नेपाली कांग्रेस गलकोट नगर समितिको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत गत असोज ९ गते भएको प्रथम नगरअधिवेशनवाट निर्वाचित नगर कार्यसमितीको मंगलबार एक कार्यक्रमका विच जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सल्लाहकार एवम् गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले निवर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै नव निर्वाचित हुने सम्पुर्णलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उलने कुनैपनि व्यक्ति नेतृत्वमा आउदा उसको पछाडि सम्पुर्ण पार्टी पङ्ती रहने भन्दै सम्पुर्ण तह र तप्कामा रहेका नेता तथा कार्यकताको उत्तिकै जिम्मेवारी रहेको बताए । उनले वडा देखि केन्द्र सम्मकै नेतृत्व पार्टी र संगठन विस्तार गरी पार्टिलाई निती संवत् सम्पुर्ण आम कार्यकर्ताको भावना र चाहनाको कदर गर्दै पार्टिलाई अगाडि वढाउनुपर्ने बताए । गैरेले नयाँ नेतृत्वले आगामि दिनमा गलकोटको संगठनलाई अझ सशक्त र लोकप्रिय वनाउदै सम्पुर्ण गलकोटको नेतृत्व नेपाली कांग्रेसलेनै लिने वातावरण सिर्जना गर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित सभापति विरजंग भण्डारीले गलकोटका सवै वडामा गतिशिल र जुझारु काँग्रेस बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले अग्रजहरु सँग सल्लाह गरी पाटीका हरेक क्रियाकलाप अगाडी बढाउने बताए । भण्डारीले आगमी स्थानीय तहको निर्वाचनमा गलकोटका सवै वडा काँग्रेसको नेतृत्वमा ल्याउन सोही अनुसार पाटीका क्रियाकला गराउने आफ्नो योजना रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं आगामी अधिवेशनका सभापतिका उम्मेदवार जगदिशचन्द्र उपाध्याय महाधिवेशन प्रतिनिधि एवं गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा, महाधिवेशन प्रतिनिधीहरु जित शेरचन, मञ्जु शर्मा चालिसे, हरिहर शर्मा, याम श्रीस, प्रदेश सभा सदस्य पदका प्रत्यासि उम्मेद्वार मञ्जेशवम मल्ल, जिल्ला सदस्यहरु सुरेन्द्र वम मल्ल, मुकुन्द भण्डारी, नेपाल भुतपुर्व सैनिक संघका जिल्ला सभापति क्या. हरि वहादुर भण्डारी, क्षेत्रीय सचिव तिलक घर्ती मगर, पुर्व महाधिवेशन प्रतिनीधि डण्डपाणि कडेँल, नेपाल शिक्षक संघका जिल्ला सचिव हेमराज गैरे, पुर्व क्षेत्रीय सभापति घनश्याम गौतम, क्षेत्रीय सदस्य शंकर पुन, गलकोट नगरपालिका वडा नम्वर १ का सभापति हिम वहादुर खड्का लगायतले नवनिर्वाचित कार्यकसमितलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा गलकोट नगरपालिकावाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको भलिवल खेलमा सहभागि भएका गलकोटका खेलाडिहरुलाई नेपाली कांग्रेस गलकोट नगरकार्यसमितिद्वारा सम्मान पत्र र नगदद्वारा सम्मान गरिएको थियो । त्यस्तै निवर्तमान सभापति नारायणध्वज मल्लद्वारा वर्तमान सभापति विरजंग भण्डारीलाई पदभार हस्तान्तरण समेत गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालिकाका निवर्तमान सभापति नारायणध्वज मल्लको अध्यक्षता, नगर सदस्य कल्पना गौतमको स्वागत तथा उपसभापति यज्ञ प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।