बागलुङ- नेपाली काँग्रेस बागलुङका पुर्व सभापति हरिप्रसाद श्रेष्ठले गण्डकी प्रदेशको उपसभापतिमा आफ्नो उम्मेदवारी दिएका छन । संस्थापन इतर समुहबाट सभापतिका उम्मेदवार शुक्रराज शर्माको प्यानलबाट श्रेष्ठले आफ्नाे उम्मेदवारी दिएका हुन । द्धन्दकालमा काँग्रेस बागलुङको संगठनलाई धानेका श्रेष्ठ त्यागी र ईमान्दार नेताको रुपमा चिनिन्छन । श्रेष्ठ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा उम्मेदवार भएका थिए । दुई जना उपसभापतिमा यसै समुहबाट स्याङ्जाकी कल्पना तिवारीले पनि उपसभापतिमा उम्मेदवारी दिएकी हुन । उपसभापतिमा संस्थापन पक्षबाट स्याङ्जाका मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी परेको छ । श्रेष्ठ र महत संस्थापन पक्षका सभापतिका उम्मेदवार अर्जुन प्रसाद जोशीकाे प्यानलमा रहेका छन । प्रदेश समितिको महामन्त्रीमा संस्थापन ईतर बाट नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । भने संस्थापन पक्षबाट कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा संस्थापनईतरबाट पर्वतका रामचन्द्र जोशी, लमजुङका रमेश पाण्डे र कास्कीकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट गोरखाका राजनराज पन्त तनहुँका झुलबहादुर आले र महिला सहमहामन्त्रीमा नवलपुरकी ओमकला गौतमले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा नै युवराज बस्ताकोटी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।