चिल्ड्रेन लाइफ कपको उपाधि अमर आदर्शलाई

  • माघ १३, २०८२

बागलुङ- बागलुङमा आयोजित चौथो अन्तर बिद्यालय स्तरीय फुटवल प्रतियोगिताको उपाधि अमर आदर्श आवसिय माविले जितेको छ । चिल्ड्रेन लाइफ स्पोटर्स क्लव बागलुङको आयोजनामा चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलको सहआयोजनामा संचालन गरेको प्रतियोगिता अन्तरगत सोमबार भएको फाइनल खेलमा अमर आदर्श माविले आदर्श बिद्या मन्दिरलाई स्तब्ध पार्दै उपाधि चुमेको हो ।   १२ बिद्यालयको सहभागीता रहेको प्रतियोगिताको फाइनल खेलमा शुन्यका बिरुद्ध १ गोल गर्दै अमर आदर्शले उपाधि चुम्न सफल भएको हो । निकै नै प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा अमर आदर्शका खेलाडि प्रदिप परियारले उत्कृष्ट गोल गर्दै टिमलाई बिजयी बनाएका हुन । 
उपाधिसंगै अमर आदर्शले नगद ५५ हजार ५ सय ५५, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको आदर्श बिद्या मन्दिरले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको क्लवका उपाध्यक्ष एवं खेल संयोजक जिवन रोका क्षेत्रीले जानकारी दिए ।  यसैगरि सेमिफाइनलमा पुगेर पराजित भएको चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलको निलो समुह र न्यु ओयसीसले जनही नगद १० हजार प्राप्त गरेका छन् । बिद्यागत तर्फ बेष्ट प्लेयर अमर आदर्शका प्रदिप परियार, मिड फिल्डरमा आदर्श बिद्या मन्दिरका निश्चल केसी, उत्कृष्ट गोलकिपरमा आदर्श बिद्या मन्दिरका सोहन सुनार, उत्कष्ट डिफेन्डरमा अमर आदर्शका असिम केसी, सर्वाधिक गोलकर्तामा चिल्ड्रेन लाइफका बरदान थापा र उदयमान खेलाडिमा चिल्ड्रन लाइफका उत्सव थापा पुरस्कृत भएका छन । अनुशासित टिम तर्फ गुराँश बिद्या सदन उत्कृष्ट भएको छ । 
फाइनल खेलको शुभारम्भ अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष दावा लामाले गरेका थिए । कार्यक्रम चिल्ड्रेन लाइफ स्पोटर्स क्लवका अध्यक्ष एवं विद्यालयका प्रिन्सीफल नवराज श्रेष्ठको अध्यक्षता, क्लवका उपाध्यक्ष एवं खेल संयोजक जिवन रोका क्षेत्रीको स्वागत र क्लवका सचिव सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।
 

 

प्रतिक्रिया