• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

केही गर्नका लागि नेपालमा नै हरेक सम्भावना छ –चन्द्र ढकाल

  • पुस ११, २०८२

बागलुङ !  नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा नै धेरै संभावना रहेको बताएका छन । उनले विभिन्न सामाजिक सञ्जालमा देशमा केही संभावना छैन भन्दै नेगेटिभ भास्य निर्माण भएको प्रति चिन्ता गर्दै यहाँ गर्न चाहनेलाई संभावना नै संभावना रहेका बताएका छन ।  उनले सामाजिक सञ्जालमा निर्माण गरिएको भास्य पुर्ण रुपमा गलत रहेको बताएका छन । आठौं बागलुङ महोत्सवको उद्घाटन गर्न गृह जिल्ला बागलुङ आएका ढकालल यहाँ रहेको हरेक संभावनाको खोजी गरी वर्तमान परिपेक्षमा आएको नेगेटिभ भास्यलाई चिर्नका निम्ती आन्तरिक पूजी प्रयोग गरेर यही लगानी गर्न सकिने बताए । 
ढकालले देशमा नै  कुनै व्ययसायी गर्न खोज्ने व्यवसायीलाई महासंघले पूँजीको व्यवस्थाका लागि सहजीकरण गर्ने बताए । कोराला नाका र सुनौली नाकाको विचमा रहेको बागलुङलाई गेटवयको रुपमा विकास गर्न सकिने बताए । “बागलुङलाई कोरला र सुनौली नाकाको गेटवे बनाउनुुपर्दछ’ ढकालले भने,“कोरला नाका संचालन गरेर कालीगण्डकी करिडोर मार्फत चीन र भारतमा व्यवसाय बढाउनुपर्ने यसमा निजी क्षेत्रको सधै साथ रहनेछ । सरकारले केही सहजीकरणको बाटो पनि खुलाएको छ झै प्रभावकारी रुपमा दुई देशलाई जोड्ने मार्गको रुपमा यस क्षेत्रलाई विकास गर्नेछौं ।”
उनले बागलुङले कृषि, घरेलु र अन्य व्यवसायिक उत्पादन गर्ने र पर्यटन प्रवद्र्दन मार्फत चीन र भारतका पर्यटक भित्राउन सक्ने बताए । त्यसकालागि करिडोर बनिसकेकोले कोरला नाका नियमित संचालनमा पहल गर्नुपर्ने बताए ।
कालीगण्डकी नदी सहित आसपासका पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउने, नगदेबाली र कृषि फसलको व्यवसायिक उत्पादन गर्ने कामले आत्मनिर्भर बन्न सकिने बताए । ‘अहिले त जतापनि संभावना देखिन थालेको छ, केवल काम गर्ने हात चाहिएको छ’ ढकालले भने, ‘अब लगानी भित्राउन हामी पहल गर्छौ, तपाईहरु योजना बनाउने र काम गर्न तयार रहनुस् ।’ ५० बर्ष उमेर काटेपछि फुर्सद हुनासाथ बागलुङ आएर यहाँको संभावनाको खोजी गरिरहेको उनले बताए ।
जिल्लाको चिनारी बढाउन उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने र अबसर यही छ भन्ने बनाउनुपर्ने बताए । त्यसकालागि युवा लाई रोजगारी दिने योजना पहिलो प्राथमिकतामा पर्नुपर्ने उनले बताए । पुर्व मन्त्री देवेन्द्र पौडेलले सबै क्षेत्रको साझेदारीले मात्र देश बिकास गर्न सकिने भन्दै जिल्ला बिकासका योजना, व्यवसाय प्रवद्र्दनका खाका स्थानीय रुपमा बन्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आँफु जन्मेको माटो र बाटो बिर्सन नहुने भन्दै उद्यमीहरुले आफ्नै माटोमा लगानी गरेमा बागलुङ समृद्द बनाउन धेरै समय नलाग्ने बताए । स्थानीय सरकारको रुपमा बागलुङ नगरपालिकासँग पनि धेरै योजना रहेको भन्दै ती योजना पुरा गर्न समेत लगानी आवस्यक परेको बताए ।
जिल्लामा उत्पादन भएका बस्तुहरुको बजारीकरणका साथै यहाँका हरेक क्षेत्रमा संभावनाको खोजी गर्ने उद्देश्य स्वरुप महोत्सव आयोजना गरिएको अध्यक्ष राजनकुमार शाक्य बताउँछन ।  उनले मेड इन बागलुङ भनेर बिशेष स्टलहरु राखेको र ती उत्पादनलाई संस्थागत गर्न महोत्सव मार्फत पहल भएको समेत बताए ।  पुस २१ गते सम्म संचालन हुने महोत्सवमा दुई सय बढि स्टल निर्माण गरिएको छ सबै स्टल बुकिङ भएका छन । महोत्सवमा विभिन्न ८ विद्याका क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । महोत्सवमा विभिन्न खेलकुद, मनोरञ्जन तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमसंगै रचनात्मक कार्यक्रम आयोजना गरिएको छ ।  महोत्सवमा देश विदेशमा चर्चित कलाकारहरुको साङ्गीतिक प्रस्तुती, दोहोरीगित प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगिता, स्टोरी टेलिङ प्रतियोगिता, स्टार्टअप पिचिङ लगायतका अन्य कार्यक्रमहरुको पनि आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका महासंघ इन्द्रमणि पौडेल अर्जनुले बताए । 
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ ११ गतेदखि पुस २१ सम्म सञ्चालन हुने महोत्सवमा अँग्रेजी नयाँ वर्षलाई विशेष बनाउन व्याण्ड सहितको कार्यक्रम आयोजना गरिएको छ भने उक्त दिन राती १२ बजेसम्म कार्यक्रम हुने बताईएको छ । महोत्सवमा दुई दिन तीन वटा व्याण्डको प्रस्तुति रहने भएकाले टिकट दर वृद्धि गरिएको छ । 
टिकट व्यवस्थापनका संयोजक तथा उद्योग वाणिज्य संघ बागलुङका प्रथम उपाध्यक्ष नविनकुमार श्रेष्ठले पौष १६ र १८ गतेको लागि अनलाईन टिकट खुल्ला गरिएको र उक्त दिनको टिकट ५००, ८०० र १००० तोकिएको जानकारी दिए । “१६ गते दि फिरन्ते र रकेट व्याण्डको प्रस्तुति रहनेछ भने १८ गते सविन राईको व्याण्डको प्रस्तुति रहनेछ,” उनले भने,“त्योे दिन पास र अन्य टिकटले प्रवेश गर्न पाइने छैन । मेरोटिकट एफ मार्फत अनलाईन टिकट खुल्ला गरेका छौं ।” 
महोत्सवको अन्य दिन टिकट दर एक सय रुपैयाँ रहेको र विद्यार्थीलाई ७० टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालयहरुले सामुहिक रुपमा विद्यार्थीहरुलाई महोत्सव अवलोकनमा लैजाँदा पनि प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया