पुर्व राज्यमन्त्री खड्का काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

  • पुस ८, २०७८

बागलुङ- नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पुर्व राज्यमन्त्री चम्पादेवी खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन । बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि भएकी खड्का केन्द्रीय सदस्य खस आर्य महिला तर्फ निर्वाचित भएकी हुन । खड्का सँगै मञ्जु खाँड, नानु बास्तोल विद्या तिमल्सिना, कान्ती सेजुवार र प्रतिमा गौतम निर्वाचित भएका छन । खड्का देउवा पक्षको प्यानलमा परेकी थिईन । ६ जना मध्य गौतम शेखर पक्षबाट निर्वाचित भईन भने अन्य सवै देउवा पक्षबाटै निर्वाचित भएका हुन ।

खड्का यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री भएकी थिईन भने संविधान सभा सदस्य हुन । खड्का नेपाली काँग्रेस बागलुङका पुर्व जिल्ला सचिव तथा पुर्व सांसद स्व. हरि खड्काकी श्रीमती हुन । २०६४ सालको संविधान सभाको निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित स्व. खड्काको सडक दुर्घटनाबाट मृत्यु भएको थियो । त्यसपछिको उपनिर्वाचनमा केन्द्रिय सदस्य खड्काले पुन निर्वाचन जितेर संविधान सभा सदस्य भएकी थिईन । खड्का अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पनि बागलुङ काँग्रेसको तर्फदेखी बागलुङ क्षेत्र नं‌. १ को उम्मेदवार थिईन । सुरुमा राजनितिमा धेरै सक्रिय नभए पनि राजनितिमा होमिए सँगै खड्काले सफलता हात पार्दै आएकी छन । 
 

प्रतिक्रिया