उज्यालो बागलुङ कार्यक्रम अन्तरगत बागलुङ बजारमा ‘हाइमाष्ट' बत्ती जडान 

  • चैत २३, २०८२

बागलुङ- उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत  बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरेको छ । बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको छ ।
बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्तत्री जडा गरिएको हो । बागलुङ नगरपालिका वडा नं. १ को मालढुंगाको प्रवेशद्धार र कालिका भगवती मन्दीर, वडा नं. २ को ट्राफिक चोक नजिकै ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पसगेट र लोकतान्त्रीक चोकमा जडा गरिएको हो । त्यस्तै वडा नं. ३ को चिप्लेटी वसपार्क क्षेत्र र वडा नं. ४ को आर्मी व्यारेक अगाडीको एटिएम चोक र नयाँबसपार्कमा उक्त बत्तीहरु जडान गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सोमबार साँझ लोकतान्त्रीक चोकमा बत्ती बालेर शुभारम्भ गरेका छन ।  
नगरपालिको उज्यालो कार्यक्रम अन्तरगत बत्ती जडाका निम्ती चिनबाट पोल ल्याईएको थियो भने भारतबाट ल्याईएका बत्ती प्रयोग गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । “यी बत्ती सवै रिमोर्टबाट चल्ने छन  नगरपालिका कार्यालयबाट नै एकै समयमा बाल्न सकिने छ । यसलाई लाईट अझै उज्यालो बनाउन पनि सकिने छ डिम गर्नपनि नगरप्रमुख श्रेष्ठले भने,–‘हाल बत्तीको महशुल नगरपालिकाले तिरेपनि भोलीका दिनमा टोल सुधार समिति र टोल विकास संस्थाले महशुल बुझाउने गरी योजना बनाउने छौ टोल सुधार समितिबाट महशुल तिर्ने काम भयो भने संरक्षण र प्रर्वद्धन गर्ने कुरामा अझै महत्व हुनेछ ।” बत्तीको मासिक रुपमा झण्डै २ हजार रुपैयाँ सम्म महशुल आउने श्रेष्ठले बताए । 
कुल ३६ लाख ८२ हजार ३४५ रुपैयाँ लागत रहेको यो कार्यक्रममा बागलुङ नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत रहेको छ । जसमा नगरपालिकाको कुल २३ लाख ९३ हजार ५२४ रुपैयाँ र मिटर जडान खर्च १ लाख ५२ हजार सहित नगरपालिकाको २५ लाख ४५ हजार ५२४ रुपैयाँ खर्च भएको नगरप्रमुख श्रेष्ठले बताए । बजार क्षेत्रमा  जडान १० वटा बत्ती मध्ये एक बत्ती बराबर ३ लाख ५० हजार रुपैयाँ रहेको  छ ।  बत्तीले बाटोहरु फराकिलो हुने र बजार क्षेत्रमा चहलपहलका साथै सडक सुरक्षामा पनि थप सहयोग पुग्ने स्थानीय व्यवसायी उमेश गौतमले बताए ।  
एक पोलमा ४ देखी ६ वटा २०० वाटको हाईमाष्ट बत्ती जडान गरिएको छ नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलिप मरासीनीले जानकारी दिए । 

 

प्रतिक्रिया