बागलुङ- बागलुङ बजारदेखि जिल्लाका विभिन्न स्थानमा जाने बस तथा जिपका लागि नयाँ भाडादर कायम गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा बसेको भाडा निर्धारण समितिको बैठकले बागलुङ बजारदेखि जिल्लाका विभिन्न स्थानमा जाने नयाँ भाडादर निर्धारण गरेको छ । जिल्लामा सञ्चालित सवारी साधनहरुको अस्थाई रुपमा माग विवरण गरि भाडा निर्धारण गर्ने सम्बन्धमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६को दफा १८७ बमोजिम भाडा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
हेरौ कुन स्थानमा जानका लागि नयाँ भाडादर कति छ ।