बागलुङ- बाह्र वर्ष अघि देवी नेपालीका श्रीमान रोजगारीका लागि प्रदेश पसे । टन्न पैसा कमाउने र परिवारमा सुख सयल दिने उद्देश्यले मलेसिया गएका भिमबहादुर न धन कमाउन सके न परिवारलाई सम्झेर घर नै फकिएका छन । जिल्लाको जैमिनी नगरपालिका–३ की ४६ बर्षिया देवी नेपालीको श्रीमानले कमाउलान र रमाउँला भन्ने सपना सपनामै सिमित भयो । १२ वर्ष देखी न श्रीमानको साथ पाएकी छन । न उनले परिश्रम गरेर कमाएको परिश्रमको फल नै प्राप्त गरेकी छन ।
आफ्नै परिश्रमले परिवार धान्दै आएकी नेपाली नौ वर्ष देखी श्रीमानको कुनै कमाई देखेकी छैनन । ‘श्रीमान विदेश गएको धेरै वर्ष भयो नौ वर्ष देखी त उहाँले सुको पठाउनुभएको छैन । कहिले काँही केछ खबर भनेर फोन मात्र गर्नुहुन्छ नेपालीले विलौना गर्दै भनिन,–हामी विपन्न परिवारमा जन्मियो । पैसा कमाउन गएका उतै हराए अहिले परिवार धान्न पनि गाह्रो भएको छ आफ्नो घर पनि छैन माईती घरमा बस्दै आएकी छु ।’ ‘सानो छोरीले त बाउलाई चिन्दीन पनि होला उनि भाबुक हुँदै थपिन–‘तिन छोरी एक छोरा छन दुई छोरी र छोराको विवाह समेत गरिदिए । विहे गर्दाको ऋण भारी भएको छ न कमाउन गएकाले घरपरिवार सम्झेर पठाए न आफ्नो कमाई छ ।’ दिन भरी काम गरेर पाँच जना परिवारको दैनिकी चलाउँदै आएकी छन ।’ देवीको मात्र हैन जैमिनीका अन्य विपन्न परिवारका महिलाको पिडा पनि यस्तै छ । बैदेशिक रोजगारीका लागि विदेश गएका परिवारका सदस्य उतै भुलेपछि घरमा परिवार धान्दिने कोही छैन । न कुनै रोजगारी छ न वर्षभरी दुख गरेर खान नै पुग्छ । यस्तै विपन्न परिवारलाई भने यस पटक जैमिनी नगरपालिकाले आर्यआर्जन जोड्नुका साथै सघाएको छ ।
आर्यआर्जन सँग जोड्नका निम्ती नगरपालिकाको आर्थिक सहयोग
नगरपालिकामा संचालन भएको सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको परिवार आर्थिक अवस्थालाई हेरेर आर्यआर्जनका कार्यक्रम सँग जोडिएको हो । नगरपालिकाले आर्थिक रुपमा अति विपन्न परिवारका नागरिकलाई लक्षित गरेर आर्यआर्जनका कार्यक्रममा सघाउनुका साथै उनिहरुलाई आत्मनिर्भर गराउनका निम्ती आर्थिक सहयोग गरेको जैमिनी नगरपालिकाका नगर उप–प्रमुख हरिहर शर्माले बताए । नगरपालिकाबाट प्रदान गरिएको रकमले उनिहरुले बाख्रा पालन कुखुरा पालन गरेर आफुलाई आर्यआर्जन सँग जोड्ने छन । जैमिनी नगरपालिका भित्र यस वर्ष आठ जना महिलाका लागि उनिहरुको अवस्था र आवश्यकता र गर्न चाहेको व्यवसाय अनुसार आर्थिक सहयोग गरिएको शर्माले बताए ।
आठ विपन्न परिवारलाई सहयोग
