• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बागलुङ कालिका मन्दिरमा चार महिनामा २ करोड ५७ लाख आम्दानी 

  • साउन ४, २०७९

बागलुङ- बागलुङ कालिका भगवती मन्दीरमा गत आवको चार महिनाको अवधीमा दुई करोड ५७ लाख ४३ हजार पाँच सय ९९ रुपैया आम्दानी भएको छ । सो समयको कुल खर्च एक करोड ७८ लाख १२ हजार सात सय ७७ रहेको कालिका भगवती व्यवस्थापन समितिकी कार्यालय प्रमुख तारा शर्माले जानकारी दिईन  । कालिका भगवती गुठीले आर्थिक वर्ष ०७८÷७९ को आय÷व्यय सार्वजनिक गर्दै आम्दानी र खर्चको बारेमा जानकारी गराएको थियो ।  गुठीले नयाँ व्यवस्थापन समिति आएपछि अर्थात कार्तिक ३ गते देखि माघ सम्मको कुल ४५ लाख १७ हजार चार सय ९५ रुपैँया खर्च र ९२ लाख एक हजार चार सय २६ आम्दानी गरेको छ ।  फाल्गुन यता सबैभन्दा धेरै पूर्वाधार विकास तथा निर्माण, मेसिनरी तथा उपकरण खरिद, तलब तथा चैत्राष्टमी मेलाका लागी खर्च भएको छ ।
जस अन्र्तगत पूर्वाधार विकास तथा निर्माणका लागी ६२ लाख ६५ हजार ९१८, मेसिनरी तथा उपकरण खरिदका लागी १२ लाख ४६ हजार ८६२, तलबमा १८ लाख ९१ हजार ६२४ र चैत्राष्टमी मेलाका लागी १८ लाख रुपैँया खर्च गरिएको उनले बताईन । त्यस्तै, स्टेशनरी, तलब, बिजुली, टेलिफोन तथा ईन्टरनेट, उपहार, आर्थिक सहयोग, पुजा खर्च, पोशाक, विज्ञापन, ईन्धन, लगायतका शिर्षकमा खर्च गरिएको हो । 
त्यस्तै, व्यवस्थापन समितिले भाडा, भेटी, आर्थिक सहयोग तथा परेवाबाट धेरै आम्दानी गरेको विवरणमा उल्लेख गरिएको छ । व्यवस्थापन समितिले भेटीमार्फत ९० लाख ५५ हजार ६ सय ६५ रुपैया संकलन गरेको छ । व्यवस्थापन समितिले भाडा मार्फत १७ लाख ४७ हजार सात सय ६४ हजार, आर्थिक सहयोगबाट १० लाख ७६ हजार चार सय ६१, परेवाबाट ३१ लाख ४६ हजार रुपैँया संकलन भएको कालिका भगवती व्यवस्थापन समिति गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए । 
मन्दिरमा पिकनिक स्पट, विवाह, जिन्सी लगायतका अन्य श्रोतबाट समेत आम्दानी भैरहेको छ । कालिका मन्दिरमा दिईने बोका, कुखुरा र राँगाको बलिबाट पनि आम्दानी भैरहेको छ ।  व्यवस्थापन समितिको बैँक खातामा हाल ७८ लाख ९४ हजार नौ सय १४ मौज्दात रहेको छ । 
पाँच वर्षे रणनितिक योजनाहरु सार्वजनिक
कालिका भगवती व्यवस्थापन समितिले आगामी पाँच वर्षको लागी रणनितिक योजनाहरु समेत सार्वजनिक गरेको छ । जस अन्र्तगत समितिले मन्दिर परिसर भित्र रहेका पुराना जिर्ण संरचनालाई पुरातात्वीक हिसावले निर्माण गर्ने, भजन किर्तन भवन, सुविधा सम्पन्न विद्याश्रम र धर्मशाला लगायतका संरचना निर्माण गर्ने जनाईएको छ । 
आगामी पाँच वर्षमा धार्मिक संग्राहलय निर्माण गर्ने, गार्डेन बल्ब सहितको अत्याधुनिक बगैँचा निर्माण,  अत्याधुनिक उपकरणद्धारा शुद्धिकरणयुक्त खानेपानीको धारा संचालन गर्ने, सुरक्षित स्तनपान कक्ष निर्माण गरिने भएको छ । फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागी अपांगमैत्री नमुना शौचालय निर्माण गर्ने, मन्दिरको ऐतिहासिक पृष्ठभुमी र बागलुङ जिल्लाको धार्मिक र पर्यटनको जानकारी दिनको लागी दुई जना पर्यटकिय गाईडको व्यवस्था गर्ने, मन्दिर परिसर भित्र जानकारी मुलक माउण्टबोर्ड निर्माण गर्ने, मन्दिर भित्रको भाग जिर्ण र पुरानो भएकाले सिंगमरमरयुक्त बनाउने, भजन किर्तको लागी आवश्यक बाद्यबादनका सामाग्री सहित व्यवस्थापन गर्ने लगायतका रणनितिक योजनाहरु रहेका छन् ।
त्यस्तै, कालिका भगवती मन्दिरमा आउने श्रद्धालु भक्तजनरुको संख्यात्मक रेकर्ड सुरक्षित गर्नका लागी पिपुल काउण्टिङ मेसिन जडान गर्ने, मन्दिरको वेवसाईट निर्माण गर्ने, अत्याधुनिक प्रशासनिक भवनको निर्माण, लेखा व्यवस्थापनको सफ्टवयर, गंगा स्नानघर, लकरहरु निर्माण गर्ने, आर्कषक छाना निर्माण गर्ने, परेवाको मुर्ति निर्माण गर्ने लगायतका रणनीति लिईएको हो ।
मन्दिर परिसरमा व्यवस्थित योगा स्थानको निर्माण गर्ने, गरिब,जेहेन्दार, अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्नका उद्धेश्यले शैक्षिक कोष निर्माण गर्न लगायतका रणनीतिक योजनाहरु रहेको प्रमुख शर्माले जानकारी दिईन । 
आश्रमलाई सहयोग गर्नका लागी पार्किङ शुल्क उठाउन दिईने 
समितिले बागलुङमा संचालनमा रहेको मानव सेवा आश्रमलाई ब्यवस्थित र सहयोग गर्नका लागी कालिका मन्दिर गेट अगाडीको जग्गा आम्दानी आश्रमले लिने गरी सवारी शुल्क उठाउने दिने निर्णय गरेको छ । हाल आश्रमको आफ्नै भवन निर्माण भैरहेको छ । मावन सेवा आश्रमले आगामी वर्षको असारसम्म पार्किङ शुल्क उठाउन पाउने छ । पार्किङ शुल्क वापत दुई पाङ्ग्रे सवारी साधनका लागी पाँच रुपैँया र अन्य सवारी साधनका लागी रु १० निर्धारण गरिएको छ । 
मन्दिर प्रवेशद्धार नजिक गेट निर्माण 
विभिन्न समस्याका कारण मन्दिर प्रवेशद्धारमा नजिक गेट समेत निर्माण गरिएको छ । मन्दिर भित्रको श्रोत साधनको हानी नोक्सानी हुनबाट जोगाउनको लागी मन्दिर परिसरमा रात्री समयमा बन्द गर्ने गरि मुख्य प्रवेशद्धार नजिक र मालढुंगा जाने बाटो नजिक गेटको व्यवस्था गरिएको हो । त्यस्तै, मालढुंगा देखि मन्दिर सम्मको सम्पुर्ण क्षेत्रमा सुरक्षा परियोजनार्थ सिसि टिभि व्यवस्था गर्ने र विद्युतिय जडानका तारहरुलाई सुव्यवस्थित गर्नका लागी अन्डरग्राउण्ड गर्ने समेत जनाईएको छ ।  
 

प्रतिक्रिया