• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • स्थानीय सरकार ,
  • पर्यटन ,
  • फोटो फिचर ,
  • ढोरपाटन

आहा ! ढोरपाटन जाने हैन त ?

  • कार्तिक १३, २०८०

नारायण रिजाल- बागलुङको बुर्तिबाङ बजार देखी ३६ किमीको कच्चि सडक, सुन्दर बोबाङ गाउँ हुँदै विस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रुपमा रहेको देउराली । जब देउराली डाँडा पुगिन्छ त्यहाँ नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तल हेरेपछि समथर मैदान हेर्दा आहा ! ढोरपाटन नभन्ने कमै हुन्छन । ढोरपाटन पुगेपछि पर्यटकको सवै थकान यहाँको प्राकृतिक मनोरम दृश्यले त्यही मेटाईदिन्छ । साच्चै ढोरपाटन पर्यटनको गज्जब गन्तव्यको रुपमा विकास भएको छ । यहाँ पुगेपछि सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रुपमा बनेका घर गोठहरु र घोडा चढिले यहाँ आउने पर्यटकको मनै लोभ्याउँछ । यसको साथै वर्षमा दुई पटक शिकारको मौसम र शिकार खेल्न विदेशी पर्यटक आउने यहाँको अर्को विशेषता हो ।  

May be an image of 2 people

May be an image of 1 person

नेपालकै एकमात्र सिकार आरक्षको रुपमा रहेको ढोरपाटन क्षेत्रमा रहेका उत्तरगंगा, ढोरबराह र यहाँको प्राकृतिक सौन्दर्यता कारण आन्तरिक तथा बाह्रय पर्यटकको आगमन बढ्दै गएको छ ।  वर्षमा दुई सिजनमा सिकार खेल्न विदेशी पर्यटक यहाँ आउने गर्छन भने यहाँको रमणिय ठाउँ घुम्नका लागि आन्तरिक पर्यटकको पछिल्ला दिनमा घुईचो नै लाग्ने गरेको छ ।  दशै विदाको फुर्सदमा देशका विभिन्न जिल्लाबाट दैनिक तिन सय आन्तरिक पर्यटक ढोरपाटन भ्रमणका आउने गरेको ढोरपाटन सिकार आरक्षका प्रमुख विरेन्द्र प्रसाद कंडेलले जानकारी दिए । यहाँ आउने पर्यटकको पहिलो रोजाई आरक्ष कार्यालयमा रहेको सूचना केन्द्र र संग्राहलय रहेको उनले बताए । आरक्षमा आएपछि पर्यटकहरु पहिला संग्राहलय आउने गरेका छन कंडेलले भने,—‘यहाँ आउने पर्यटक अधिकाशंले संग्राहलयको अवलोकन गरेर आरक्षको बारेमा बुझेर फर्किनुहुन्छ, संग्राहलय कार्यालय समय बाहेक विदाको दिन र विहान र साँझमा पनि खुल्ला रहन्छ, दैनिक यसको अवलोकन गर्न आउने पर्यटकमा बृद्धि भएको छ । संग्राहलयमा आरक्ष क्षेत्रमा पाईने बन्यजन्तुका बारेमा जानकारी सहित विभिन्न जनावर र पशुपछिंको छाला समेत राखिएको छ । ढोरपाटन छिर्नका निम्ती नेपाली पर्यटकलाई १ सय रुपैयाँ, सार्क राष्ट्रका विदेशी पर्यटकलाई १ हजार ५ सय र अन्य राष्ट्रका विदेशी पर्यटकलाई ३ हजार रुपैयाँ प्रवेश शुल्कका रुपमा लिने गरिन्छ । 
May be an image of mountain, nature, cloud and grass

होटलहरु भरिभराउ 
    दशैको भोलिपल्ट देखी पुर्णिमा सम्म त यहाँका होटल भरिभराउ नै भए । ‘शनिबार सम्म यहाँका होटलहरु सवै भरिभराउ भएका छन ढोरपाटनमै होटल व्यवसाय गरेर बसेका स्थानिय सिता बुढामगरले भनिन्—‘अघिल्ला वर्षमा भन्दा यस वर्ष धेरै मानिसहरु ढोरपाटन घुम्न आउनुभयो । यसले यहाँको होटल व्यवसायलाई पनि लाभ भएको छ । यहाँ आउने पर्यटक एक÷दुई दिन बसेर गुम्बा गुर्जाघाट, जलजला र बुकि लगायतको क्षेत्रमा घुमेर फर्किने गरेका छन ।, यसले यहाँको होटल व्यवसाय सँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।’ 
ढोरपाटनमा सामुदायिक होमस्टे सँगै होटलहरु सञ्चालनमा छन् । यि होमस्टे र होटलहरुमा अर्गानिक खाना, आतिथ्य सत्कार र सुविधा सम्पन्न कोठाको व्यवस्था छ । सिजनको समयमा पहिले होटलहरु बुक भै सक्ने गरेको होटल संचालन बुढामगरले बताईन । 


धार्मिक रुपमा पनि महत्व ढोरपाटन
    पर्यटकीय गन्तव्य सँगै धार्मिक रुपमा पनि परिचित ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बा लगायत मठ मन्दिर रहेका छन । जनै पूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्छ ।
    ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ किलोमिटर पूर्वमा रहेको छ्यान्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नैपर्छ । 

