बागलुङ- कामना सेवा विकास बैंक बागलुङ शाखाले आफ्नो स्थापना दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकको १५ औं स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी आश्रमका लागि ३० हजार बराबरको खाद्य सामाग्री र न्यानो कपडा प्रदान गरिएको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आश्रमका लागि केही सहयोग पुगोस भन्ने उद्देश्यले खाद्य समाग्री र कपडा सहयोग गरेको बैंकका बागलुङ शाखाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए । बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत यस्तै प्रकारका कार्यक्रममा सहयोग गर्दै आएको अधिकारीले बताए । समाज प्रति उत्तरदायित्व हुने गरी बैंकमा मुनाफा बाट आएको केही रकम सामाजिक क्षेत्रमा लगानी गर्ने गरेको उनले बताए । कार्यक्रममा बागलुङका समाजसेवी देवबहादुर श्रेष्ठले आश्रमका लागि यस्तै सामाजिक संस्थाको सहयोगले ठुलो टेवा पुगेको बताए । आश्रममा हाल तिन महिनाको १ बच्चा सहित ४९ जना आश्रित रहेको आश्रमकी संचालिका सुमिरा लामाले बताईन । धौलागिरी क्षेत्रलाई सडक मानवमुक्त क्षेत्र बनाउनका निम्ती आश्रमको स्थापना गरिएको थियो । आश्रममा विभिन्न क्षेत्रमा वेवारिसे अवस्थामा अवस्थामा फेला परेका र आफन्तको साहारा नभएका व्यक्तिहरु आश्रित रहेका छन ।
आश्रममा हाल २४ जना अभिभावकले मासिक रुपमा नियमित सहयोग गर्दै आएका छन । हाल बागलुङ नगरपालिका–२ मा रहेको आश्रमका लागि बानपा –४ निरहीघाटमा नयाँ भवन निर्माणाधिन अवस्थामा रहेको छ ।