बलेवामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा स्थापना  

  • चैत ७, २०७८

बागलुङ ग्लोबल आइएमई बैंक लिमिटेडले देश भर शाखा विस्तार गर्ने क्रममा बागलुङको बलेवामा २८९ शाखाको रुपमा नयाँ शाखा विस्तार गरेको छ । 
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक्सटेन्स काउण्टरबाट सेवा संचालन गर्दै आएको उक्त स्थानमा शाखा नै विस्तार गरी सेवा सूचारु गरेको छ । बैंकको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद सूर्य पाठक, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञावली, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल लगाएतले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 
सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । नागरिक, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने र सवै वर्ग र समुदायको बैंकको रुपमा स्थापित गर्ने उद्देश्यले ग्रामिण क्षेत्रमा यसका शाखा विस्तारलाई जोड दिईएको अध्यक्ष चन्द्र ढकालले बताए । आफ्नै जन्मगाउँ नजिकै रहेको शाखाबाट यस क्षेत्रका सवै नागरिकलाई सहज हुने ढकाललको भनाई थियो ।  ग्लोबल आईएमी बैंक बलेवा क्षेत्रमा स्थापना भएको पहिलो बैक हो । यसले यस क्षेत्रका ग्राहकलाई छिटो छरितो सेवा दिने उद्देश्यले एटीएम सेवा समेत शुरू गरेको छ । यो सँगै बागलुङमा मात्र ५ वटा शाखाबाट र ८ वटा स्थानबाट शाखा रहित सेवा प्रदान गदैृ आएको ग्लोबल आईएमई बैंक बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माले जानकारी दिए । 
बैंकका देशभर २८९ शाखा रहेका छन भने २५४ स्थानमा एटीएम रहेका छन । बैंकका २७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ४९ स्थानमा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका प्रवन्धक शर्माले जानकारी दिए । बैंकले मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।  
 

प्रतिक्रिया