नारायण रिजाल- गण्डकी प्रदेश सरकारबाट बागलुङका चारवटा घरबास (होमस्टे)ले अनुदान पाउने भएका छन । प्रदेश सरकार पर्यटन, उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका लागि उक्त अनुदान प्राप्त गरेका हुन । मन्त्रालयले हालै जारी गरेको स्वीकृत परियोजना अन्तर्गत चार वटा ‘होमस्टे’का लागि १० लाख रुपैयाँका दरले अनुदान प्रदान गर्न लागेको हो । ‘होमस्टे’ पुर्वाधार विकासका लागि मन्त्रालयले संचालकहरु सँग परियोजना प्रस्ताव माग गरेको थियो । सोही अनुसार विभिन्न जिल्लाबाट ६२ वटा प्रस्ताव परेको र हाल पहिलो चरणमा ३० वटामा स्वकिृत भएर आएको पर्यटन कार्यालय पोखराका कार्यालय प्रमुख पुरन गिरीले जानकारी दिए ।
ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले विगतमा जस्तै चालू आर्थिक वर्षमा पनि अनुदानका कार्यक्रमलाई निरन्तरता दिएको थियो । पहिलो चरणमा छनौट भएका ‘होमस्टे’ संचालकहरु सँग सम्झौताको काम पनि भै सकेको गिरीले बताए । जिल्लामा अनुदान पाउनेमा सवै भन्दा पुरानो ‘होमस्टे’ बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको अतिथि सत्कार सामुदायिक होमस्टे, गलकोट नगरपालिका–६ मा रहेको स्टोन भिलेज सामुदायिक होमस्टे, जैमिनी नगरपालिका–३ मा रहेको मारुनी सामुदायिक होमस्टे र काठेखोला गाउँपालिका–७ रेशमा रहेको माहुरी झरना सामुदायिक होमस्टे रहेका छन ।
अनुदान पाएका होमस्टेले पहिले नै पुर्वाधार निर्माणका लागि लागत स्टुमेट पेश गरे अनुसार काम गर्नुपर्ने हुन्छ । भकुण्डेको अतिथि सत्कारले क्या. रुद्रमान गुरुङ स्मृति पार्क निर्माण गर्ने, गलकोटको स्टोन भिलेजले पदमार्ग निर्माण गर्ने जैमिनीको मारुनीले सामुदायिक भवन निर्माण गर्ने र रेशको माहुरी झरनाले निर्माणाधिन अवस्थामा रहेका भ्युटावर निर्माण गर्ने परियोजना अनुसार अनुदान प्राप्त गरेका छन । अनुदान पाएका होमस्टेले जुन कामका लागि प्रस्ताव पेश गरिएको हो त्यही काम गर्नुपर्ने गिरीले बताए । ‘होमस्टे संचालन कार्यविधि अनुसार प्रस्ताव पेश गर्ने क्रममा नै के काम गर्ने हो त्यसको बारेमा खुलाएर स्टुमेट गर्नुपर्ने हुन्छ पर्यटन कार्यालयका प्रमुख गिरीले भने,–‘सोही अनुसार काम गर्नुपर्ने हुन्छ ।, विगतमा एउटा योजनाका लागि बजेट लगेर अर्को काम गरेको भेटिए अहिले त्यो हुन दिँदैनौ । जे काम हो त्यही गर्नुपर्दछ । यो नित्तान्त पुर्वाधार निर्माणका निम्ती दिईएको अनुदान हो ।’अनुदान स्वीकृत प्राप्त गरेका होमस्टेले अधिकमत १० लाख रुपैयाँसम्म अनुदान पाएको उनले बताए ।
परियोजना स्विकृत र सम्झौता पश्चात परियोजना सञ्चालनको लागि तोकिएको रकमको ३० प्रतिशत रकम सम्बन्धित होमस्टेको खातामा उपलब्ध गराईने छ भने बाकीँ रकम कार्यप्रगतिको प्राविधिक मूल्याङ्नका आधारमा उपलब्ध गराईने कार्यविधिमा उल्लेख गरिएको छ । परियोजनका काम गर्ने होमस्टे संचालन समितिनै हुने छ । समितिले योजनाका लागि विनियोजन भएको करमको कम्तीमा पनि १० प्रतिशत बराबरको जनश्रमदान गर्नुपर्ने प्रावधान रहेको गिरीले बताए ।
