बजारबासीकाे खानेपानी समस्यालाई पुर्ण रुपमा समाधान गर्छु- जयराम भारी

  • पुस २७, २०८०

बागलुङ- बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता  संस्थाकाे आउँदो शनिबार अधिवेशन हुँदैछ । अधिवेशनमा अध्यक्षका उमेदवार जयराम भारीले बजारबासीले झेल्दै आएको खानेपानीको समस्यालाई पुर्ण रुपमा समाधान गर्ने बताएका छन । उनले  बजारबासीलाई शुद्ध पिउने पानी खुवाउने प्रतिवद्धता जनाएका छन। बिहीबार पत्रकार सम्मेलन गरि आफूले निर्वाचनमा विजय भएमा दक्ष प्राविधिक (इन्जिनीयर) व्यवस्था गरेर उपभोक्तालाई समयमै खानेपानीको व्यवस्था गर्ने बताए । भारीले  साना शहरी खानेपानी आयोजना अन्तर्गत रात्माटामा रहेको पानी प्रशोधन इकाई (फिल्टर ट्याङ्की) तत्काल मर्मत गरी सञ्चालन गर्ने र लेखानी खोला स्थित भुदीसम्मको पाइप लाइन तथा स्ट्रक्चर मर्मत गर्ने बताए ।  खानेपानी तथा ढल विभाग अन्तर्गत जलवायु अनुकुलन योजना मार्फत रिठे खोलादेखि हाडेपाखासम्मको सम्पूर्ण पाइप लाइन परिवर्तन गरी ६ इन्चको नयाँ पाइप लाइन जडान गर्नुका साथै पानी प्रशोधन इकाई (फिल्टर ट्याङ्की) निर्माण गरी स्वच्छ सफा शुद्ध पानी आम वितरण गर्ने र रात्माटादेखि रेश खोलासम्मको पाइप लाईन मर्मत गर्ने प्रतिबद्धता जनाए । 

बागलुङ नगर खानेपानीको आम्दानी खर्च सफ्टवेयर मार्फत चुस्त दुरुस्त राख्ने र प्रत्येक तीन/तीन महिनामा गर्ने, संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्षको असोज मसान्त भित्र गर्ने उनको भनाई छ । लिफ्टिङ खानेपानी आयोजना छिटो सम्पन्न गरि विद्युत रोष्ल्टीको प्रक्रियालाई अगाडि बढाउने र संस्थालाई पर्न गएको आर्थिक भार कम गराउने, विधान संशोधन गरि धारा जडान भएका सम्पूर्ण उपभोक्ता स्वत मताधिकार सदस्य हुने व्यवस्था मिलाउने भारीले बताए । 

‘अहिले लामो समयपछि चुनाव हुँदैछ, बागलुङमा खानेपानीको समस्या धेरै पहिलेदेखि हुँदै आएको थियो, नगरपालिकाले मलाई चुनाव गराउने र खानेपानी समस्या समाधान गर्नका लागि तदर्थ समितिको संयोजकको जिम्मा दिएपछि धेरै परिवर्तन गरेको छु, उनले भने- हिजो धारामा पानी कहिलेकाँही मात्र आउने गर्थो अहिले नियमित आउने सम्म बनाएका छौ । अब यसलाई थप शुद्धतामा ध्यान दिन्छौ ।  चुनाव जतेपछि अहिले सुरुवात गरेका सबै काम पूरा गर्ने र बागलुङ बजारवासीलाई शुद्ध र सफा पानी दिलाउने मेरो जिम्मेवारी हो । त्यसको लागि साना शहरी खानेपानी आयोजना अन्तर्गत रात्माटामा रहेको पानी प्रशोधन इकाई (फिल्टर ट्याङ्की) तत्काल मर्मत गरी सञ्चालन गर्ने र लेखानी खोला स्थित भुदीसम्मको पाइप लाइन तथा स्ट्रक्चर मर्मत गरेर परियोजनालाई समयमै सम्पन्न गरेर खानेपानीको समस्या समाधान गर्ने आफनो रोडम्याप रहेको  बताए । 

प्यानलसहित उम्मेदवार दिएका  भारीले लामो समयदेखि बागलुङमा रहँदै आएको खानेपानी समस्यालाई पूर्ण रुपमा समाधान गर्ने आफ्नो लक्ष्य रहेको र केही काम पिन सुरुवात गरेको हुँदा यसलाई पुरा गर्न आफ्नो टिमलाई जिताउन आम उपभाेत्तालाई आग्रह गरेका छन । 

भारीको प्यानमा उपाध्यक्षमा हरिबहादुर जिसी ‘सन्तोष’, सचिवमा निर्मल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा थानेश्वर सुवेदी, खुल्ला सदस्यमा चन्द्रबहादुर सुवेदी, शिव आचार्य, महिला सदस्यमा गुमादेवी छन्त्याल, लक्ष्मी थापा र शिला थापा क्षेत्री रहेका छन ।   निर्वाचन २८ गते शनिबार विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बागलुङ नगरपालिका ३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा हुँदैछ । भारीलाई अध्यक्षका प्रत्यासी रहेका सुवास आचार्यले समर्थन गर्ने भएका छन । सोही पत्रकार सम्मेलन मार्फत आचार्यले भारीलाई समर्थन गर्ने जनाएका हुन । यो सँगै अध्यक्षका लागि अब तिन जना विच प्रतिस्पर्धा हुने देखिएको छ । भारी सँगै अध्यक्षमा केवी राना मगर र भुपेन्द्र खड्का पनि रहेका छन । भारी र रानाको प्यानलै रहेको छ । उनिहरुलाई राजनितिक दलहरुले पिन समर्थन गरेका छन भने खड्का स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी अगाडी बढाएको बताउँछन । 

 

प्रतिक्रिया