनि बढ्दै गएको छ । भलिबलको पुरस्कार राशिनै ३ लाख रुपैयाँ रहेका कारण पनि मेलामा खेलप्रेमी बढ्दै गएका छन । भलिबल खेल हेर्नकै निम्ती टाढा टाढाबाट आउने गरेको जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगश भण्डारी बताउँछन ।  मेलामा छेलो प्रतियोगिता पनि निरन्तरता रहेको छ । यहाँ छेलो फाल्नका निम्ती देशका विभिन्न ठाउँबाट आउने गर्दछन । 
पूर्वाधार निर्माणमा तिव्रता
अहिले बागलुङ कालिका मन्दिर मन्दिरको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा तीब्र गति लिएको छ । मन्दिरको यसै वर्ष छाना मर्मत गरिएको छ भने मन्दिर पसिरमा स्लेट ढुङ्गा बिच्छ्याईएको छ । मन्दिरको बृहत्तर विकास गरेर धार्मिक तथा पर्यटन गन्तव्य स्थलको रुपमा अगाडी बढाउने गुरुयोजना निर्माण गरिएको छ ।  दिर्घकालिन रुपमा असर नपर्नेगरी भौतिक निर्माण गर्न गुठी संस्थान र पुरातत्व विभागमा अध्ययनका लागि अगाडि बढाईएको अध्यक्ष खड्काले बताए ।  मन्दिर पछाडिको भ्यू प्वाइन्ट र ज्येष्ठ नागरिक आश्रम स्थल पनि संचालन गरिएको छ । मन्दिरमा आउने दर्शनार्थीका निम्ती कालिगण्डकीको पानी लिफ्टििङ प्रविधि मार्फत मन्दिर परिसरमा ल्याईएको छ ।  मन्दिरको मूल गेटमै पूजा सामग्री किन्न तथा खाजा खानका लागि सुविधा सम्पन्न रेष्टुरेण्ट समेत सञ्चालनमा छ । यहाँको आर्थिक र पर्यटन विकासका लागि बागलुङ कालिका र चैते दशै मेलाले निकै महत्व बोकेको छ ।

 May be an image of one or more people, people standing and outdoorsMay be an image of 4 people and people standing

 

May be an image of 7 people and people standing

प्रतिक्रिया