पर्यटन तथा उद्योग कार्यालय पर्वतमा राख्ने निर्णय प्रति बागलुङका राजनिति दल र व्यवसायी विरोधमा 

  • साउन २८, २०८२

बागलुङ-  बागलुङमा रहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतमा गाभिएको बिरोधमा बागलुङका राजनैतिक दल र व्यवसायीहरु विरोधमा उत्रिएका छन । गत सोमबार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयले प्रदेश भरीका विभिन्न कार्यालय खारेजी गर्ने र गाभ्ने निर्णय गरेको थियो । सोही निर्णयमा बागलुङमा रहेको पर्यटन उद्योग कार्यालय पर्वतमा गाभिए पनि यहाँका राजनितिक दल र सरोकारवालाहरु एकजुट भएका हुन । जिल्लामा क्रियाशिल राजनितिदलले संयुक्त विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश सरकारको विभिन्न संरचना र कर्मचारी घटाउने निर्णय अन्तरगत ६ हजार सेवा ग्राहीरहेको कार्यालय अन्यस्थानमा गाभिएको प्रति आपत्ती जनाएका छन ।  प्रदेश प्रशासनीक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन बिपरीत पर्यटन तथा उद्योग कार्यालय बागलुङलाई स्थानान्तरण गरि पर्वत लैजाने गण्डकी प्रदेश सरकारको निर्णयप्रती बागलुङका राजनैतिक दल र सरोकारवालाहरु असहमति व्यक्त गर्दै तत्काल निर्णय सच्याउन जोडदार माग गरेका छन् । 
नेपाली कांग्रेसका सचिव हरिहर शर्मा, एमाले बागलुका अध्यक्ष हिरा बहादुर केसी, नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष टिका बिक, रास्वपाका खिमानन्द पौडेल, राजमोका विष्णु प्रसाद अधिकारी, नेपाल समाजवादी पार्टी नेपालका कृष्ण शर्मा र बागलुङ उद्योग वाणिज्यसंघका अध्यक्ष राजन कुमार शाक्यद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा पोखरा पछिको दोस्रो व्यापारिक केन्द्रबाट उद्योग कार्यालय खारेजी गर्ने निर्णय सच्चाउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, बागलुङ जिल्ला गण्डकी प्रदेशकै दोस्रो व्यापारिक केन्द्र तथा साविकको धौलागिरी अञ्चलको सदरमुकामको रुपमा रहेको जिल्ला हो। हाल जिल्लामा पर्यटन तथा घरेलु कार्यालयमा दर्ता अभिलेख कायम भएका करिब छ हजार उद्यमी व्यवसायी रहेका छन भने पर्यटकिय दृष्टिकोणले पोखरा पछीको दोस्रो गन्तव्यको रुपमा बागलुङ रहेको छ । यसै सन्दर्भमा गण्डकी प्रदेश सरकारको विभिन्न कार्यालय र कर्मचारी घटाउने तथा समायोजन गर्ने निर्णय गरेको छ जुन स्वागत योग्य रहेको छ । यद्यपी पूर्व सचिव शंकरचन्द पौडेलको संयोजकत्वमा प्रदेश सरकारबाट गठित प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन विपरित बागलुङमा रहनुपर्ने पर्यटन तथा उद्योग कार्यालय पर्वत जिल्ला लैजाने भन्ने प्रदेश सरकार मन्त्रि परिषदको निर्णय प्रति जिल्लामा रहेका राजनीतिक दल र सरोकारवाला निकायको गम्भिर असहमती रहेको छ । प्रतिवेदनमा सम्पूर्ण तथ्याङ्कहरुका आधार र संरचनागत अवस्था उत्कृष्ट गरेको आधारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट भएको निर्णय तत्कालै सच्चाई, पर्यटन तथा उद्योग कार्यालय बागलुङ यथास्थानमा नै कायम गर्नुका लागि प्रदेश सरकारसँग अनुरोध गर्दै, हामीलाई आन्दोलित हुने अवस्था सिर्जना नगर्नु हुन समेत खबरदारी सहित प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौं ।
 

 

प्रतिक्रिया