गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले नेपाली काँग्रेसको १४ औं महाधिवेसनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने महाधिवेसनमा आफुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने मन्त्री कँडेलले बताए ।
नेपाली काँग्रेसलाई समयानुकुल जनताको आशा भरोसा र विश्वास बोकेर अगाडि बढाउन सक्ने पार्टी बनाउनका लागि काँग्रेसले सही नीति कार्यक्रम लिनुपर्ने र त्यसका लागि आफुले केन्द्रीय सदस्यको रुपमा भूमिका खेल्न उम्मेदवारी दिन लागेको उनले बताए । नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति समेत रहेका कँडेलले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारीको बारेमा जानकारी गराउँदै महाधिवेसनमा सहभागी हुने क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधि, नेपाली जनसम्र्पक समिति सभापति एवं महाधिवेशन प्रतिनीधिहरुलाई मदानका लागि अपिल गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नजिकका विश्वासपात्र मानिने कँडेललेको गण्डकी प्रदेशमा महामन्त्रीमा निर्वाचन लड्ने चर्चा भए पनि उनी अन्तिम समयमा आएर पछि हटेका थिए ।
प्रदेश अधिवेसनका बेला देउवा पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने सहमतिसंगै उनी पछि हटेको काँग्रेस वृत्तमा चर्चा छ । पार्टीको केन्द्र र प्रदेशमा देउवा पक्षबाट को बन्ने भन्ने सहमतिका आधारमा उनी केन्द्रीय सदस्यका लागि रिजर्ब रहेको बताईन्छ । कँडेल प्रधानमन्त्री तथा पार्टी सभापतिको धौलागिरिमै सबैभन्दा नजिकको नेताका रुपमा चिनिन्छन् ।
२०७४ को प्रदेश सभा निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा सदस्य भएका उनी मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलको सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रहेका छन् । नेपाली काँग्रेसको जिल्ला सभापति भएर संगठन हाँकेका शर्मालाई नेतृत्व कसरी गर्ने भन्ने राम्रो अनुभव रहेको छ ।