जिल्लामा २०७३ सालमा पहिलो होमस्टेको रुपमा भकुण्डेमा अतिथि सामुदायिक होमस्टे स्थापना भएको थियो हाल २८ वटा होमस्टे रहेका छन । होमस्टे बढे सँगै आन्तरिक पर्यटकको चहलपहल वृद्धि हुन थालेको अतिथि सामुदायिक होमस्टेका अध्यक्ष खिमबहादुर थापा बताउँछन । ‘यो सामुदायिक होमस्टे पनि प्रदेश सरकारबाट हाल सम्म ३० लाख रुपैयाँ अनुदान पाएको छ । यस वर्ष पनि छनोट भएको छ, १० लाख रुपैयाँको सम्झौता ग¥यौं, अतिथि सत्कार सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष थापाले भने,–‘ अघिल्ला वर्ष आएको अनुदानले पदमार्ग, सामुदायिक भवन लगायतका पुर्वाधार निर्माणमा काम गरियो यस वर्ष निर्माणाधिन अवस्थामा रहेको क्या. रुद्रमान गुरुङ स्मृति पार्क निर्माणको काम गर्नुपर्ने छ ।’ उनले जिल्लाकै पहिलो होमस्टेलाई अब देशकै नमुना होमस्टेका रूपमा विकसित गर्ने गरी काम भै रहेका बताए । भकुण्डेमा हाल ११ घरमा ७० जनालाई राख्न मिल्ने क्षमता रहेको छ ।
होमस्टे गाउँलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधिमा उल्लेख छ । । होमस्टे व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, साँस्कृतिक संग्रहालय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग¸ ढुंगेमार्ग बनाउन यो रकम खर्च गर्न सक्नेछन् ।
कम्तीमा ५ घरधनीले सामूहिक रूपमा सञ्चालन गरेको होमस्टेलाई सामुदायिक ग्रामीण होमस्टे, ग्रामीण तथा सहरी क्षेत्रमा निजी स्तरमा सञ्चालित होमस्टेलाई निजी होमस्टेका रूपमा रहनेछन । ग्रामीण तथा सामुदायिक होमस्टे सञ्चालन गर्न पाहुनाका लागि छुट्टै १ कोठाको व्यवस्थापन गरी न्यूनतम २ बेड भएको राख्नुपर्ने प्रावधान छ । घरायसी र वातावरणीय सरसफाइको राम्रो व्यवस्था हुनुका साथै शौचालय र बाथरुपको पनि अनिवार्य व्यवस्था हुनुपर्ने होमस्टे सञ्चालन कार्यविधिले व्यवस्था रहेको कार्यालय प्रमुख गिरीले बताए । सामुदायिक होमस्टे सञ्चालनका लागि कम्तीमा १ सामुदायिक भवन अनिवार्य हुनुपर्ने व्यवस्था छ । साथै इमेल तथा इन्टरनेटको अनिवार्य व्यवस्था गर्नुपर्ने विधिमा उल्लेख छ ।
जिल्लामा रहेका होमस्टेलाई व्यवस्थित ढंगले संचालन गरेमा यसको आन्तरिक पर्यटनको चाप बढ्ने विश्वास रहेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । खड्का अनुसार अधिकाशं होमस्टेहरु दर्ता गरेर पनि व्यवस्थित ढंगले संचालन गर्न नसक्दा प्रचार प्रसारको आझेलमा परेका छन । ‘जिल्लामा झण्डै २ दर्जन बढि होमस्टे छन । खड्काले भने,–‘विगतका वर्षमा केही होमस्टेले प्रदेश सरकारबाट अनुदान पनि पाए । केही समय राम्रै चले पनि अहिले ओझेलमा छन । यसलाई व्यस्थित बनाउन प्रदेश सरकारले होमस्टे संचालन कार्यविधिलाई अझै व्यवस्थित बनाउनुपर्ने देखिएको छ । उनले जिल्ला जिल्लामा पर्यटनको कार्यालय स्थापना गरेर होमस्टेको प्रर्वद्धन गर्नुपर्ने बताए ।