बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको शालग्राम संग्राहलयमा श्री श्रीधराचार्य औषधालय संचालन गरिएको छ । औषधालयका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्घाटन गरेका छन । उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रको संरक्षणमा निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन । ढकालले धार्मिक पर्यटकिय क्षेत्रमा निजी क्षेत्रको पनि लगानी बढ्दै गएको हुँदा यसमा सवैले सहकार्य गर्ने बताए ।
उनले बागलुङ धार्मिक पर्यटकको गन्तव्यको रुपमा विकास भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनका निम्ती सवैले सहयोग गर्न जरुरी रहेको बताए । स्व. श्री श्रीधर आचार्यको ८४ औं जन्मजयन्तीको अवसरमा शालिग्राम संग्राहलय परिसरमा औषधालयको स्थापना गरिएको हो । ढकालले स्वामी कमलयनाचार्यको सक्रियतामा स्थापना गरिएको शालिग्राम संग्राहलय र सर्वसिद्धिधाम पञ्चकोटले यस क्षेत्रको महिमा बढाएको बताए । ‘कालिगण्डकीमा मात्र पाईने शालिग्रामको दर्शन गर्न यही आउनुपर्ने छ । यसको महिमा पनि उत्तिकै बढि छ, ढकालले भने,–‘संग्राहलयले धार्मिक पर्यटक भित्राउनुका साथै यहाँको व्यापार व्यवसायीमा पनि थप टेवा दिएको छ ।’ धर्म संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट, एवं श्रीधराचार्य शालग्राम संग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनाहरुलाई संरक्षण र सम्र्बद्धन गरी आफ्ना सन्तती समक्ष पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए ।
मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यज्यूको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक सनातन धर्मको संरक्षण एवं सम्र्बद्धनमा आफू लागि रहने बताए । ढकालले शालग्राम संग्राहलय भएको यस क्षेत्रको धार्मिक पर्यटनको हिसाबले महत्वपुर्ण यसलाई अझै विकास गर्न सवैले हातेमालो गर्नुपर्ने बताए ।
श्रीधराचार्य शालग्राम संग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दु धर्मालम्बीहरुको संघमस्थलका रुपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्राम समेत सञ्चालनमा रहेको सोही स्थानमा त्यहाँका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि औषधालयले स्थापना गरिएको स्वामि कमलनयन आचार्यलये जानकारी दिए । औषधालयमा दैनिक शालग्राम संग्राहलय र मन्दिरको दर्शन गर्न आउने दर्शनार्थी र स्थानिले सेवा लिनेछन ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठलले औषधालय स्थापनाले धार्मिक क्षेत्रमा आउने पर्यटकलाइ सहज हुने बताए ।
श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कोरोना कालमा औषधी उपचारको अभाव भएपछि कल्पना गरिएको औषधालय स्थापना आज पुरा भएर उद्घाटन गरिएको बताए । “कोरोना कालमा बजार प्रवेश निषेध थियो, गाउँमा सबै विरामी भएपछि यहाँ एउटा सास्थ्यउपचार गर्ने स्थान आवश्यक छ भन्ने लाग्यो” प्रपनाचार्यले भन्नुभयो “कमलनयन गुरुको अनुरोध र सबैको सहयोगमा स्वास्थ्यचौकीमा उपलव्ध सेवाहरु यहाँबाट प्रदान गर्न थालेका छौं ।”
मन्दिरमा आएको भेटी, शालग्राम संग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले गरेको सहयोगबाट औषधालय सञ्चालनमा ल्याइएको छ ।
मुक्तिनाथ पिठाधिस्वर कमलनयनआचार्यले पञ्चकोट, शालग्राम संग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पयएटकीय स्थलको रुपमा विश्वमै चिनाउने अभियानमा आफू लागेको बताउदै औषधालयलाई अस्पतालको रुपमा विकास गर्ने परिकल्पना गरेको उनले बताए । कार्यक्रममा मुक्तिनाथ वेदविद्याश्रममा आफ्नो अमुल्य योगदान गर्नुभएका पुरुषोत्तम आचार्यलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा राससका प्रधान सम्पादक एकराज पाठक र उपप्रध्यापक विष्णु मैत्रेयले यस क्षेत्रको महिमा बढ्दै गएको हुँदा बागलुङ धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास भएको बताए ।
कार्यक्रम स्वामी कमलनयन आचार्यको अध्यक्षता, स्वामी रंगराज आचार्यको स्वागत र स्वामी सुर्दशनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा शालिग्राम संग्राहलय र कालिगण्डकी नदिको बारेमा एकल कविता बाचन समेत गरिएको थियो ।