को को छन त महाधिवेशन प्रतिनिधिका उम्मेदवार ?
नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा, नगरपालिका र गाउँपालिका र प्रदेश सभा क्षेत्रको निर्वाचन सकिएको छ । अहिले क्षेत्रीय महाधिवेशनको रौनकता छाएको छ । जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्र छन । ति क्षेत्रमा सभापति सहित महाधिवेशन प्रतिनिधिका नेता कार्यकर्ता रिझाउने दौड धुपमा छन । जिल्लामा दुई क्षेत्रमा नै सभापति सहित महाधिवेशन प्रतिनिधिमा पनि काँग्रेसका दुई पक्षिय समुह नै बनाएर उम्मेदवारी दिने चर्चा चलेको छ । यद्धपी मनोनयन दर्ताको समय सम्म के हुने हो हेर्न बाँकी छ ।
जिल्लाको सदरमुकाम क्षेत्र संग जोडिएको क्षेत्र नं. १ मा हाल क्षेत्रीय सभापतिका लागि दुई जना आकंक्षी देखिएका छन । काँग्रेसको केन्द्रिय राजनितिमा दुई खेमा देखिए सँगै तल्लो तहमा पनि खेमामा विभाजन भएको छ । क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अहिलेका आमन्त्रीत जिल्ला सदस्य चण्डीप्रसाद शर्मा पौडेल र क्षेत्रीय सदस्य एवं नेविसंघका जिल्ला अध्यक्ष खड्क थापाले उम्मेदवारी नै घोषणा गरेर आफ्नो पक्षमा नतिजा पार्न दौडधुपमा लागेका छन । सभापतिका उम्मेदवार पौडेल संस्थापन इतर समुहका उम्मेदवार हुन भने थापा संस्थापन पक्षका उम्मेदवार हुन । जिल्लामा पौडेललाई केन्द्रिय सदस्य रत्ना शेरचन, पुर्व पार्टी सभापति हरिप्रसाद शर्मा संविधान सभा सदस्य एवं निवर्तमान सभापति प्रकाश शर्मा पौडेल र जगदिशचन्द्र उपाध्यायको साथ रहेको छ । त्यसैगरी थापालाई आमन्त्रीत केन्द्रिय सदस्य किरणराज पौडेल, वर्तमान सभापति दिपेन्द्र बहादुर थापा र पुर्व सभापति मणिभद्र शर्मा कंडेलको समर्थन रहेको काँग्रेका जिल्ला स्तरीय एक नेताले जानकारी दिए ।
जिल्लाको बागलुङ नगरपालिका–७ तित्याङका पौडेल लामो समय देखी राजनिति र सामाजिक क्षेत्रमा क्रियाशिल पौडेल गतिशिल काँग्रेस निर्माण गर्न र कार्यकर्ताको जीवनस्तर रुपमान्तरण गर्नका लागि रहेको बताएका छन । उनले पार्टीको जागरण, विकास, प्रवद्र्धन र संजालिकरण गरी अब्बल कांग्रेस बनाउने अठोटका साथ उम्मेदवारी घोषणा गरेको बताए । पौडेलले क्षेत्रीय सभापतिको पदलाई आफूले पदीय आकांक्षाको प्राप्तिको लागि भन्दा पनि सिद्धान्त प्राप्तिको रुपमा लिएको बताएका छन् । ‘जुझारु कार्यकर्ता, उर्जाशील नेतृत्व र गतिशिल संगठन’ भन्ने आफ्नो मुख्य रणनीति सहित अगाडी बढेका पौडल विद्यार्थी, शिक्षक राजनीति, सामाजिक संस्थाको नेतृत्व हुँदै लामो समय कांग्रेसको विभिन्न जिम्मेवारीमा रही कार्य सम्पादन गरेका छन । उनले काँग्रेसको नेतृत्व तहमा रहेर जिल्लामै नमूना संगठन निर्माण गर्न र वीपीको परिकल्पना अनुरुपको समाजवादको नमूना कार्यक्रम लागु गर्ने इच्छा रहेको बताए । पौडेल २०४२ सालको सत्याग्रहमा सहभागी भै राजनिति गतिविधिमा अगाडी बढेका थिए । गाउँकै तित्याङ माविमा नेविसंघको संस्थापक अध्यक्ष भएर विद्यार्थी राजनिति सुरु गरेका पौडेल पछि नेविसंघको जिल्ला सहसचिव भए । पौडेल नेपाल शिक्षक संघको जिल्ला सदस्य हुँदै कोषाध्यक्ष समेत बनेर शिक्षक संघको संगठनलाई अगाडी बढाए । उनी १२ औं महाधिवेशन पश्चात नेपाली काँग्रेस बागलुङ क्षेत्र नंं. सल्लाहकार भएर काम गरे भने हाल काँग्रेसको आमन्त्रीत जिल्ला सदस्य छन । पौडेलकै नेतृत्वमा स्थापना गरेको सामाजिक संस्था सिवाईसी नेपाल अहिले देशव्यापी भएको छ भने अन्य दर्जन भन्दा बढि सामाजिक संस्थाको नेतृत्व समाल्दै आएको छन । पौडेलले अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्दै सामाजिक राजनीति क्षेत्रमा क्रियाशील रहँदाका अनुभवलाई समेटेर पार्टीलाई बलियो बनाउनका निम्ति सभापतिको जिम्मेवारी सम्हाल्ने निधो गरेको बताए ।
पौडेलको प्यानलमा सचिव पदका लागि नेपाल तरुणदलका जिल्ला उपाध्यक्ष एवं हालका क्षेत्रीय सहसचिव गोविन्द बहादुर पौडेल ‘गोपाल’ र बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जयराम भारीले उम्मेदवारी दिने निधो गरेका छन । त्यसैगरी सहसचिवका लागि गणेश लम्साल र विष्णुराज पौडेल रहेका छन । लम्साल बानपा २ को वडा सभापति भएर काम गरेका थिए भने पौडेल धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सचिव हुन ।
सभापतिका अर्का उम्मेदवार खड्क बहादुर थापा हाल नेपाल विद्यार्थीको अध्यक्ष हुन । काठेखोला गाउँपालिका–१ को वडा अध्यक्ष भै जनप्रतिनिधिको भुमिकाले काम गरिसकेका थापाले नेतृत्वमुखी नभएर निति मुखी पार्टी निर्माणका लागि क्षेत्रीय सभापतिको उम्मेदवारी दिएको बताए । थापाले २१औं शताब्दीका नवितम चुनौतीहरुको सामाना गर्न सक्ने ज्ञान, सिप क्षमता उर्जा र इच्छाशक्ति सहितको भिजनरी नेता तथा कार्यकताले भरिएको पार्टी निर्माण गर्ने दृढ संकल्प सहित आफुले सभापतिमा उम्मेदवारी दिएको बताए । उनले सुसंस्कृत सभ्य जुझारु र जनतामा रहरलाग्दो काँग्रेस बनाउनका निम्ती आफुले सभापतिमा उम्मेदार दिएको बताए । ‘काँग्रेस पार्टी समाजिक न्याय सहित, सहभागिता मुलक लोकतान्त्रीक प्रणाली अनुरुपको पार्टी संरचनान निर्माण गर्नु छ । थापाले भने,–‘गुटको आधारमा नभई कार्यकर्ताहरुमा भएको ज्ञान सिप क्षमता र प्रतिभाको आधारमा उचित व्यवस्थापन गरी पार्टीलाई अग्रपङतीमा लैजाने जिम्मा हाम्रो काँधमा आउने छ । यसको व्यवस्थापन गर्नका निम्ती नै नेतृत्व गर्न अग्रसर भएको हु ।’
जिल्लाको काठेखोला गाउँपालिका–१ पालामा जन्मिएका थापा २०५६ साल देखी नेविसंघको राजनितिमा प्रवेश गरेका थिए । उनी पालामा रहेको धिमि करिना माविको नेविसंको ईकाई अध्यक्ष हुँदै विद्यार्थी राजनितिमा अगाडी बढेका हुन । थापा २०६३ सालमा धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै २०६५ सालमा स्ववियु सचिव भएका थिए । नेपाल विद्यार्थी संघको विद्यालय स्तरबाटै राजनिति सुरु गरेका थापा २०६४ मा सहसचिव हुँदै २०७१ मा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली काँग्रेस पालको दुई कार्यकाल सभापति भएर नेतृत्व समालेका थापा नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको सचिव र हाल काठेखोला गाउँपालिका–१ पालको वडा अध्यक्ष हुन भने नेपाली काँग्रेसको क्षेत्रीय सदस्य रहेर काम गरेका छन । थापाले अन्य सामाजिक संघ संस्थामा पनि नेतृत्व समालेका छन । विद्यार्थी राजनिति देखी नै अग्रसर रहेका थापा अब पार्टीको नेतृत्व तहमा रहेर संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि आफुले क्षेत्रीय सभापतिको उम्मेदवारी दिएका बताए । थापाको समुहबाट सचिव पदमा क्षेत्रीय कोषाध्यक्ष विजय अधिकारी र नेविसंघका जिल्ला उपाध्यक्ष नरेन्द्र कंडेलले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन भने सहसचिवमा दुर्गा बोहोरा र राजन चापागाईले उम्मेदवारी दिने घोषणा गरेका छन । क्षेत्रीय सचिवका लागि विद्यार्थी नेता दिनेश पन्तले पनि आकंक्षी प्रकट गरेका छन । दुवै सभापतिका उम्मेदवारले आफ्नो प्यानल सहित सदस्यहरुको पनि टुंगो लगाएर उम्मेदवारी दिने जनाएका छन ।
को को छन त महाधिवेशन प्रतिनिधिका उम्मेदवार ?
