• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

निसीभुजी क्षेत्रमा एउटा भोटे कुकुरको मुल्य ५० हजार

  • पुस २१, २०७८

बागलुङ- कुकुर घरपालुवा जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुर रक्षकको रुपमा पाल्ने गरिन्छ । यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । सुन्ने र सुँघ्ने शक्ति भएको कुकुर घरको रेखदेख र मानिसहरु शोखका लागि पाल्ने गर्दछन । 
जनावर भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ । यही रक्षकको रुपमा रहेको भोटे कुकुरको माग भने जिल्लाको पश्चिम क्षेत्रमा बढ्दै गएको छ । बागलुङको पश्चिम निसी, ढोरपाटन, र तमानखोला क्षेत्रमा घरघरै पाल्दै आएको भोटे कुकुरको माग अहिले बढ्दै गएको हो । शौखिनका निम्ती निसी भुजी क्षेत्रबाट बर्षेनी सयौँ भोटे कुकुरका बच्चा देशका विभिन्न थाउँमा पु¥याउने गरीएको छ । अहिले यहाँ उत्पादन भएका भोटे कुकुरका छाउरा जिल्ला भन्दा बाहिर बढि माग बढ्दै आएको ढोरपाटन नगरपालिका–७ का स्थानिय ललित कुमार भण्डारी बताउँछन । 
भण्डारीका अनुसार विशेषगरी बुटवल, पोखरा, काठमान्डौ, लगायतका मुख्य शहरबाट गाउँमा आएर भोटे कुकुर लैजानेको संख्या बढि रहेकोे छ ।  केही दिन पहिले मात्र यहाँका खड्क अदै सहित अर्का स्थानियले पालेको भोटे कुकुर ५० हजार रुपैयाँमा विक्रि भयो भण्डारीले भने,– ‘यस क्षेत्रमा पालेको ठुलो र साहसिलो हुने भएका कारण कुकुर खोज्न आउने दैनिक बढ्दै गएका छन, बोबाङ क्षेत्रबाट मात्रै बार्षिक १ सय बढि कुकुरका बच्चा विक्री हुने गरेको छ ।’ 
भोटे कुकुर देख्दै ठुलो र साहसिलो हुने साथै अन्य घरपालुवा पशुपंक्षीलाई बाघ तथा चितुवा साथै अन्य जंगली जनावरहरुले आग्रमण गर्न आएमा यसले सजिलै प्रतिकार गर्ने हुँदा यस क्षेत्रका अधिकाशंले भोटे कुकुर नै पाल्ने गरेको भण्डारी बताउँछन । यस क्षेत्रमा जन्मिएको अन्य भुस्सिया कुकुर जस्तो डुल्ने हिँडने गर्दैन । घरमा रहेका सदस्य सँग सँगै गोठ जाने र बेसी झर्ने गर्दछ । भोटे कुकुर यस ढोरपाट र निसी क्षेत्रमा माथिल्लो भेगमा गोठमा बस्दा र गोठालो गर्दा समेत मानिसहरुको साथी हुने हुँदा धेरैको रोजाईमा यही कुकुर पर्ने गरेको हो । यस क्षेत्रमा भेडा हेर्नका लागि पनि कुकुर सँगै लग्ने गरिन्छ । विशेषगरी बर्षातको समयमा लेकमा पशुचौपायाँ सँग बस्नेहरुले अनिवार्य रुपमा भोटे कुकुर पाल्ने गरेका हुन । 
    भोटे कुकुर एकान्त घर, धेरै पशुचौपायाँ, फार्म जस्ता स्थानमा राख्ने गरीएपनी पछिल्लो समय सौखिनका लागी भन्दै शहर बजारमा समेत लैजाने गरीएको छ । निसीभुजी क्षेत्रबाट मात्रै बार्षिक दुई सय बढि कुकुरका बच्चा विभिन्न स्थानमा खरिद गरेर लैजाने गरेको स्थानिय शेरबहादुर भण्डारीको भनाई छ । ‘पहिले–पहिले आफन्ती पाहुनालाई निशुल्क रुपमा कुकुरका बच्चा दिने गरीएको थियो । पछिल्लो समयमा शहरी क्षेत्रबाट पनि यसको माग बढ्दै आयो भण्डारीले भने,– विस्तारै माग बढ्दै आए पनि यहाँ मासिनले केही पैसा लिएर दिने गर्दथे अहिले त केही समय हुर्काएको एउटै कुकुरको  पचास हजार रुपैयाँ सम्म पर्न थालेको छ । यसले यहाँका सर्वसाधारणको आम्दानीको श्रोत समेत वन्दै गएको छ ।’
    सामान्य तया यस क्षेत्रमा मंसिर देखी माघ सम्म कुकुर खोज्न धेरै आउने गरेका छन । बच्चा नै लिन आए पनि बच्चा नपाए पछि ठुलैलाई धेरै मुल्य हालेर पनि खरिद गर्न लागेको स्थानिय बताउँछन । अहिले साना बच्चा पाँच हजार देखि पच्चिस हजार सम्ममा विक्री हुने गरेको छ भने ठुलालाई ५० हजार सम्म पर्ने गरेको छ । माउ कुकुरले पुस माघमा बच्चा जन्माउँछ  एकै बेतमा ४÷५ वटा सम्म बच्चा जन्माउने भएका कारण कतिपयको राम्रो आम्दानीको श्रोत समेत वन्न थालेको हो । 
    पछिल्लो समयमा विदेशी कुकुर भित्रिए सँगै हराउँदै गएका भोटे कुकुर अहिले यसको माग बढ्दै गए सँगै पुनः यो जातको बचश्व हुने विश्वास लिईएको छ । 
 

प्रतिक्रिया