शालिग्राम सहकारीको १३ औं साधारण सभा सम्पन्न

  • पुस १३, २०८१

बागलुङ — बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा रहेको शालिकग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेको १३औं  बार्षिक साधारण सभा  शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं.–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले सहकारी हरेक शेयर सदस्यको सारथीको रुपमा स्थापित भएको बताए । उनले सहकारी क्षेत्रको विकास सँगै हरेक नागरिकका आर्थिक समस्यामा सहजता ल्याएको बताए । पौडेलले सहकारी संस्था संचालक समितिको अधिनमा मात्र नभएर शेयर सदस्यको अधिमा पनि रहने बताए । 
कार्यक्रममा सहकारीका सल्लाहकार नरप्रसाद शर्मा, पुर्व अध्यक्ष दयाराम रिजाल, शेयर सदस्य एवं गणेश मावि नारायणस्थानका प्रध्यानध्यापक एकनाथ रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  सहकारीमा हाल सम्म ५१२ जना शेयर सदस्य रहेका छन भने कुल शेयर पुँजी ४७ लाख १७ हजार ३ सय रुपैयाँ रहेको छ । साधारण सभाको बन्दसत्रमा सचिव मनरुपा देवी रिजालले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष शिवप्रसाद रिजालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पास भएको छ । साधारण सभाको बन्द सत्रमा शेयर सदस्यहरु भवानी प्रसाद रिजाल, यज्ञप्रसाद रिजाल, दिवाकर पौडेल लगायतले सहकारी प्रति सुझाव पेश गरेका थिए । साधारण सभाको अवसरमा जेष्ठ शेयरसदस्य र उत्कृष्ट कारोबार गर्नेलाई  सम्मान गरिएको थियो भने एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान र पुरस्कृत गरिएको थियो । 
कार्यक्रम सहकारीका अध्यक्ष नारायणदत्त पौडेलको अध्यक्षता, संचालक समितिका सदस्य रामबहादुर खत्रीको स्वागत र ऋण लगानी उपसमिति संयोजक सागर रिजालको   संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया