• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • कला/मनोरञ्जन ,
  • बिचार/ब्लग

पीडित हुँ भन्दा प्रश्न उठाउनु ठिक हैन- नयिका प्रियङ्का कार्की

  • फाल्गुण २०, २०७८

काठमाडौँ - नयिका प्रियङ्का कार्कीले नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने बताएकी छिन।उनले सामाजिक सञ्जालमा भेट्दै नाबालिगहरू निर्णय लिन सक्ने क्षमता नराख्ने र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व भएको बताएकी छिन्।

म पीडित हुँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्ने बताउँदै उनले नाबालिगको हकमा उमेर १८ वर्ष उमेर तोक्नु नेपालमा मात्र नभएर विश्वमै प्रचलन रहेको भन्दै उमेर नपुगेकाहरूको निर्णय क्षमतालाई हेरेर उमेर तोक्नु समान्य रहेको उल्लेख छ।

उनले कुन प्रसङ्गमा यो स्ट्याटस राखेको खुलाएकी छैनन्। तर नाबालिगको बलात्कारको आरोपमा कलाकार पल शाह अहिले प्रहरी हिरासतमा रहेकाले उनले यो धारणा यही प्रसङ्गमा राखेको देखिन्छ।

उनको स्ट्याटस

दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले "म पीडित हुँ" भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरूको 'निर्णय लिन सक्ने क्षमता'लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरू निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।
बाँकी काम कानुनको, वहाँहरूलाई निष्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो। उकेराबाट साभार

प्रतिक्रिया