युवा उमेरमा बैदेशिक रोजगारीमा जाने मोह चल्यो । गाउँमा ऋण धन गरेर बैदेशिक रोजगारीका लागि जापान गए । जापानमा कमाई राम्रै थियो । परिवार सहित उतै व्यवसाय गरेर ११ वर्ष विताएका खड्क केसी अहिले गाउँ फकिएर आफ्नै माटोमा रमाएका छन । बागलुङ नगरपालिका–३ खहरेका ४८ बर्षिय केसीले गाउँमा करोडौ लगानी गरेर अवसरको खोजी गरेका छन । जापानमा रहँदा आफ्नै व्यवसाय संचालन गरेका केसी दम्पती कमाई पनि राम्रै थियो । ११ वर्ष पछि गाउँ फर्किए यतै व्यवसायमा रमाउने निधो गरे अहिले गाउँमा नै झण्डै साढे ४ करोड रुपैयाँको लगानीमा कृषि फर्म सहित एग्रो रिसोर्ट संचालनमा ल्याएका छन । मध्यपहाडी लोकमार्गको छेउमै ‘केसी एकिकृत पशु विकास ब्रिडर फर्म तथा सिमलचौर खहरे एग्रो रिसोर्टको नामबाट व्यवसाय संचालनमा ल्याएका हुन ।
साढे चार करोड लगानी
‘जापानमा हुँदा कमाई पनि राम्रै थियो । आफ्नै व्यवसाय संचालन गरेका थियौं ।, केसीले भने,– ‘बाबा विरामी भएर गाउँ आयौं, यहाँ आए पछि फर्केर जाने मन लागेन पहिले देखी नै गाउँमा नै केही गर्नुपर्छ भन्ने सोच थियो । त्यो सोचलाई अहिले पुरा गर्दैछौं ।’ नौ वर्ष पहिले विदेशबाट फर्किएपछि ५० लाखको लगानीबाट सुरु गरेको व्यवसाय अहिले ४ करोड ५० लाख भन्दा बढि पुगिसकेको छ । फर्म र रिसोर्टमा केसीको एकल लगानी छ । व्यवसाय संचालन गर्नका लागि उनले कुनै सरकारी निकायबाट भने अनुदान ल्याएका छैनन । सुरुको लगानीबाट आएको प्रतिफललाई हरेक वर्ष थप्दै अहिले करोडौं पु¥याएको केसी बताउँछन । ‘हाम्रो व्यवसायलाई अहिले सम्म कही कतैबाट अनुदान आएको छैन । यसको खोजी पनि गरेका छैनौं केसीले भने,–‘बरु बैंकबाट २ करोड रुपैयाँ ऋण निकालेर लगानी बढाएको हुँ बाँकी सबै यहीबाट भएको आम्दानीलाई थप गर्दै गएको छु । अहिले नै प्रतिफलको आशाले भन्दा पनि २÷३ वर्ष पछिको प्रतिफलको आशाले लगानी बढाएका हौं ।, विदेशमा दुःख गरेर कमाएको पैसा अहिले यहाँ लगानी गरेको छु ।’ संरचना बनाउँदा बैंकको किस्ता तिर्दा र नयाँ–नयाँ व्यवसाय थप्दा कमाएको पैसा जती यतै खर्च भएको केसीले बताए ।
मौलिक स्वाद पाउने वातावरण
कृषि जोडिएकोले पशुपालन, तरकारी खेती, माछा लोकल कुखुरा लगायतको उत्पादन सहित रिसोर्ट पनि संचालनमा ल्याईको केसीले बताए । फर्ममा लोकल र लियर्स जातका (अण्डा उत्पादन गर्ने) गरेर ३ हजार ५ सय कुखुरा छन भने, २ हजार जति माछाका भुराहरु राख्ने तयारी थालेका छन । फर्ममा दुधका लागि गाई भैसी पाल्ने र मासुका लागि बाख्रा र कुखुरा हाँस, माछा पाल्ने साथै मौसमी तथा बेमौसमी तरकारी पनि यही उत्पादन हुने गरेको छ । उत्पादन गरेको सवै बस्तुका लागि बजारको पनि समस्या नरहेको केसीको भनाई छ । फर्म र रिसोर्टको संरचना अहिले २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । जस मध्ये १२ रोपनी जग्गा आफ्नै छ भने १० रोपनीको बार्षिक ५० हजार भाडा तिरेर लिजमा लिएका छन ।
