काँग्रेसको सरकार भएको युनियनलाई अनुभुती छैन–अध्यक्ष पोखरेल

  • पुस १०, २०७८

    बागलुङ– नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले युनियनमा आवद्ध कर्मचारीहरुलाई काँग्रेसको नेतृत्वमा सरकार छ भन्ने अनुभुती हुन नसकेको बताएका छन । उनले सरकार काँग्रेसको भए पनि आफ्नै सुभेच्छुक संस्थालाई कुनै अनुभती हुने काम दिन नसकेको गुनासो गरेका हुन । 
    नेपाल निजामती कर्मचारी युनियन बागलुङको आठौं जिल्ला अधिवेशनको उदघाट्न गर्दै पोखरेलले कर्मचारीको हकहितका लागि युनियनले उठाएका मुद्धालाई आफ्नै नेतृत्वको सरकार भएर पनि कुनै सम्बोधन गर्न नसकेकोमा गुनासो पोखेका हुन । 
    पोखरेलले संघिय निजामती ऐन ल्याउनका लागि जुन कुनै सरकारले पनि उदासिनता देखाएकोमा कर्मचारीहरुमा नैरश्यता छाएको भन्दै आफ्नै पार्टीको नेतृत्वमा ऐन ल्याउन युनियन कसरतमा रहेको बताए । ‘कर्मचारी भनेका देशका स्थायी शक्ति हुन, पोखरेलले भने–‘स्थायी शक्तिका मुद्धामा सरकारको ध्यान पुग्न सकेको छैन, तत्काल यसमा ध्यान जान जरुर रहेको छ । अब संघिय निजामती ऐन ल्याएर कर्मचारीका मागलाई सरकारले पुरा गर्नुपर्ने जरुर रहेको छ ।’ उनले अहिलेको सरकारले ऐन ल्याउने कुरामा जागरुक देखाएमा आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउनेमा कुनै शंका नरहेको बताए । 
    पोखरेलले सवै कर्मचारीहरुका मुद्धालाई समेटनका लागि युनियनले नियमित दबाब दिँदै आएको बताए । उनले आउँदो निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियन अब पहिलो बन्नेमा कुनै शंका नरहेको जिकिर गरे । 
    कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति जित शेरचनले कर्मचारीहरु राजनिति पार्टीको सारथीको रुपमा रहेको बताए । उनले हरेक क्षेत्रको विकासका लागि दल र नेता मात्र नहुने हुँदा कर्मचारीहरुको पनि नियमित साथको आवश्यक रहेको बताए । 
    कार्यक्रममा युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, गण्डकी प्रदेशका अध्यक्ष शिव शर्मा अधिकारी, युनियनका केन्द्रिय सदस्य जगत बहादुर पाठक, कृष्ण प्रसाद अर्याल, कुल भट्टराई, नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेल, नेपाली काँग्रेस बागलुङका सचिव द्धय हरिहर शर्मा, गण्डकी थापा अधिकारी, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, आधिकारिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेज प्रसाद निउरे, निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद उपाध्याय, कर्मचारी युनियनका पुर्व केन्द्रिय सदस्य देवराज सापकोटा, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा, नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेल लगायतले बोलेका थिए । 
कार्यक्रममा युनियनका पुर्व अध्यक्ष एवं सेवा निबृत कर्मचारीहरु बद्री प्रसाद शर्मा, चन्द्रबहादुर केसी, जगत बहादुर पाठक, अखिलनाथ शर्मा, चन्द्रदत्त सापकोटा, नारायण प्रसाद शर्मा रेग्मी धनञ्जय शर्मा, भवानी प्रसाद ढकाल, धनञ्जय पौडेल, लिलाधर शर्मा, होमनाथ ढकाल, भेषराज शर्मालाई लगायतलाई सम्मान गरिएको थियो ।  
नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता उपाध्यक्ष देवप्रकाश घिमिरेको स्वागत र सचिव आनन्द प्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया