• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • अर्थतन्त्र

बागलुङ नगरपालिकाको स्वेत पत्र जारी,रातो किताब सार्वजनिक

  • असार ३१, २०७९

नारायण रिजाल- जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाले स्वेत पत्र जारी गर्नुका साथै आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम योजना र बजेटको रातो किताब सार्वजनिक गरेको छ । नगरपालिकाको यथार्थ अवस्थाको बारेमा थाहा पाउने नगरबासीको अधिकार स्थापित गर्नका लागि श्वेत पत्र सार्वजनिक गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगरबासी प्रतिको जवाफदेहितालाई आफ्नो कर्तव्य ठानी आफुले पदबहाली  गर्दाको अवस्थामा नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक र प्रशासकिय लगायतका विषयमा भएको यथार्थ अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले श्वेत पत्र जारी गरिएको नगरप्रमुख श्रेष्ठले बताए । ‘श्वेत पत्र नगरको विकास र समृद्धिका लागि दिर्घकालिन, मध्यकालिन एवं बार्षिक योजना बनाउने आधार बन्ने छ । नगरप्रमुख श्रेष्ठले भने,–‘ हरेक योजना सवै पक्षको सहयोग, सदभाव, साझेदारी र सहभगिता जुटाई कायन्वयन्व गर्नुपर्ने हुन्छ । यसका लागि यो नै महत्वपुर्ण आधार हो । यहाँ हाल सम्म भएको यथार्थलाई समेटिएको छ । 
उनले भोलीका दिनमा यसै पत्रको जगमा काम र उपलब्धी आम मुल्याङ्कन एवं स्वमुल्याङ्कन गरिने बताए । स्वेत पत्रमा हाल सम्म भएका उपलब्धी र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा प्रष्ट पारीएको छ । 
    नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरसभाको ११ औं अधिवेशनबाट स्वकिृत निति तथा कार्यक्रम, योजना र बजेटको ‘रातो किताब’ सार्वजनिक गरेको छ । नगरप्रमुख श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेट अनुसार  नगरस्तरीय, वडा स्तरीय योजना तथा कार्यक्रमको सुचि सार्वजनिक गरिएको छ । रातो किताबमा समपुरक कोष, क्रमागत योजना तथा भुक्तानी बाँकी दायित्वका बारेमा, सशर्त संघिय सरकार र प्रदेश सरकारबाट आएका कार्यक्रमको बारेमा अनुसुचि सहित प्रष्ट पारिएको छ । यही रातो किताबमा सार्वजनिक भएका योजना आगामी वर्ष कार्यान्वय गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले बागलुङ नगरपालिकाले जारी गरेको स्वेत पत्र र रातो किताब सार्वजनिक गरेर एउटा जनता प्रति उत्तरदायि देखिएको बताए । उनले रातो किताबमा रहेको हरेक योजना समयमा नै कार्यान्वयन गर्नमा सवै पक्षले जोड दिनुपर्ने बताए । 

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा केसी, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य महेन्द्र आचार्य, नेकपा माओबादी केन्द्रका बागलुङ संयोजक राजिब घिमिरे, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, राजमोका जिल्ला सचिव भिमलाल पोखरेल, राप्रपाका डिल्ली प्रसाद आचार्य, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य लक्ष्मी बोहोरा, गैसस महासघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, राष्ट्रिय उपमोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना लगायतले बोलेका थिए । 
कार्यक्रमको उद्देश्यका बारेमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी गराएका थिए । 
कार्यक्रम नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख राजु खड्काको स्वागत र नगरपालिकाका कर्मचारी ससबहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया