• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • विचार/अन्तर्वार्ता ,
  • अन्तरबार्ता

‘इमान्दारपूर्वक कार्यसम्पादनमा जोड दिनुनै जनप्रतिनिधिको दायित्व हो’ 

  • चैत २६, २०७८

देश संघियतामा आए सँगै स्थानिय तह गठन भई जनप्रतिनिधिले पनि पाँच वर्षको कार्यकाल पुरा गरी सके ।  बागलुङ जिल्लाका १० वटा स्थानीय सरकार छन । जसमा जिल्लाको मध्यभागमा रहको गलकोट नगरपालिका शिक्षा, स्वास्थ्य र पुर्वाधारमा अब्बल बन्दै गएको छ । स्थानिय सरकारलाई सफल बनाउने मुख्य भुमिका भनेको वडा कार्यालयको नै हुन्छ । वडामा नेतृत्व गर्ने जनप्रतिनिधिको कामले नै समग्र पालिकाको प्रगती देखिन्छ । वडा तहमा नेतृत्व गर्दा पाँच वर्षको अवधीमा कस्ता कस्ता समस्या झेल्नुप¥यो काम गदै गर्दा सहज असहज परिस्थिति कस्तो रहयो यसै विषयमा हामीले संवादमा जनप्रतिनिधिलाई जोडेका र्छौ । गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिमबहादुर भण्डारी 'हेमन्त' सँग गरिएको कुराकारीको अंश :

तपाईहरु देशमा सङ्घीयताको अभ्यास पश्चात्को पहिलो जनप्रतिनिधि हो, त्यसैले सङ्घीयता कस्तो     लाग्यो र पाँच वर्षको कार्यकाल कस्तो लाग्यो ? 

स्थानीय तहमा रहेर काम गर्दा सङ्घीयताको अभ्यास सकारात्मक तथा व्यवहारिक लाग्यो किनभने स्थानीय सरकार घरदैलोको सरकार भएकाले जनताको समस्यासँग प्रत्यक्ष जोडिएर तथा प्रत्यक्ष समस्या देखेर वा बुझेर काम गर्ने अवसर प्राप्त भएको अवस्था छ । समग्रमा पाँच वर्षमा जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गरी काम गर्ने अवसर तथा कामको प्रतिफल सकारात्मक रहेकाले यस कार्यकाल सफल रहेको महशुस गरेको छु । 

वडाको नेतृत्वको रुपमा तपाईँको पहिलो कार्यकाल सकिँदै गर्दा तपाईँको वडामा खास पहिचान र सामथ्र्य के बनाउनुभयो ? 

    सर्वप्रथम त यस वडाका सम्पूर्ण वडावासीलाई नियमित सेवाहरु, चुस्त, दुरुस्त एवम् प्रविधिमैत्री तवरले उपलब्ध गराउने काम भयो साथै विगतमा कमजोर अवस्थामा रहेका सडकको स्तरोन्नती, वडाका सम्पूर्ण विद्यालयलाई आवश्यकताका आधारमा शैक्षिक उन्नयनका लागि बजेट निर्माण तथा अनुगमन, स्वास्थ्य चौकीको स्तरोन्नती, एक घर एक धारा व्यवस्थापनमा सहजीकरण तथा अनुगमन, नगरबाट विनियोजित सम्पूर्ण बजेटको अनुगमन तथा उपभोक्ता समितिलाई उपभोक्ता सिकाई कार्यक्रम सम्पन्न गरियो । कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई रोकथाम तथा व्यवस्थापन गर्न सफल भयौं । त्यसैगरी यस वडाको एक मात्र तोरीखोला सामुदायिक होमस्टे सुरुवात् गरी प्रबद्र्धन गर्ने काम गरियो । 

 जनताका अपेक्षा र अपठारालाई कसरी सम्बोधन गर्नुभयो ? 