बैदेशिक रोजगारीमा रहेका नागरिक र अति विपन्न परिवारलाई आर्यआर्जन सँग जोड्नका लागि कुखुरा पालन बाख्रा पालनका लागि आर्थिक सहयोग गरिएको हो । नगरपालिकाले यस वर्ष देवी नेपाली सहित अन्य ७ जना महिलालाई कुल १ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोईरालाले जानकारी दिए ।
नेपालीलाई ११ हजार रुपैयाँ प्रदान गरिएको छ भने, जैमिनी–१ का शर्मिला जैसीलाई १५ हजार रुपैयाँ, जैमिनी–५ का सृजना विकलाई १४ हजार रुपैयाँ, जैमिनी– २ का राजकुमारी मल्ललाई १४ हजार रुपैया र कल्पना नेपालीलाई क्रमस १२ हजार रुपैयाँ प्रदान गरिएको हो । त्यसैगरी जैमिनी नगरपालिका–६ की रिमा थापालाई १५ हजार रुपैयाँ, जैमिनी नगरपालिका– १ की रुद्रा देवीलाई २० हजार रुपैयाँ र जैमिनी नगरपालिका ७ की श्याम कुमारी थापालाई १५ हजार रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत कोइरालाले जानकारी दिए ।
नगरपालिकाले प्रदान गरेको रकममा केही थपथाप गरेर आफुले २२ हजार रुपैयाँमा बाख्रा पाठा ल्याएको देवी नेपाली बताउँछन । ‘नगरले नै दिएको सवै रकमले हामीले सोचेको काम गर्नत पुग्दैन । नेपालीले भनिन केही थपथाप भएको छ । अहिले लगानी राम्रो गरियो भने भोली प्रतिफल पनि राम्रै होला तब मात्र आर्यआर्जन बलियो बन्दै जाला ।’ घरको छानो मुखी बसेकी नेपालीलाई नगरपालिले नै जस्ता पाता सहयोग गरेर टिनको छानामुनी बस्ने रहर जागेको बताईन । नगरपालिकाले सहयोग गरेको रकमले महिलाहरु कोही कुखुरा पालन गरेका छन भने कोही बाख्रा पालन गरेका छन । कुखुरा र बाख्राका पाठा बेचेर नै परिवार धान्ने उनिहरुको सोच रहेको छ ।
स्वदेशमै आत्मनिर्भर गराउन परामर्श गर्दै सामी
बैदेशिक रोजगारीमा गएका र आप्रवासीहरुको पहिचाहन गरेर उनिहरुको समस्या बुझ्ने र मनोपरामर्श गर्नुका साथै अति विपन्न परिवारलाई आयआर्जन सँग जोड्नका लागि सामी परियोजनाले समन्वयकारी भुमिका खेल्दै आएको छ । विदेश गएर फर्किए भौतारिँदै हिँडेका र उनका परिवारलाई परियोजनाले आवश्यक सल्लाह सुझाव तथा परामर्श दिँदै आएको छ । उनिहरुलाई स्वदेशमै आत्मनिर्भरको बाटो रोज्नका निम्ती परियोजानाले सहयोग गर्दै आएको सामी परियोजनाका मनोसामाजिक परामर्शकर्ता सुनिता देवी शर्मा जानकारी दिईन । बैदेशिक रोजगारीमा गएर र फर्किका र उनका परिवारलाई आफ्नै ठाउँमा आत्मनिर्भर बन्नका लागि प्रेरित गर्नेे आर्थिक रुपमा सवल बनाउनका निम्ती यस्ता कार्यक्रम नियमित संचालन गर्ने नगरपालिकाले जनाएको छ । जिल्लाको बागलुङ नगरपालिकाले पनि नगरभित्रका गरिब विपन्न, बेसहारालाई व्यवसाय सँग जोड्नका निम्ती आर्थिक सहयाता प्रदान गरेको थियो ।
तश्विर ःविपन्न परिवारका महिलालाई आर्थिक सहयोग गर्दै जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा