• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

धौलागिरीका पाँच ठाउँमा पञ्चश्री महायज्ञ

  • चैत ६, २०७८

बागलुङ- अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प र नेतृत्वमा धौलागिरी क्षेत्रका पाँच स्थानमा पञ्चश्री महायज्ञ संचालन हुने भएको छ । नयाँवर्षका अवसरमा बागलुङ सहित पर्वत र म्याग्दीमा पञ्चश्री महायज्ञ हुने भएको छ ।
 महायज्ञ आयोजक समितिले आईतबार बागलुङमा पत्रकार सम्मेलन गरी मृगसरोवर कालञ्जर समाज समृद्धि महायज्ञ पर्वतको जलजला, रारायीकोट समाज सम्मृद्धि महायज्ञ र मालिका भगवती तथा गौशाला समाज समृद्धि महायज्ञ बागलुङ,  सिद्धभुमि समाज समृद्धि महायज्ञ  र गौश्वारा समाज समृद्धि महायज्ञ म्याग्दीमा गरिने जानकारी गराएको हो ।
 पर्यटन प्रवद्धनको माध्यमबाट देशको बिकासमा सहयोग पुर्याउने उदेश्यका धौलागिरीका ५ धार्मिक तथा पर्यटकिय स्थलमा साथ एउटै तिथि मिति र मुहुर्तमा शुरु हुने गरि महायज्ञको आयोजना गरिएको स्वामी कमलनयनाचार्यको उत्तराधीकारी स्वामी सुदर्शन बडालले जानकारी दिए । बडालका अनुसार यसपटकका महायज्ञमा बिशेष गरी ध्यान र साधना गराईने छ । महायज्ञ नयाँबर्ष बैशाख १ गते देखी ५ गते सम्म संचालन हुने छ । 
 
बेदिक कालमा बिभिन्न ऋषिमुनिहरुको तपोभुमीका रुपमा चिनिएका तिर्थस्थल लाई धर्मिक तथा पर्यटकिय क्षेत्रका रुपा उजागर गर्न मञ्चश्री महायज्ञ आयोजना गरिएको बडालले बताए । कार्यक्रमको संचालन महायज्ञ आयोजक समिति सदस्य जगन्नाथ आचार्यले गरेका थिए । महायज्ञमा महापुर्णाहुती, अभिषेक, मण्डव पुजा तथा शान्ति प्रार्थना, शालग्राम पुजाअर्जना एवं विष्णु सहस्रनाम पाठ लगायतका विधिहरु हुनेछ । महायज्ञ मुल आयोजक समितिले आफ्नो घर नजिकै पर्ने कुनै पनि स्थानमा गई सहभागि हुनका लागि शद्धालुभक्तजनहरुमा आग्रह गरेको छ ।  
 

प्रतिक्रिया