    यस वडाका जनता आफैमा सचेत एवम् सहयोगी रहेकाले जनताका अपेक्षा वा अŠठ्यारालाई सम्बोधन गर्न त्यति असहज अवस्था सिर्जना भएन । साथै यस वडाका अन्य जनप्रतिनिधि साथीहरु पनि समस्या समाधानमा दक्ष एवम् क्षमतावान् रहेकाले समग्रमा हाम्रो कार्यकालमा जनताका अपेक्षा एवम् समस्यालाई समाधान गर्न सफल भएको महशुस हामीले गरेका छौं । योजना छनौट गर्ने क्रममा पनि प्राथमिकताका आधारमा छनौट गरी उपभोक्ताको सक्रियतामा काम गरिएकाले अपठ्याराहरुलाई समाधान गर्न असहज भएन ।

चुनावी घोषणा पत्रमा वाचा गरिएका प्राथमिकता के के थिए ? 

    हामीले चुनावी घोषणा पत्र निर्माण गर्ने क्रममा यस क्षेत्रका जनतासँग प्रत्यक्ष जोडिएका समस्यालाई प्राथमिकतामा राखेका थियौं । यस क्षेत्रका आधारभूत आवश्यकता जस्तै ः स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, विद्युत, सञ्चार लगायतका क्षेत्र घोषणा पत्रको प्राथमिकतामा रहेकाले हामीले जे वाचा गरेका थियौं सोही अनुरुप काम गरेका छौं । यसमा समग्र वडावासी, उपभोक्ता समितिले इमान्दार एवम् पारदर्शी तवरले काम गरेकाले सोचेजस्तो काम गर्न सफल भएका छौं । त्यसले हामी आम उपभोक्ताप्रति आभारी छौं र उहाँहरुको साथ सहयोगको निरन्तर आसा र अपेक्षा पनि गरेका छौं । 

 पाँच वर्षमा तपाईँको नेतृत्वमा भएका मुख्य मुख्य पाँच काम के के हुन् ? 

    हाम्रो पाँच वर्षे कार्यकालमा हामीले सम्पन्न गरेका मुख्य मुख्य कामहरु प्रशस्तै छन् । प्राथमिकताका आधारमा एवम् सङ्ख्यात्मक रुपमा पाँच कामहरु निम्नानुसार छन् ।

    क) नरेठाँटी तोरीखोला सडक स्तरबृद्धि

    ख) सभाहल सहितको वडा कार्यालय भवन

    ग) नरेठाँटी बजार ढल निकास तथा सडक ढलान, चुक्तिखोला कलभर्ट, कल्लेरी घाट कलर्भट

    घ) रामकृष्ण प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन, महेन्द्र माध्यमिक विद्यालय सुरक्षित घेराबार,    

          नवयुवक आधारभूत विद्यालय घेराबार एवम् अभिभावक प्रतिक्षालय

      ङ) मौरीया खेलमैदान निर्माण, तोरीखोला सामुदायिक होमस्टे सञ्चालन एवम् प्रबद्र्धन

तपाईँले गर्न चाहेर पनि गर्न नसकेका कामहरु के के हुन् ? 

    प्राविधिक कमीकमजोरीका कारण जग्गा व्यवस्थापन गरेर पनि हामीले चाहेर गर्न नसकेको प्रहरी चौकी भवन निर्माण हो, हामीसँगै सामुदायिक वनको जग्गा जोडिएकाले प्राविधिक रुपमा थोरै समस्या भएको छ । वडाबासीमा जनचेतना अभिबृद्धिमा राम्रो अभ्यास भएता पनि हामीले प्रतिबद्ध गरे अनुसार उपलब्धिमा हामी पूर्ण सन्तुष्ट छैनौं । हामीले अहिले सुरुवात मात्र गरेका छौ जनताको काम धेरै गर्न बाँकी छ भन्ने हामीले बुझेका छौं । 

वडा तहमा काम गर्ने क्रममा अवरोध कहाँकहाँबाट के कसरी आयो ?

