स्थानिय तहमा कर्मचारी युनियनको संगठन विस्तार: जैमिनीको अध्यक्षमा रामकृष्ण पौडेल

  • मङ्सिर २२, २०७८

बागलुङ- नेपाल निजामती कर्मचारी युनियन बागलुङका गाउँ नगरपालिका तहमा आफ्नो संगठन विस्तारलाई तिब्र बनाएको छ । जिल्ला तहको अधिवेशन नजिकिए सँगै युनियनले स्थानिय तहमा पनि अधिवेशन संचालन गरेको हो । संघियता लागु भए सँगै यो पहिलो प्रयास हो । युनियनले जैमिनी नगरपालिकामा रामकृष्ण पौडेलको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा झलक शर्मा, सचिवमा पृथ्वी बहादुर थापा, कोषध्यक्षमा भगवती चापागाईं र सहसचिवमा दुर्गादेवी शर्मा चयन भएका छन् । समितिको सदस्यहरुमा प्रदिप आचार्य, रविन्द्र शर्मा, यदुनाथ शर्मा र कमला सापकोटा चयन भएका छन् । 

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले कर्मचारीको हक हितको क्षेत्रमा काम गर्ने युनियन सधैं सकृय हुनुपर्ने बताए । उनले हरेक कर्मचारीको सहयात्रीको रुपमा यो संगठन रहेको जानकारी दिए ।  नेपाल पशु स्वास्थ्य प्राविधिक संघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद ढकालको स्वागत र  रामकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । युनियन संघले जिल्लाका अन्य स्थानियत तहमा पनि समिति विस्तार गरेको छ । 

प्रतिक्रिया