क्षेत्रीय समितिका अन्य सदस्य पदमा टुंगिने संभावना देखिए पनि पदाधिकारीमा भने निर्वाचन हुने संकेत देखिएको छ । क्षेत्रीय अधिवेशनबाट नै केन्द्रिय अधिवेशनमा भाग लिनका लागि महाधिवेशन चुनिने भएका कारण केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवारका आकंक्षी पनि धेरै रहेका छन । केन्द्रिय महाधिवेशन प्रतिनिधिमा हाल आकंक्षी देखिएका खुल्ला तर्फ काँग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य किरणराज शर्मा पौडेल, निवर्तमान सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कंडेल, जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, जिल्ला सचिव नवराज पौडेल, जगन्नाथ आचार्य, युवा नेताहरु हरिहर शर्मा, डिल्लीराम सुवेदी , सागर परियार, चिरञ्जीवी गौतम, महेन्द्र कंडेल, हरि आचार्य, प्रकाश आचार्य, ओमकार थापा, क्या. हरिबहादुर खड्का , होमबहादुर हमाल, कृष्णशंकर श्रेष्ठ र दिनेश सापकोटाले खुल्ला महाधिवेशन प्रतिनिधिमा आफुलाई प्रस्तुत गरेको पाईएको छ । त्यसैगरी महिला तर्फ नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, महासमिति सदस्य कल्पना हमाल पाठक पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, कमला पराजुली, लक्ष्मी जिसी कार्की, सिता कंडेल सापकोटा, खगेश्वरी शर्मा र गिता रेग्मी महाधिवेशन खुल्ला महिला तर्फमा उम्मेदवारी दिने गरी तयारी गरेको बुझिएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि नारायण शर्मा पौडेल, उमाकान्त पौडेल, युवा नेता विष्णु पौडेल (दार्री) शिवप्रसाद कंडेल, पदम क्षेत्री, महेन्द्र खड्काले खसआर्य खुल्ला तर्फ आफ्नो उम्मेवदारी दिने चर्चा चलेको छ । महाधिवेशन प्रतिनिधि आदिवासी जनजाती खुल्ला तर्फ महासमिति सदस्य भिम श्रीष, जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, केशव थापा, र दिलिप पुनले आकंक्षा व्यक्त गरेका छन भने महिला तर्फ बेमकुमारी थापाले उम्मेदवारी दिने तयारी गरेको काँग्रेसका एक नेताले बताए । महाधिवेशन प्रतिनिधि नै खसआर्य महिला तर्फ ज्ञानकुमारी शर्मा श्रीष, भगवती सापकोटा रिवाकली पौडेल रिताको चर्चा चलेको छ भने दलित समावेशी तर्फ सिताराम रसाईली, शेरबहादुर विक, चर्चा चलेको छ । यद्धपि सोमबार दिउँसो ३ बजे सम्म उम्मेदवार दर्ताको समय रहेको हुँदा क कसले उम्मेदवारी दिने हुन त्यो त हेर्न नै बाँकी छ । महाधिवेशन प्रतिनिधिका लागि खुल्ला तर्फ भने ठुलो प्रतिस्पर्धा हुने देखिएको कार्यकता बताउँछन । क्षेत्रीय अधिवेशनको सोमबार उदघा्टन हुन्छ भने निर्वाचन मंगलबार हुने निर्वाचन समितिले जनाएको छ ।