• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

बागलुङ उद्योग बाणिज्य संघमा पदाधिकारी चयन

  • साउन १, २०७९

बागलुङ- बागलुङ उद्योग वाणिज्य संघमा  पदाधिकारी चयन गरिएको छ । संघको अध्यक्ष सहित सवै सदस्यमा सर्वसम्मत भएकोमा पदाधिकारीका लागि निर्वाचन भएको हो । 

पदाधिकारीका लागि सहमति हुन नसकेपछि निर्वाचनबाट टुंगाईएको संघका अध्यक्ष नरेश कंडेलले जानकारी दिए । शनिबार भएको निर्वाचनमा संघको बरिष्ठ उपाध्यक्षमा राजनकुमार शाक्य निर्वाचित भएका छन । शाक्यले १२ मत प्राप्त गरेर निर्वाचित भएका हुन भने प्रतिष्पर्धि उमाकान्त शर्मा बाबुले ९ मत प्राप्त गरेका हुन ।  संघको द्धितीय उपाध्यक्षमा संजय कुमार श्रेष्ठले ११ मत ल्याएर विजय भएका छन् भने उनका निकतम प्रतिष्प्रधि श्रीजय श्रेष्ठले १० मत ल्याएका छन् । महासचिवमा ऋषिराम गौतमले १२ मत ल्याएर विजयी भएका छन् भने उनका निकतम प्रतिष्प्रधि अर्जुन चोखालले ९ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिए । संघको कोषाध्यक्षमा नविन कुमार श्रेष्ठले ११ ल्याएर विजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी राजेश भारीले १० मत ल्याएका छन् ।

उपमहासचिव इन्द्रमणि पौडेलले १३ ल्याएर विजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी गणेश लम्सालले ८ मत ल्याएको  हुन । प्रथम उपाध्यक्षमा शशि कपुर श्रेष्ठ र सहकोपाध्यक्ष महेन्द्र सापकोटा निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  संघमा नरेश कंडेल र निर्माणकुमार श्रेष्ठ बासु  अध्यक्षमा उम्मेदवारी दिएका थिए । दुवै काँग्रेस समर्थक व्यापारी भएका कारण पार्टिले क‌डेललाई सर्वसम्मत अध्यक्ष बनाएको हो । सर्वसम्मत हुनुभन्दा पहिले श्रेष्ठलाई नेकपा एमाले समर्थक व्यापारी सँगै सत्ता साझेदारी दल माओबादी नेकपा एस राजमो जसपा समर्थक व्यापारीले साथ दिएका थिए भने कंडेललाई बरिष्ठ उपाध्यक्ष शाक्य प्रथम उपाध्यक्ष श्रेष्ठ र पुर्व उपाध्यक्ष धुर्वराज गौतमले साथ दिएका थिए ।  अन्तत सर्वसम्मत भएको थियो । सर्वसम्मत भए पछि पदाधिकारी चयनमा भने पुन नेकपा एमाले समर्थक व्यापारीले कंडेलकाे समुहलाई समर्थन गरेपछि काँग्रेस भित्रकै अर्को समुह बाहिरन पुग्यो । यसले संघमा काँग्रेस भित्रका व्यापारीमा केही तिक्तता ल्याएको छ । 

गत जेठ ३१ गते खुल्ला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि संघको १४ खुल्ला सदस्य निर्विरोध निर्वाचित भएका थिए। असार ४ गते नरेश कँडेल अध्यक्षमा र उद्योग सदस्यहरुमा निलेश राजभण्डारी र ऋषि राम गौतम सर्वसम्मत चयन भएका थिए ।

प्रतिक्रिया