बागलुङ- साफ्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङ शाखाले चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । मंगलबार देखी दसैँ, तिहार, छठ पर्व लगायतका पर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालनमा ल्याएको हो ।
कार्यलयले हरेक वर्ष नागरिकलाई सहुलियतका लागि सुपथ मुल्य पसल सञ्चालनमा ल्याउने गरेको साफ्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङ शाखाको प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । बानपा –४ उपल्लाचौरमा रहेको पसलबाट ग्राहकले सुपथ मुल्यमा नुन, चिनी र तेल खरिद गर्न सकिने छ र
उक्त पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३ सय ५५ रुपैयाँमा बिक्री भइरहेको श्रेष्ठले जानकारी दिए ।
प्रतिव्यक्ति अधिकतम ६ किलो चिनी, ५ किलो नुन र ५ लिटर तेल किन्न पाइने व्यवस्था गरिएको छ । यो पसलमा बजार मुल्य भन्दा चिनी प्रतिकिलो रु १० नुनमा रु २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर रु ७० छुटको व्यवस्था रहेको छ । हाललाइ चिनि नुन र तेल मात्र वितरण गरिएता पनि केही दिनमा मैदा चामल र आटा पनि वितरणको योजना बनाएको श्रेष्ठले जानकारी दिए र
सुपथ मुल्य पसल कात्तिक १० गते सम्म बिहान १० बजेदेखि दिउँसो ४ः३० बजे सम्म सञ्चालन हुने छ भने सार्वजनिक बिदाको दिन बन्द रहने कर्पोरेशनले जनाएको छ ।