    हामीले प्राथमिकताका आधारमा जनताको चाहना एवम् इच्छाअनुसार उपभोक्ता समिति गठन गरी नियमानुसार काम गर्ने अभ्यास गरेकाले हाम्रो पाँच वर्षे कार्यकालमा कुनै पनि विकासका काममा अवरोध एवम् समस्या महसुस गर्नु परेन । स्थानीय सरकारको नियमित अभ्यास रहेकाले धेरै चुनौतीहरु थिए तर उपभोक्ता शिक्षा एवम् जनचेतना अभिबृद्धिमा हामी निरन्तर लागि रहेकाले हामीलाई धेरै चुनौतीको सामना गर्नुपरेन ।

संवैधानिक, कानुनी र व्यवहारिक जटिलता के कस्ता आइपरे ? 

    पाँच वर्षे कार्यकालको सुरुवाती चरणमा केही कानुनी अŠठ्यारा परेता पनि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम काम गरेकाले कानुनी रुपमा कुनै त्यस्तो अपठ्यारो परेन ।

 तपाईँ नगरपालिकाको प्रवक्ता पनि हुनुहुन्छ ? स्थानीय सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्ता बन्यो । यीनमा समस्या के के रहे ? 

    देशमा सङ्घीयताको कार्यान्वयनसँगै देशका ७५३ स्थानीय तहमध्ये गलकोट नगरपालिका पनि एक भएकाले हामीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरे अनुसार नीति तथा कार्यक्रम निर्माण गरी कार्यसम्पादन गरेकाले यस नगरको आर्थिक प्रणाली राम्रो रह्यो । साथै कानुनी र प्रशासनिक क्षेत्रमा पनि कुनै पनि अŠठ्यारो स्थिति सिर्जना भएन । साथै कार्यसम्पादनका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन सूचकको मूल्याङ्कनको आधारमा गलकोट नगरपालिका देशभरिका सबै स्थानीय तहहरुमध्येबाट ७६.०८ अङ्कसहित ७ औं स्थान र गण्डकी प्रदेशमा दोस्रो स्थान हासिल गर्न पनि सफल भएको छ । 

  प्रदेश र सङ्घीय सरकारबाट तपाईँले पाएको सहयोग, असहयोगबारे तपाईँको मूल्याङ्कन के छ ? 

    प्रदेश र सङ्घीय सरकारबाट पनि यस नगरलाई निरन्तर सहयोग भइरहेकै छ । सहयोग भइरहेता पनि सोचे अनुरुप सहयोग नभएको साथै तिन तहका सरकारबीच समन्वय र सहकार्यमा कहीँकतै कमीकमजोरी भयो की भन्ने महसुस भएको छ । 

  अब आउने नेतृत्वका लागि अनुभव प्राप्त अभिभावकका लागि के सुझाव छ ? 

    योजना निर्माण तथा कार्यान्वयमा प्राथमिकीकरण, सेवा प्रवाहमा नियमितता तथा जनचाहना बमोजिम इमान्दापूर्वक कार्यसम्पादनमा जोड दिनुपर्ने । 

 यदि आफले आफ्नो कार्यकाललाई १०० पूर्णाङ्कमा नम्बर दिनु प¥यो भने तपाईँ आफूलाई कति नम्बर दिनुहुन्छ ? 

    वडाबासीको प्रतिक्रिया, नगरको समग्र मूल्याङ्कन, विकासका कामहरुको आधारमा मेरो आŠनो मूल्याङ्कन सकारात्मक छ तापनि म यसको जिम्मा वडाबासीलाई दिन चाहन्छु । 

 अन्त्यमा तपाईँको पाँच वर्षमा भएका उपलब्धि र छुटेका केही कुरा छन् कि ? 

    उपलब्ध स्रोत र साधनका आधारमा कामहरु भएका छन् । जनताको चाहना अत्याधिक छ त्यसैले वडाको सर्वपक्षीय विकास एवम् समृद्धिका लागि के कति भन्दा पनि नियमित रुपमा प्राथमिकताका अधाारमा काम गर्नुपर्ने मैले ठहर गरेको छु । 

प्रतिक्रिया