कालिका कपको उपाधि गलकोटलाई 

  • चैत २६, २०८१

बागलुङ -     ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा जारी ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा जैमिनी नगरपालिकालाई ३–१ को सेटमा निराश बनाउँदै गलकोट नगरपालिकाले  यस वर्षको उपाधि जितेको हो । 

फाइनल खेलको पहिलो सेटमा जैमिनीले गलकोट माथि २५–१८ अंकको फराकिलो जित निकाले पनि बाँकी तीन सेट खेलमा निराशजनक बन्न पुग्यो । पहिलो सेट गुमाए पनि निराशा नबनेको गलकोटले बाँकी तिन वटै सेट हाबी बन्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । गलकोटले जैमिनीलाई २५–१८, २५–१७ र २५–२० को सेटमा जित निकाल्दै उपाधि जितेको हो ।

उपाधि विजेता गलकोटले नगद २ लाख रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेतामा सिमित बनेको जैमिनीले १ लाख रुपियाँमा चित्त बुझाएको आयोजक बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । सेमीफाइनल खेलमा गलकोटले कुश्मा नगरपालिका र जैमिनीले काठेखोला गाउँपालिकालाई पराजित गर्दै फाइनल पुगेका थिए ।
चैतेदशै मेलाको अबसरमा आयोजित खुला भलिबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । विगतका दिनहरुमा जुन सुकै संस्थाको सहभागितामा खुल्ला प्रतियोगिता संचालन गरिने यस वर्ष भने पालिका स्तरीय बनाईएको थियो ।  मेलाकै अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता र दोहोरी गित प्रतियोगिता समेत संचालन गरिएको छ । 

प्रतिक्रिया