संघिय सरकारबाट बागलुङका कुन स्थानिय तहलाई कति बजेट आयो

  • जेठ १७, २०७९

बागलुङ- संघीय सरकारले बागलुङ दश स्थानिय तहलाई ४ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बागलुङलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ४ अब ४८ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 
सरकारले बागलुङका चार नगरपालिका मध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकालाई  ८५करोड २५  लाख  रुपैयाँ बजेट विनियोजित गरेको छ भने ६ गाउँपालिका मध्ये सवैभन्दा बडि बडिगाड गाउँपालिकालाई ४८करोड ४ लाख रुपैयाँ विनियोजित गरेको छ ।
नगरपालिकामा सबैभन्दा कम ढोरपाटन नगरपालिकालाई ३७ करोड १ लाख रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिका तर्फ सबैभन्दा कम तमानखोला गाउँपालिकालाई २१ करोड ९० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
नगरपालिका तर्फ जैमिनी नगरपालिकालाई ५२ करोड २४ लाख, गल्कोट नगरपालिकालाई ५१ करोड १ लाख विनियोजन भएको छ । सरकारले ताराखोला गाउँपालिकालाई २६ करोड ४३ लाख, निसीखोला गाउँपालिकालाई ३३ करोड १२, काठेखोला गाउँपालिकामा ३९ करोड ७६ लाख, र बरेङ गाउँपालिकालाई ३० करोड ५ लाख रूपैया विनियोजन गरेको छ । 
 

प्रतिक्रिया