परिवारमा आमा श्रीमान् श्रीमती र दुई छोरा छोरी रहेका केसीलाई श्रीमती भगवती केसीले पनि व्यवसायमा साथ दिएकी छन । विदेशमा बस्दा सँगै रेष्टुरेण्ट व्यवसाय नै संचालन गरेका केसी दम्पतीले यहाँ पनि कृषि फर्म सहित एग्रो रिसोर्टमा लगानी गरेका हुन । ‘बागलुङ सदरमुकाम र लोकमार्गको नजिकै छ ।, लोकमार्गमा हिड्नेले यहाँ आएर मौलिक स्वाद पाउने वातावरण बनाएका छौं’ केसीले भने,–‘कुनैपनि आयात गरिएको खाना दिन नपारोस् भनेर रिसोर्टको काम थाल्यौं ।’ लकडाउनका कारण रिसोर्टको औपचारीक रुपमा संचालनमा ल्याएका छैनौ दशै सम्म संचालनमा आउने छ ।’ रिसोर्टमा हाल पाँच वटा गेष्टरुम रहेका छन भने, आराम र पारिवारिक खानपानका लागि छुट्टै ‘कटेज’हरु पनि बनाइएको छ । स्विमिङ पुल लगायतका संरचनाहरु बनाउने योजना रहेको छ ।
आन्तरिक पर्यटकलाई लक्षित गरी कृषि फर्म सँगै रिसोर्ट
फर्ममा माछापालनका लागि थप पोखरी निर्माणको क्रममा रहेका छन भने काउजोन बनाउने उद्देश्यले संरचना बनाउने तयारीमा रहेका छन । आफु पनि विदेशमा दुःख गरेर फर्किएको र धेरै युवाले गाउँघर छाडिरहेका बेला गाउँमा नै सम्भावना देखेर लगानी गरेको केसीको भनाई छ । रिसोर्टमा कम्तीमा १५ जनाले रोजगारी पाउनेछन् । विषेश गरी आन्तरिक पर्यटकलाई लक्षित गरी कृषि फर्म सँगै रिसोर्ट पनि संचालनमा ल्याईएको केसी बताउँछन । घुमफिर, मौलिक खानपान, संस्कृतिमा रमाउन चाहनेलाई रिर्सोट उपयुक्त मानिन्छ । रिसोर्टमा पुग्नका लागी मध्यपहाडी लोकमार्ग अर्को बैकल्पिक सडकको माध्यमबाट बागलुङ बजारबाट १५ मिनेटको यात्रामा पुग्न सकिन्छ ।
एग्रो रिसोर्टले पर्यटन प्रवद्र्धनमा सहयोग
पछिल्लो समयमा करोडौको लगानी गरेर कृषि सँगै जोडेका एग्रो रिसोर्टले जिल्लाको पर्यटकीय गतिविधिमा टेवा पु¥याउने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । जिल्लाको पर्यटन प्रवद्र्धनमा कृषि सँगै स्तरीय होटल, रिसोर्टजस्ता पर्यटकीय पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । ‘पर्यटन क्षेत्रको विकासका निम्ती कृषिलाई सँगै जोड्न जरुरी रहेछ खड्काले भने,–‘तिनै तहका सरकारले यस क्षेत्रमा लगानी गर्नेका लागि प्रोत्साहन गर्न जरुर छ । कृषि र पर्यटनको सँग सँगै विकास गर्दै लगियो भने यसले दिर्घकालिन फाईदा गर्नेछ ।’ एग्रो रिसोर्टमा स्थानियता झल्कने र पर्यटन क्षेत्रलाई पनि थप आकर्षित गर्ने खड्काको विश्वास छ ।