मंसिर शुक्ल पक्षको पूर्णिमाको दिन । विहानको तिन/चार बजे देखी नै मन्दिरमा चर्को स्वरमा बर माग्नेको भिड लाग्छ । रातको समयमा चिच्याएर बर माग्दा मनोकांक्षा पुरा हुने मान्यता रहेका कारण उज्यालो नहुँदै दर्शनार्थीहरु मन्दिर पुग्ने गरेका हुन्छन । बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्दिरमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि चिच्चाएर बर माग्नेको भिड लागेको थियो । मन्दिरको दर्शन गर्नक ालागि गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजनहरु उज्यालो नहुँदै मन्दिर पुगेका थिए । कोरोनाका कारण गत वर्ष भन्दा यस वर्ष दर्शनार्थीको बढि नै भिडभा रहेको थियो ।
विशेषगरी पूर्णिमाको राती प्रतिपदाको बिहान उज्यालो हुनुपूर्व बर माग्नुपर्ने मान्यता रहेको भएपनि मंसिर र पुस महिनाभरी बर माग्दा मनोकांक्षा पुरा हुने मान्यताले सत्यावतीमा भक्तजन पुग्ने गरेको बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन् । गत वर्ष कोरोना कहरका कारण अलि धेरैजना भेला हुन पाएनन् । गाउँपालिका अध्यक्ष शर्माले भने यस वर्ष अलि सहज भएको छ । स्वास्थ्यका मापदण्ड अपनाएर सहज ढंगले पुजा गर्ने वातावरण मन्दिर व्यवस्थापन समितिले मिलाएको थियो । व्यवस्थापनका लागि स्वयसेवक खटाएका थियौ ।’
‘तीथि मिति भन्ने छैन्, पुस महिना लागेपछि धेरै जिल्लाबाट आएर फर्किनेहरु हुनुहुन्छ’ शर्मा भन्छन् ‘मन्दिरमा दर्शन गर्नका निम्ती पुस महिनाभर आउँदा हुने मान्यता रहेको छ । यो मनिामा जहिले आए पनि मन्दिरमा पुजा हुन्छ ।
बरेङको सत्यावतीमा बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, म्याग्दीलगायतका जिल्लाबाट भक्तालुहरु पुग्ने गरेका छन् ।
परापुर्वकालमा महाशक्ति सत्यावती बराजुले चिच्चाएर बर माग्दा दिनको उज्यालोमा मागेको बर अरु कसैले सुन्ने र बराजुले बर दिन नसक्ने मान्यता अनुसार हरेक वर्षको दिवाली पुर्णिमाको दिन भक्तालुहरु त्यहाँ पुगेर बर माग्ने गरेको बरेङका स्थानीय ओम प्रसाद पौडेलले बताए । सत्यावतीमा पुगेर रातीमा मागेको बर पुरा हुने विश्वासले भक्तालुहरु त्यहाँ पुग्ने गरेका छन् ।
सत्यावती बराजु बहिरा रहेकाले चिच्चाएर बर माग्नु पर्ने र बर मागेको अरु कसैले देख्न नहुने मान्यता छ । पहिले हप्तौं लामो बाटो हिँडर सत्यावती पुग्ने गरेका भक्तालुहरु भने अहिले व्यक्तिगत र सार्वजनिक सवारी साधान प्रयोग गरेर त्यहाँ पुग्ने गरेका छन । रातीमा बर माग्नु पर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नु पर्ने र पुर्णिमाको राती बर माग्नको लागि रातमा लाईन बस्नु पर्ने भएकाले केही समस्या भएको बागलुङ सदरमुकामबाट मन्दिर दर्शनका लागि पुगेका डिल्ली आचार्यले बताए । आचार्यका अनुसार चिसो मौसममा विहानै देखी लाईनमा बसेर पुजा गर्नुपर्ने बाध्यता रहेको र यसलाई अझै व्यवस्था गर्न सकेमा दर्शनार्थीहरुलाई सहज हुने बताए । आचार्य लगायतको धेरै जनाको टोली अघिल्लो दिन नै गएर बसेर विहान सवेरै मन्दिरको दर्शन गरी फकिएका थिए ।
पहिले जस्तो यातायातको समस्यन नभए पनि खान र बस्नका लागि भने यस क्षेत्रमा समस्या रहेको छ । नजिकै एउटा होमस्टे भए पनि टाढा टाढा बाट आएको भक्तजनहरुले पहिलै बुक गर्ने र नजिकबाट गएका लागि बस्न समस्या हुने गरेको आचार्यले बताए ।
सत्यावती जानको लागि बागलुङ बजारहुँदै दुदिलाभाटीहुँदै बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङहुँदै बाटाकाचौरसम्मको कच्ची सडक सञ्चालनमा रहेको छ ।
हाल मन्दिर आसपासमा निर्माण गरिएका दुई वटा सामुदायिक भवनबाहेक बस्नका लागि अन्य पुर्वाधार नभएको स्थानीय बताउँछन् । गाउँपालिकाले रणनीतिक योजनानै बनाएर सडक सञ्जालसँग सत्यावतीलाई जोडेको छ ।
आदिकालमा सत्यावती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनहरुलाई बर दिने गरेको किंवदन्तीको आधारमा भक्तालुहरु त्यहाँ जाने गरेको बुढापाकाहरु बताउँछन् । पाल्पामा रहेको सत्यावती बराजु, गुल्मीमा रहेको मालिका माईको भने कार्तिक शुक्ल पुर्णिमामा पनि दर्शन गर्न सकिने मान्यता छ ।