नबसृजना युवा क्लब(एनवाईसी) र असारे युवा क्लब ताराले शनिबार एक कार्यक्रमका बीच पोष बहादुर घर्तिको उपचार लागि संकलित रकम हस्तान्तरण गरेको छ । आर्थिक संकलन अभियानको क्रममा जम्मा भएको १२ लाख ४३ हजार ५ सय ५५ रुपैयाँ पोष बहादुर घर्ति को धर्म पत्नि छलमाया घर्तिलाइ हस्तान्तरण गरिएको नबसृजना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिए ।
करिब ७÷८ बर्ष पहिले वैदेशिक रोजगारी मा रहदा लडेर टाउकोमा चोट लागेका घर्तिको टाउकोको नशामा समस्या देखिएपछि २ पटकसम्म जटिल सल्यक्रिया गरिएको र थप उपचारका लागि आर्थिक समस्या देखिएपछि परिवारबाट आर्थिक सहयोग को अपिल गरिएकोमा स्थानीय नबसृजना युवा क्लबको समन्वयमा असारे युवा क्लबले अर्थिक संकलन अभियान सुरु गरेको थियो । हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै ताराखोला गाउँपालिका वडा न ५ का अध्यक्ष राम बहादुर रोकाले ग्रामीण क्षेत्रमा स्थापित क्लबहरु खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रममा मात्र नअल्झिएर यस्तै खालका सामाजिक हित र अन्य सेवामुलक कार्यलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिए ।
त्यस्तै गाउँपालिकाका प्रमुख राजनैतिक सल्लाहकार नरेश केसीले सामाजिक विकास र मानवीय सेवामा एनवाईसी ताराले खेलेको भूमिका सह्रानीय भएको बताए । कार्यक्रममा वडा न ५का वडा सदस्य मन बहादुर रोका, समाज सेवि कुल बहादुर रोका, असारे युवा क्लबका उपाध्यक्ष नारायण घर्ति लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवसृजना युवा क्लवका अध्यक्ष पूर्णभद्र निउरले अभियानका क्रममा सहयोग दाताको नामावली सहित संकलित रकमको जानकारी गराएका थिए ।
देश तथा बिदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरु प्रति क्लबले हार्दिक आभार प्रकट गरेको छ । अभियानको क्रममा संकलन भएको पहिलो चरणको रकम हस्तान्तरण गरिए पनि सहयोग गर्न चाहने सहयोगिहरुले अझै पनिसहयोग खुल्ल रहेको असारे युवा क्लबका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिए । हस्तान्तरण कार्यक्रम असारे युवा क्लबका अध्यक्ष प्रकाश रोका को अध्यक्षता, एनवाईसी ताराका प्रथम उपाध्यक्ष धन बहादुर घर्तिको संचालन र एनवाइसी ताराका सास्कृतिक संयोजक गोबिन घर्तिको स्वागतमा सम्पन्न भएको थियो ।