• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

जैमिनीको १२औं नगरसभा सम्पन्न, पाँच कार्यविधि र एक निर्देशिका अनुमोदन

  • पुस २७, २०७९

बागलुङ- बागलुङको जैमिनी नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । नगरसभाले पाँच कार्यविधि र एक निर्देशिका पारित गरेको छ ।  नगरप्रमुख नरबहादुर पुनले ५ वटा कार्यविधि र एउटा निर्देशिकाको अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए ।  सभाले सर्वसम्मत अनुमोदन गरेको छ । सभामा कार्यपालिकाले गरेका निर्णय र कार्यपालिकाबाट भएका कार्यहरुको अनुमोदनका लागि प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले निर्णय गरियोस् भन्ने प्रस्ताव पेश गरे प्रश्चात सभाले अनुमोदन गरेको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । 

नगरसभामा नगरप्रमुख पुनले “कृषि तथा पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७९”, “कृषि मजदुर परिचालन कार्यविधि परिचालन २०७९”, “महिला सामुदायिक स्वास्थय स्वयम् सेविकाहरुको सेवा सुबिधा सम्बन्धी कार्यविधि २०७९”, “स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७९”, “स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९” र “जैमिनी नगरपालिका आमा र नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७९” सभामा पेश गरेका थिए । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले चालु आर्थिक बर्ष २०७९/०८० को समिक्षा प्रगति प्रस्तुतिकरणको प्रस्ताव सहित बजेट रकमान्तर गरी गरिएका बजेट कार्यन्वयनको अनुमोदन गरियोस् भन्ने लगाएतका प्रस्ताव सभामा पेश गरेका थिए  । 

नगर सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीको तीन तहको सरकार मिलेर काम गर्नुपर्ने बताए । उनले विकासका निम्ती हातेमालो गरेर जनताले प्रत्यक्ष लाभ पाउने गरी अगाडी बढ्नुपर्ने बताए । सुवेदीले आम जनमानसले प्रदेश खारेजीको कुरा गरीरहेको सन्दर्भमा प्रदेशको महत्व दर्शाउने गरी काम गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको भन्दै  बिगतका कामहरुबाट पाठ सिकेर वर्तमानमा काम गर्नुपर्ने र भबिस्यको योजना बनाउनुपर्ने सुझाव दिए ।  शिक्षाले मानवीय विकास गराउने हुँदा स्थानीय ऐन कानुन बनाउँदा शिक्षामा सुधार गर्ने गरी कानुन बनाउनुपर्ने र कर्मचारीहरुले हरेक समय प्रबिधिसँग जोडिएर काम गर्नुपर्ने उनको भनाई थियो । 
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख होमनाथ सापकोटाले पालिकाले काम गने क्रममा एक आपसमा समन्वय गर्दा विकास निर्माणमा सहज हुने बताए ।  पालिकाहरुले गरेका गतिविधिमा अनुगमन गर्न र समन्वयकारी भुमिका निर्वाह गर्नका लागि नै जिल्ला समन्वय समिती रहेको सापकोटाको भनाई थियो । 

नगरसभामा हाल सम्मको प्रगतीको बारेमा नगरउपप्रमुख हरिहर शर्माले पुर्वाधार बिकास पूर्ण नभईसकेकोले आफ्नो कार्यकालमा पुर्वधार विकासलाई जोड्दै हरेक क्षेत्रमा पाँच, दस हुँदै बीस बर्ष सम्मको दिगो योजनाको लक्ष्य बनाएर अघि बढ्ने बताए। कार्यक्रममा राजनितिक दलको तर्फबाट राप्रपाका पुणेन्द्र सापकोटा राष्टिय भुमि आयोगका जिल्ला सदस्य सोभा प्रसाद शर्मा लगायतले नगरसभाको पुर्ण सफलताको कामना गरेका थिए ।  कार्यक्रम नगरप्रमुख पुनको अध्यक्षता कार्यपालिका सदस्य भगवती सापकोटाको स्वागत र प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया