• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र ,
  • स्थानीय सरकार

बागलुङ नगरको ७६ प्रतिशत बजेट पुर्वाधार र सामाजिक विकासमा

  • असार ११, २०८१

बागलुङ, - आर्थिक वर्ष २०८१/०८२का लागि जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाको कुल १ अर्ब ६१ करोड ५८ लाख ५४ हजार ३५७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाको १५औं नगरसभामा नगर उपप्रमुख राजु खड्काले उक्त बजेट नगर सभा समक्ष प्रस्तुत गरेका हुन । नगरपालिकाले चालु आर्थिक वर्षमा भन्दा २८ करोड रुपैयाँ बढाएर यस वर्षको बजेट ल्याएको हो । चालु आ.व. १ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा आगामी वर्ष १ अर्ब ६१ करोड ५८ लाख रुपैयाँको पु¥याईएको नगर उपप्रमुख खड्काले जानकारी दिए । आईतबार नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रममा छलफल पश्चात सोमबार उपप्रमुख खड्काले उक्त बजेट सार्वजनिक गरेका हुन । 
बजेटको ७६ प्रतिशत बजेट पुर्वाधार र सामाजिक विकासमा विनियोजन गरिएको छ ।  नगरपालिकामा नेपाल सरकारको वित्तीय समानीकरणतर्फ  १५ करोड ७८ लाख रुपैयाँ ससर्त अनुदानतर्फ ९९ करोड ८७ लाख ३८ हजार रुपैयाँ समपूरक अनुदानतर्फ ४ करोड रुपैयाँ आयको अनुमान गरेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुँने समानिकरण अनुदान तर्फ  २ करोड २६ लाख रुपैयाँ समपुरक र विशेष अनुदान १ करोड रुपैयाँ संघ प्रदेश र स्थानीय तहको राजश्व १६ करोड ४९ लाख रुपैयाँ, आन्तरिक राजश्व आय तर्फ ७ करोड ४९ लाख ८२ हजार र बैंक मौजात र विविध आय १४ करोड ५८ लाख समेत गरी कुल एक अर्ब ६१ करोड ५८ लाख ५४ हजार ३५७ रुपैयाँ आयको अनुमान गरी उक्त बजेट सार्वजनिक गरिएको हो ।   नगरपालिकाले आन्तरिक आय बढाउने लक्ष्यका साथ आगामी वर्षको बजेट ल्याएको उपप्रमुख खड्काले जानकारी दिए । 
नगरपालिकाले आर्थिक विकास तर्फको नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, आत्मनिर्भर बागलुङ, कृषि, पशुपन्छी लगायतका कार्यक्रममा  ५ करोड ५१ लाख १ हजार रुपैयाँ विनियोजन गरेको छ ।  पूर्वाधार विकास तर्फ वडा तथा नगरस्तरीय योजना चालु आवका क्रमागत योजनाहरु, समपुरक कोष, मुत्तिनाथ बाबा परिक्रमा सडक, गलुवा भकुण्डे सडक, ब्लुहिल, आकस्मिक योजना लगायतका कार्यक्रमका लागि ६२ करोड २ लाख ७० हजार ४३० रुपैयाँ अर्थात कुल वनियोजन रकमको ३८.३९ प्रतिशत रकम विनियोजन गरेको छ । सामाजिक विकास तर्फ नगर खेलकुद कार्यक्रम, विद्यालय शिक्षा, अनुदान तथा कार्यक्रम नगर अस्पताल संचालन, दिवा खाजा र स्वास्थ्य सेवा लगायतका कार्यक्रममा ६१ करोड २४ लाख  १६ हजार ६८७ रुपैयाँ  विनियोजना गरेको नगर उपप्रमुख खड्काले जानकारी दिए । नगरपालिकाले  कार्यालय संचालन तर्फ २० करोड ८८  लाख ९१ हजार ९२६ रुपैयाँ विनियोजन गरेको छ भने , सुशासन तर्फ ११ करोड ९१ लाख, ७४ हजार ३१४  रुपैयाँ बजेट बिनियोजन गरेको छ । 
  नयाँ जनप्रतिनिधि आए सँगै पहिलो निर्णय बालमैत्री नगर घोषणा कार्यक्रमका लागि  आवश्यक बजेट विनियोजन गरेको छ । नगरपालिकाले आत्मनिर्भर बागलुङ, गोरु संरक्षण हनुमान नाँच संरक्षण, कुकुर सेल्टर हाउस, नगकी छोरी कार्यक्रम, बागलुङ बजार शौन्दर्यकरण, नगर अस्पतालको नयाँ भवन सञ्चालन, विद्यालय नर्स कार्यक्रमलाई थप गर्ने, सबै स्वास्थ्य संस्था बालमैत्री, किशोर किशोरीमैत्री र पोषणमैत्री घोषणा, टाढाका विद्यार्थीलाई आवासको व्यवस्था लगायतका कार्यक्रमका लागि आवश्यक बजेट बिनियोजन गरिएको बागलुङ नगरपालिकाले जनाएको छ  ।  नगरको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि तथा पशुपालनलाई आधुनिकरण गर्ने, बाँझो जग्गामा फलफूल खेति गर्ने, बजार क्षेत्रमा कौशी खेती प्रर्बद्धन गर्ने लगायतका कार्यक्रममा आवश्यक बजेट व्यवस्था गरेको नगर उपप्रमुख खड्काले जानकारी दिए ।  यस्तै नगरपालिकाले पाडापाडी संरक्षणका लागि ‘आज होइन भोलीलाई, पालौ पाडा बाच्छीलाई’ भन्ने नाराका  साथा बाच्छी र पाडीको निःशुल्क विमा, औषधि उपचार र सुत्केरी पशुलाई भिटामिन लगायतका औषधि उपलब्ध गराउने र बाच्छी र पाडी पाल्ने कृषकलाई सम्मान गर्ने कार्यक्रमलाईलाई बजेट बिनियोजन गरेको छ ।

