बागलुङ- “समृद्ध बरेङ सुखी बरेङवासी”को दीर्घकालीन सोच प्राप्तिका लागि समर्पित रहदैं बागलुङको बरेङ गाउँपालिकाले आईतबार १५ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक निति तथा कार्यक्रम र बजेट एकै साथ प्रस्तुत गरेको छ । अध्यष कृष्णप्रसाद शर्माले बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष दिलिप पुनले बार्षिक बजेट प्रस्तुत गरेका छन । गाउँपालिकाले शिक्षा क्षेत्रलाई जोड दिँदै एकदिन अभ्यासमा, जिन्दगीभर आत्मविश्वासमा भन्ने निति सहित आफ्ना कार्यक्रमहरु प्रस्तुत गरेको छ ।
बरेङको विकासको साधन र साध्य दुवै बरेङवासी नागरिक भएको तथ्यलाई मध्यनजर गरी बरेङको विकासमा स्वयम् बरेङवासीहरूको संलग्नता र प्राप्त विकासको प्रतिफल वितरणमा समन्यायिकता कायम गर्ने गरी वार्षिक नीति तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारण गरिएको गाउँपालिका अध्यक्ष शर्माले बताएका छन् ।
“सेवा प्रवाहको आधार सबल पूर्वाधार”भन्ने मान्यतालई आत्मसात् गरी गण्डकी प्रदेशको साझेदारीमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिइनेछ । यहि गाउँसभाको कार्यकाल भित्रै गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गर्न स्रोतको सुनिश्चित गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि तर्फ “आफ्नै बारी, आफ्नै तरकारी, आत्मनिर्भर बरेङ हाम्रो जिम्मेवारी” भन्ने नारासहित बरेङलाई तरकारी खेतीमा आत्मनिर्भर बनाइने, बरेङ गाउँपालिका वडा नं ५ सुखौरामा च्याउ पकेट कार्यक्रमलाई निरन्तरता दिइने, यसै गरि सञ्चार माध्यमसँगको सहकार्यमा गाउँपालिका भित्रका साग्दी सत्यवती मन्दिर, कालीलेक, सिद्धथान मन्दिर, कौडे डाँडा, छहरेखोला ९भैंसेखोला० झरना, बरेङ फनपार्क, भित्रीवन देउराली, तमुखोला हरितपार्क, भातेपोखरा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र पूर्वाधार विकासलाई निरन्तरता दिइने पनि अध्यक्ष शर्माले बताएका छन् ।
शिक्षा तर्फ “एकदिन अभ्यासमा, जिन्दगीभर आत्मविश्वासमा” भन्ने नारासहित गाउँपालिकाभित्र सञ्चालित विद्यालयमा प्रत्येक महिनाको कम्तिमा एक दिन बुक फ्रि फ्राइडे कार्यक्रम लागू गरी परम्परागत ज्ञान सीप तथा आधुनिक प्रविधिको ज्ञान सीप प्रदान गरिने, लोक परम्परा, नाचगान र जात्रा, सामाजिक, साँस्कृतिक रुपान्तरणमा बरेङको यात्रा अभियान अन्तर्गत गाउँपालिका भित्रका विभिन्न स्थानीय मौलिक गीत संस्कृति, चाडपर्व, जात्रा, मेला, भेषभूषा लगायत परम्परागत जीवनशैलीलाई जीवन्त राख्न संस्कृति प्रवर्द्धन कार्यक्रम गरिने पनि अध्यक्ष शर्माले बताएका छन् ।
बजेट ३८ करोड ९० लाख
प्रशासनिक भवन निर्माणका लागि “पर्याप्त पूर्वाधार, सेवा प्रवाहको आधार”भन्ने मान्यतालाई आत्मासात् गर्दै गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउन गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि रु। २ करोड रकम बिनियोजन गरेको गाउँपालिका उपाध्यक्ष दिलिप कुमार पुनले बताएका छन् । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गर्न स्रोतको सुनिश्च्ति गरिने पनि उनले बताए ।
रासायनिक होइन, जैविक विषादीअपनाऔ, हरियाली खेतबारी, समृद्ध गाउँ बनाऔं भन्ने नाराका साथ कृषि उत्पादन वृद्धि गर्न एकीकृत बाली संरक्षण तथा जैविक विषादी कार्यक्रम सञ्चालन गरिने गरि बजेट विनियोजन गरेको पनि उपाध्यक्ष पुनले बताएका छन् ।
उनले आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु.३८ करोड ९० लाख ४० हजार ८ सय २८ रुपंया खर्च हुने अनुमानको वजेट प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु। ७ करोड ४१ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्वो बाँडफाँट(वन रोयल्टी र विद्युत समेत) रु ६ करोड ५३ लाख ९२ हजार६ सय२०, सशर्त अनुदान चालु रु। १८ करोड ७६ लाख, सशर्त अनुदान पुँजीगत २५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु। ८८ लाख ८५ हजार, प्रदेश राजश्व बाँडफाँट रु। ५९ लाख ७४ हजार, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान रु।९१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ४० लाख र समपूरक अनुदान रु। ६० लाख, गत आ।व।को अल्या रु।७७ लाख ८९ हजार २ सय ८, गाउँपालिकाको आन्तरिक आय रु।३५ लाख प्राप्त हुने अनुमान गरेको उपाध्यक्ष पुनले बताए ।
आ.व. २०८२/०८३ मा प्राप्त हुने अनुमानित कुल रु. ३८ करोड ९० लाख ४० हजार ८ सय २८ रुपैयाँ बजेट मध्ये कुल विनियोजनयोग्य बजेट रु।१६ करोड ८ लाख ५१ हजार ६ सय २० मात्र रहेको र सो मध्ये प्रशासनिक खर्चतर्फ ४ करोड ९८ लाख ४९ हजार ३ सय ३ र पुँजीगततर्फ ७ करोड ४ लाख ८० हजार मात्र रहेको, कुल बजेट मध्ये वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड र विषयगत शाखाहरूका लागि ३ करोड ५६ लाख १६ हजार ५ सय २५ रुपियाँ र समपूरक कोषतर्फ १ करोड ७९ लाख, गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमहरूका लागि २ करोड ९५ लाख ५० हजार रुपियाँ मात्र विनियोजन गरेको पनि पुनले बताएका छन् ।