बागलुङ- नेकपा एमालेको १० औं महाधिवेशन नजिकिँदै जाँदा जिल्लामा पनि महाधिवेशनको रौनकताले छोएको छ । बागलुङबाट केन्द्रिय महाधिवेशनका लागि जिल्ला कार्य समितिबाट १२ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको छ । तीन महिला, सात खुल्ला र दुई दलित गरि १२ प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको एमाले बागलुङले शनिबार पत्रकार भेटघाट गरि जानकारी गराएको छ ।
बागलुङ क्षेत्र नम्बर १ बाट दुई महिला, चार खुल्ला र एक दलित गरि आठ जना चयन गरेको छ भने क्षेत्र नम्बर २ बाट एक महिला, एक दलित र २ खुल्ला गरि चार जना छनोट गरेको एमाले बागलुङका सचिव विष्णु भुषालले जानकारी दिए ।
खुल्ला तर्फ गण्डकी प्रदेशसभा सदस्य तथा एमाले बागलुङका अध्यक्ष जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रतिनिधिसभा सदस्य डा. सूर्य प्रसाद पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल, हिरा बहादुर खत्री, मोहनलाल शर्मा, सञ्जय शेरचन (सुनिल) र तुलसीराम अर्याल, महिला तर्फ गण्डकी प्रदेशसभा सदस्य सावित्रा राना, यमुना राना र गीता शर्मा र दलित तर्फबाट ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र धनबहादुर परियार चयन भएको सचिव भुषालले जानकारी दिए ।