May be an image of cloud, grass and Saqsaywaman
घोडाचढी पर्यटकको रोजाईमा
    यहाँ आउने पर्यटक घोडाचढी गर्छन । अधिकाशं पर्यटकको रोजाईमा घोडाचढी पर्ने गर्दछ । उपत्यका क्षेत्रमा घोडामा घुमेको एक व्यक्ति बराबर २ सय रुपैयाँ तिर्नुपर्दछ । अहिले पर्यटकको संख्या बढ्दै गएपछि व्यवसायिक रुपमा घोडा पालन गर्नेको  पनि राम्रै आम्दानी भएको छ । दैनिक २०/२२ जनालाई घुमाउने गरेको घोडा चालक रामचन्द्र रसाईली बताउँछन । 

May be an image of 4 people, horse and Saqsaywaman
गुर्जाघाट जलजला र बुकि पुग्छन पर्यटक
    उपत्यका क्षेत्रमा पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्प सम्म घुम्ने गर्छन् । त्यसका साथै गुर्जाघाट, जलजला, र माथिल्लो भागमा बुकी लगायतका बस्ती यहाँका अन्य रमणिय स्थान हुन । विगतमा ढोरपाटन पुगेपछि उपत्यका मात्र घुमेर फर्किने पर्यटक यस वर्ष आरक्ष भित्रकै क्षेत्र गुर्जाघाट, जलजला, र बुकि पुगेर फर्किने गरेका छन । ‘मैले सुनेको ढोरपाटन त उपत्यका मात्रै भन्ने थाहा थियो । अझै रमणिय ठाउँ त गुर्जाघाट, जलजला र बुकि रहेछ । हामी जलजला सम्म पुगियो, काठमाण्डौबाट मोटरसाईकल मार्फत ढोरपाटन घुम्न आएका सुजित श्रेष्ठले भने,—‘बुकि पुग्न धेरै समय लाग्ने हुँदा त्यहाँ पुग्न सकिएन गुर्जाघाट र जलजला पुगियो, धौलागिरी, गुर्जा लगायतका दर्जनौ हिमाल देख्न पाईयो, यस्तो ठाउँ त म अहिले सम्म घुम्न गएको थिएन । उत्तरगंगा नदि र अन्य खोलामा मोटरसाईकल तार्दाका कठिनाईहरु भएपनि ति क्षण यादर बन्यो, जलजला पुग्दा छुट्टै आनन्द आयो श्रेष्ठले भने ।  
ढोरपाटन क्षेत्रको जलजला बुकि क्षेत्रमा गाईबस्तुको चरण क्षेत्रको रुपमा पनि परिचित छ । यहाँ परम्परागत रुपमा बनेका गाईगोठ छन यसले यहाँको झनै रमणिय थपेको छ  त्यसैले ढोरपाटनका गोठालाहरु वर्षायाम सुरु हुनुअघि नै गाईवस्तु धपाउँदै लेकतर्फ उक्लन्छन् । यसैलाई रैथाने भाषामा ‘बुकी उक्लनु’ भन्छन् ।  वैशाखमा लेकतिर उक्लिएका गोठालाहरु असोजमा मात्र ढोरपाटन फर्कन्छन् । यहाँ पुग्दा पुरानो परम्परालाई नजिकबाट नियाल्न पाईने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत कल्याण बताउँछन । 

May be an image of grass and mountain
वर्षमा दुई सिजनमा सिकार
सिकार आरक्षमा हरेक वर्ष दुई सिजनमा सिकार हुन्छ ।  यहाँ असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकारका लागि खुल्छ ।  यस वर्षको पहिलो सिकारयाम आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरिएको सिकार आरक्षले जनाएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय–समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गर्दछ ।  आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाईएको छ ।  सिकारका लागि  लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको सिकार गर्न पाइन्छ । 

May be an image of cloud, mountain, fog and road
तिन जिल्लामा फैलिएको ढोरपाटन
    मुख्य कार्यालय बागलुङको ढोरपाटन नगरपालिका—९ मा रहेता पनि  रुकुम पूर्व, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लाको एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा यो आरक्ष फैलिएको छ । विसं २०४० मा स्थापित यस आरक्षले २०४४ मा सरकारी मान्यता प्राप्त गरेको हो । यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमाल रहेका छन् । यो आरक्ष समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार पाँच सय उचाइमा अवस्थित छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवम् संरक्षित पक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चरा पाइन्छन् ।

No photo description available.
कसरी पुग्ने ढोरपाटन 
    देशका मुख्य शहरहरु काठमाडौं, पोखरा चितवन लगायत विभिन्न ठाउँहरुबाट ढोरपाटन सजिलै पुगिन्छ । पोखराबाट मध्यपहाडी लोकमार्ग पछ्याउँदै बस, गाडी वा बाइकमा बागलुङ जिल्लाको सदरमुकाम हुँदै झण्डै पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप बाईक र बस मार्फत दुई घण्टा मै ढोरपाटन उपत्यका पुगिन्छ । ढोरपाटन पुगेपछि गुर्जाघाट हुँदै जलजला पुग्न थप २२ किमिको कच्चि सडक छ । उत्तरगंगा नदि किनार हुँदै जलजला पुगेपछि नजिकबाट दजैनौ हिमश्रङ्खला नियाल्न सकिन्छ ।  बुकि पुग्नका निम्ती भने १ दिनको पैदल यात्रा लाग्दछ । 

May be an image of 2 people, motorcycle, road and text

May be an image of 8 people, motorcycle, dirt bike and all-terain vehicleMay be an image of mountain and grass

प्रतिक्रिया