बागलुङको विकास बजेट ७२.८८ प्रतिशत मात्र खर्च

  • साउन १०, २०८०

 बागलुङ।  आर्थिक वर्ष २०७९।०८० मा बागलुङ जिल्लामा विकास बजेटको जम्मा ७२.८८ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार पुूँजीगत खर्चमा संघ अन्तर्गतका योजनामा ७१.९४ प्रतिशत र प्रदेशका योजनामा ७३.८०  प्रतिशत रकम खर्च भएको छ । 
    संघ तर्फको योजनामा पूँँजीगत खर्चको कुल २ अर्व ३३ करोड ८३ लाख २६ हजार ६५० रुपैँया मध्ये १ अर्व ६८ करोड २० लाख ८० हजार १६४ रुपैँया ९७ पैसा मात्र खर्च भएको छ । पुँजीगत तर्फ नै प्रदेश सरकारबाट आएको कुल २ अर्व ४१ करोड, ९ लाख ८५ हजार ९६५ रुपैयाँ बजेटमा १ अर्व ७७ करोड ९३ लाख ६ हजार ४ रुपैयाँ ७८ पैसा खर्च भएको कार्यालयका कोष नियन्त्रक जब्बर बहादुर भण्डारीले जानकारी दिए । जिल्लामा पुँजीगत तर्फ कुल ४ अर्व ७४ करोड ९३ लाख, १२ हजार ६१५ रुपैयाँमा ३ अर्व  ४६ करोड १३ लाख ८६ हजार १७० रुपैयाँ ७५ खर्च भएको हो । 
जिल्लामा चालु खर्चमा भने राम्रै रकम खर्च भएको छ । कुल रकमको ९१.९२ प्रतिशत रकम खर्च भएको हो । विगतको वर्षमा भन्दा केही प्रतिशत कम भएता पनि यसलाई राम्रै प्रगतीको रुपमा लिइएको छ । चालु खर्चको संघ तर्फ ९२.९२ प्रतिशत रकम र प्रदेश तर्फ ७१.१४ प्रतिशत रकम खर्च भएको हो ।  चालुको संघ तर्फ कुल ८ अर्व १३ करोड, १६ लाख, ६३ हजार २५२ रकम मध्ये ७ अर्व, ५५ करोड ६२ लाख, ५१ हजार ३५९ रुपैयाँ ६८ पैसा खर्च भएको छ । चालु तर्फ प्रदेश सरकारबाट जम्मा ७६ करोड १२ लाख ७८ हजार ७६४ रुपैयाँ आएको थियो जसमा ६१ करोड ७७ लाख १५ हजार ९८ रुपैयाँ ४८ पैसा खर्च भएको कोष नियन्त्रक भण्डारीले जानकारी दिए । कार्यालयले पत्रकार सम्मेलन मार्फत खर्च भएको विवरण सार्वजनिक गरेको थियो । 
राजश्व संकलनमा बृद्धि
जिल्लामा विगतका वर्षमा भन्दा राजश्व संकलनमा भने बृद्धि भएको छ । आव ०७८।०७९ मा संघ तर्फको २०.३६ प्रतिशत राजश्व संकलन भएकोमा आव ०७९।०८० मा २१.८६ प्रतिशत राजश्व संकलन रहेको छ । आर्थिक वर्षको अन्त्य तर्फ असार महिनामा मात्रै २६ करोड ४७ लाख ४१ हजार ७१४ रुपैयाँ १० पैसा राजश्व संकलन भै कुल १ अर्व २१ करोड ९ लाख ९० हजार ३२० रुपैयाँ ५५ पैसा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी प्रदेश तर्फ गत आवमा २ करोड ४० लाख ३२ हजार ९५५ रुपैयाँ ८२ रुपैयाँ असार महिनामा मात्र संकलन भएको छ भने कुल २२ करोड ४५ लाख ३८ हजार ५७४ रुपैयाँ प्रदेश तर्फको राजश्व रहेको छ । संघ र प्रदेशको गरी कुल १ अर्व ४३ करोड ५५ लाख २८ हजार ८९४ रुपैयाँ ५७ पैसा राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए । जिल्लामा सवै भन्दा बढि राहदानी बनाए बापत ८ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ । 
जिल्लामा विकासे कार्यालयका रुपमा रहेको सधन शहरी विकास तथा भवन निर्माण  आयोजनाको चालु तर्फ ५ करोड १७ लाख ६० हजार ४०६ र पुँजीगत तर्फ ४८ करोड ४० लाख ५६ हजार ३७९ रुपैयाँ खर्च भएको छ ।  प्रदेश तर्फ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले चालु तर्फ १ करोड ४६ लाख ६ हजार १३० रुपैयाँ खर्च भएको छ घने पुँजीगत तर्फ कुल ७३ करोड १३ लाखमा ६१ करोड ७ लाख ९६ हजार ४७३ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । जिल्लामा निबृत्तभरकको संख्या २ हजार ८६० मध्ये २ हजार २१८ जना सक्रिय रहेको र उनिहरुले मासिक ५ करोड ८७ लाख ८३ हजार ३२ रुपैयाँ बुझ्दै आएका छन । जसमा निजामती कर्मचारी, प्रहरी नेपाली सेना र शिक्षक रहेको कार्यालयले जनाएको छ । 
जिल्लामा असारे विकास भने राकिन नसकेको कार्यालय प्रमुख बस्याल बताउँछन । असारे विकासकै कारण राजश्व पनि सवै भन्दा बढि यही महिना र खर्च पनि यही महिनामा हुने गरेको उनले बताए । बस्यालका अनुसार पछिल्लो समयमा बेरुजु भने घट्दै गएको छ । विकासे कार्यालयको खर्च भने विगतको तुलनमा कम भएको उनले बताए ।  राजश्व संकलनमा पँुजीगत खर्च बढ्यो भने राजश्वपनि बढ्ने बस्याल बताउँछन । 
कार्यक्रममा पत्रकार महासंघका सचिव विजय रानाले जिल्लाको विकास बजेट समयमा खर्च हुन नसक्नु यो गम्भिर विषय भएको बताए । कोष तथा लेखा नियन्त्रणको कार्यालय र प्रदेश लेखा ईकाईले संयुक्त रुपमा बार्षिक प्रगती सार्वजनिक गरेका थिए । 
 

प्रतिक्रिया