बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका– ६ बिहुँ इनारपानीमा ६९ लाख ३० हजारको लागतमा वडा कार्यालय निर्माण भएको छ । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा गण्डकी प्रदेश क्षेत्र बिकास कोषको ४८ लाख, वडाको १५ लाख गरि ६३ लाख र १० प्रतिशत जनश्रमदान गरि कुल ६९ लाख ३० हजार लागतमा वडा कार्यालयको भवन निर्माण गरिएको वडा अध्यक्ष युक्त कंडेलले जानकारी दिए । वडा कार्यालयको विहिबार गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले उद्धघाटन गरेका छन । कार्यक्रममा बोल्दै सापकोटाले सबै वडामा आफ्नै पुर्वाधार निर्माण गरि सेवा प्रवाह गर्ने नीति अनुसार कार्यालय भवन निर्माण कार्य सम्पन्न भएका बताए । उनले संघीय संरचनामा गएपछि स्थानीय तहमा बिकासको गति तिव्र बन्दै गएको बताए । सापकोटाले मुलुकमा थुप्रै राजनितिक उचारचडाब आएपनि बिकास निर्माणका काममा कसैले पनि अवरोध सृजना नगर्न आग्रह गरे ।
नवनिर्मित भवनले जनता तथा कर्मचारी दुबैलाई कार्य गर्नको लागी निकै शहज पुराउने सापकोटाको भनाई छ । कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले आफ्नो गाउँपालिकाले जनताको हितमा यथासक्य काम गरिरहेको बताए । भवनको सिलन्यास २०७७ फाल्गुनमा पालिका अध्यक्ष अमर बहादुर थापाले गरेका थिए ।
कार्यक्रममा काठेखोला गाउंपालिकाका – २ का अध्यक्ष बिद्यापति शर्मा, गाउंँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुर्ण बहादुर कार्की, नेकपा एमाले काठेखोला गाउंपालिकाका अध्यक्ष डिल बहादुर कार्की, नेकपा माओबादी केन्द्रका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस काठेखोला गाउंपालिकाका सभापति यामदत्त कंडेल, राष्टिय जनमोर्चाका अध्यक्ष लक्ष्मण पुन, नेपाल रेडक्रस सोसाईटी बागलुका सभापति जब्बर बहादुर लामिछाने, जग्गादाता परिवारका खडानन्द कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा कार्यालय भवन निर्माणका लागि स्थानिय हरिचन्द्र कंडेलले १३ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए ।
कार्यक्रम काठेखोला गाउँपालिका–६ वडा अध्यक्ष युक्त कंडेलको अध्यक्षता, वडा सदस्य लिलाधर ढुङ्गानाको स्वागत तथा काठेखोला गउँपालिका–५ वडा कार्यालयका वडा सचिव शिव थापाको सञ्चालनमा सम्पन्न भएको छ ।