• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

‘सहकारी संस्था एउटै स्टान्डरमा चलाउँ’

  • भदौ २५, २०७९

बागलुङ- सहकारी संस्थाहरु एउटै ‘स्टान्डर’मा चलाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जनाएका छन । नेपाल बचत तथा ऋण सहकारी संस्था बागलुङले आयोजना गरेको सहकारी सदस्य संघ संस्थाहरु सँग सहकारीका समसमायिक विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले सो कुरा बताएका हुन । सहभागीले समतामुलक समाज निर्माणका निम्ती नेपालका सहकारीको ठुलो योगदान रहेको हुँदा सवै सहकारी एउटै स्टान्डरमा चलाउनुपर्ने बताएका हुन । उनिहरुले नेपालको सहकारी अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ स्थानिय सरकार सँग सहकारीकहरुको सहकार्य आवश्यक रहेको बताए । 

उनले सहकारी क्षेत्र गैर सरकारी संस्था भन्दा फरक भएकोले सहकारी मार्फत आर्थिक सामाजिक सांस्कृतिक विकासको प्रवल संभावना रहेको चर्चा गरेका थिए । श्रेष्ठले नगरक्षेत्र भित्र रहेका सवै सहकारीको विकास गर्न थप जोड दिनुपर्ने बताएका थिए ।  उनले सहकारीको विकास भनेकै समाजको विकास भएका हुँदा यस क्षेत्रको विकासका निम्ती स्थानिय तहले सहयोग गर्ने बताए । 
कार्यक्रममा बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, नेपाल बचत तथा ऋण सहकारी संस्थाका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल लगायतले बोलेका थिए । 
जिल्लामा ९२ वटा सहकारी संस्था संघमा आवद्ध छन । संघमा आवद्ध सहकारीका संचालक र प्रवन्धक कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण संघका व्यवसाय विभाग प्रमुख ढकालले गरेका थिए । 
कार्यक्रम नेपाल बचत तथा ऋण सहकारी संस्था बागलुङका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष गणेश बहादुर खत्रीको स्वागत र सह सचिव विरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया