मल्म काँडेबास मोटरेवल पुल निर्माण कार्य अलपत्र 

  • फाल्गुण १२, २०७८

नारायण रिजाल- दरमखोलाको मध्यभागमा फलामे रडलाई पानीको छल्काले हानिरहेको छ । वारी पारी फाउण्डेशन तयार पारिएको छ । एकतिरको भागमा फलामे रडसँग बुनेर पिल्लर ठड्याएको छ । एकापट्टीको तल्लो भागमा ढलान गरिए पनि माथिल्लो भागको रडमा पानिको छल्काले हानेर खिया लागिसकेको छ । खोलाको किनारमा राखिएका निर्माण सामाग्री वर्षायाम मै पानी बगाइ लगिसक्यो । समयमै काम सम्पन्न भएको भए ३ वर्ष पहिनै पक्की पुल बनि सक्थ्यो अहिले नियमित यातायातका साधन संचालनमा आउँथे । तर निर्माण कम्पनीले समयमा काम नगर्दा जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासका स्थानियले बर्षौ सास्ती खेप्नुपरेको छ । मध्यपहाडी लोकमार्गको मल्म देखी काँडेबासको पचुवा जोड्ने दरमखोलाको मोटरेवल पुल निर्माणकार्य अलपत्र पर्दा स्थानियले सास्ती झेल्नुपरेको हो । 
भ्याट बाहेक ५ करोड ४२ लाख ३ हजार ७ सय ३१ रुपैयाँ ७० पैसाको लागतमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको निर्माण कम्पनी वाईपी कन्स्ट्रक्सनले वि.सं. २०७३ साल असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । २०७५ सालमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि कन्ट्रक्सनले काम नगर्दा पुल निर्माण कार्य अलपत्र परेको छ । दुई वर्षमा निर्माणको काम सक्ने गरी जिम्मा लिएको पुलको काम ६ वर्ष पुग्दा पनि केही प्रगती हुन सकेको छैन ।  
स्थानिय भन्छन् ठेकेदारको लापरबाही
निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीयले विभिन्न सरोकारवाला निकायमा पनि धाए । जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय बाग्लुङदेखि प्रदेश सरकार र केन्द्र सरकारको मन्त्रालयसम्म धाए तर निर्माण व्यवसायीले कसैको कुरा सुनेन सुरुमा जे काम भयो त्यो बाहेक केही अगाडी बढ्ेन गल्कोट नगरपालिका–८ का वडा अध्यक्ष रामप्रसाद कँडेलको गुनासो गरे । ‘दुई वर्षमा सक्नेगरी सम्झौता भएको रहेछ । वडा अध्यक्ष कंडेलले भने, ‘सम्झौता भएको ६ वर्ष भयो, खोलाको विचमा रड ठडाउने काम बाहेक कुनै काम बन्न सकेको छैन । हामी सडक डिभिजन देखी प्रदेश र केन्द्र सरकार सम्म धायौं, ठेकेदारले नै लापरबाही गरेपछि कसको केही लाग्दो रैनछ । अहिले त हार खाईयो । थालिएको पुल निर्माणको काम अहिले सवै विग्रिएको छ ।’ निर्माणको जिम्मा लिएका कम्पनीका ठेकदारलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको र अब ठेक्का रद्ध गरी नयाँ पक्रियामा जानुपर्ने वडा अध्यक्ष कंडेलको भनाई छ । 
यसरी करोडौंको योजना अलपत्र रहँदा जिम्मेवारी निकायले अलि चासो नदिनु चिन्ताको विषय भएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे बताउँछन । उनले निर्माण कम्पनी र ठेकेदारलाई पनि सम्बन्धित निकायले कारबाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने बताए । 
म्याद थप गर्दा पनि काम अगाडी बढेन
सडक डिभिजन कार्यालय बागलुङका अनुसार कोरोना कारण दुई वर्ष पहिले निर्माण कम्पनीले समस्या देखाएर पुन एक वर्षको म्याद थपिएको थियो । म्याद थप गरिएता पनि कुनै काम अगाडी बढ्न सकेन । समयमा निर्माण कार्य नगरेको र निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि वास्ता नगरेका कारण कार्यालयले कारबाहीको प्रक्रिया अगाडी बढाएको डिभिजन प्रमुख बलिराज मल्लले जानकारी दिए । मल्लका अनुसार निर्माण व्यवसायीलाई कार्यालयले बारम्बार ताकेता गरे पनि कुनै चासो नदिएको र निर्माणका काम पनि नगरेका कारण बैंक ज्ञारेन्टी तान्ने र ठेक्का रद्ध गर्ने प्रक्रिया अगाडी बढाउन लागिएको छ । 
ठेक्का रद्ध गर्ने पक्रिया अगाडी बढ्यो
‘कानुनी हिसाबले ठेक्का रद्ध गर्दा प्रक्रिया धेरै लामो छ । निर्माण कम्पनीलाई कार्यालयले बारम्बार ताकेता पनि गरेको हो । काम सुरु गछौं भन्दै काम नगर्ने ठेकेदारले छल्ने मात्र काम भयो । कार्यालयका सूचना अधिकृत इञ्जीनियर किरण पोखरेलले भने,–‘ठेक्का रद्ध गर्ने पक्रियाका लागि बैंक ज्ञारेन्टी तान्नका लागि पत्र पनि पठाई सकेका छौं अब कानुन अनुसार पक्रिया अगाडी बढ्ने छ । धरौटी ताने पछि रद्धको प्रक्रियामा जान्छौं ।’
जम्मा ३५ प्रतिशत मात्र काम त्यो पनि जिर्ण भयो 
पुल निर्माणको काम जम्मा ३५ प्रतिशत सम्पन्न भएको भएता पनि निरन्तर काम नगर्दा बनेको संरचना पनि पुननिर्माण गर्नुपर्ने अवस्थामा भएको पोखरेल बताउँछन । कारबाहीको पक्रिया डिभिजन कार्यलय सँग मन्त्रालय र विभाग पनि अगाडी बढाए पछि मात्र ठेक्का रद्ध हुने छ । 
पचुवामा बन्न लागेको यो पुलले निर्माण सम्पन्न भएपछि काँडेबासलाई मध्यपहाडी लोकमार्ग सँग जोड्ने छ । यो पुलले गलकोट मात्रै नभएर बरेङ गाउँपालिका र गुल्मीको चन्द्रकोटका गाउँपालिकालाई पनि मध्यपहाडी लोकमार्ग सँगै सहजै जोडने छ । दरमखोलामा पुल नबन्दा वर्षा याममा यातायात पुर्ण रुपमा ठप्प हुन्छ भने झोलुङ्गे पुल तरेर घण्टौ हिडेर बाध्यता रहेको छ ।

प्रतिक्रिया