May be an image of 1 person, dais and text

May be an image of 5 people, people studying and text
रायडाँडा विशेष कार्यक्रम, सामुदायिक विकास साझेदारी कार्यक्रम, उपप्रमुख युवा तथा स्वास्थ्य जागरण कार्यक्रम, बसपार्क संचालन, कोशेली घर निर्माण, नगरप्रमुखसंग जेठ नागरिक सेवा कार्यक्रम, भगवत सर्वजीत कोष, क्लिन बागलुङ कार्यक्रम, जिरो वेष्ट प्रविधि संचलान र गण्डकी प्रदेश भित्र रहेका न्यायिक समितिका गतिविधिको बारेमा अनुभव आदान प्रदान गर्नका निम्ती प्रदेश स्तरीय न्यायिक सम्मेलनको आयोजना गर्न आवश्यक बजेट व्यवस्था गरेको छ । नगरपालिकाले नगर उपप्रमुख पर्यटन विकास कार्यक्रममा लागि ४० लाख रुपैयाँ, मेयकप फुटबल प्रतियोगिता संचालनका निम्ती २० लाख रुपैयाँ, नगरकी छोरी कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजना गरिएको छ । चालुवर्षको तुलनामा बजेटले विभिन्न शिर्षकमा खर्च कटौती गरेको छ भने भत्ता शिर्षकमा शुन्य बनाएको छ । व्ययतर्फ गत वर्ष १६ लाख ३४ हजार बजेट रहेको औषधि उपचार खर्च शुन्य बनाइएको छ ।
 नगरपालिकाले, सुसासन प्रर्वद्धन सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, समावेशिकरण, आत्मनिर्भर हुँदै उतपादकत्व बृद्धि र व्यवसायीकरण, उपलब्ध मानव संशोधन तथा आन्तरिक श्रोतको परिचालन, दिगो विकासका लक्ष्यहरुको प्राप्ती र वातवरणीय सन्तुलन लगायतका विषयलाई मुख्य विशेषता मानि नित तथा कार्यक्रम तथा बजेटमा व्यवस्थापन गरेको छ । 

May be an image of 3 people and text

प्रतिक्रिया