नारायण रिजाल - उमेरले ६३ वर्ष भएका बागलुङका दिल प्रसाद सापकोटा पेशाले उनि किसान हुन । अहिले पनि दैनिक खेती किसानीमै व्यस्त छन । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका सापकोटा २०४६ साल देखी नै दैनिक आफ्ना गाई भैसीको दुध विक्रिका लागि बागलुङ बजार पुग्थे । उ बेला दैनिक दुई घण्टाको पैदल हिँडेले दुध, ध्यु बिक्रिका लागि बागलुङ बजार पुग्नु पर्दथ्यो । तत्कालिन अवस्थामा पञ्चायत विरुद्ध आन्दोलनमा सक्रिय रहेका सापकोटाको अहिलेका राष्ट्रपती रामचन्द्र पौडेल सँग गज्जबको सम्बन्ध जोडिनुका साथै गर्भिलो ईतिहास पनि रहेको छ । विहिबार पौडेल राष्ट्रपतीमा निर्वाचित भए सँगै सापकोटा निकै हर्षित छन ।
सापकोटा र पौडेलको सम्बन्ध २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलन देखी निकट बन्यो । नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन र पार्टी संगठन विस्तारका लागि २०४६ मंसिरमा बागलुङ आउँदा सापकोटा र पौडेलको सम्बन्ध जोडियो । नेविसंघका तत्कालीन अध्यक्ष जगदीशचन्द्र उपाध्यायको घरमा भएको एउटा कार्यक्रममा सापकोटा र पौडेलको भेट भएको थियो । सापकोटा उपाध्यायको घरमा दैनिक दुध ल्याउँथे त्यहाँ पञ्चायत विरोधी आन्दोलनका बारेमा छलफल र काँग्रेसको संगठन विस्तारका बारेमा छलफल चलिरहेको थियो । उनि पनि सोही कार्यक्रममा सहभागी भए रामचन्द्र पौडेललाई चिन्ने मौका पाए । बागलुङको कार्यक्रम सकाएर म्याग्दीको बेनी जान लागेका पौडेललाई बागलुङ म्याग्दी जोडिने ढोडेनी खोलाबाट प्रहरीले फकाईदियो उनि पर्वतको फलेवासमा काँग्रेस नेता डिल्लीराम लामिछोनेलाई भेटन पुगे । सोही क्रममा २०४६ साल मंसिर २६ गते प्रहरीको पक्राउ परे पहिलो दिन बलेवा राखेर भोलिपल्ट बागलुङ कारागारमा पु¥याईयो पौडेललाई । पौडेल भन्दा पहिले बागलुङका तत्कालिन नेविसंघका अध्यक्ष हालका काँग्रेस बागलुङका नेता जगदीशचन्द उपाध्याय पक्राउ परिसकेको थिए भने । उपाध्यायसहित पौडेललाई पक्राउ गरेर कारागार चलान गरिएको थियो । व्यवस्था विरोधी काम गरेको भन्दै पौडेल विरुद्ध विभिन्न मुद्दा लगाइएका थिए । उक्त मुद्दामा पौडेल सहित बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कँडेल, रघुपति कँडेल, शेखर कँडेल, ऋषिराम कँडेल विष्णु गिरी र तनहुँका लक्ष्मी आचार्य समेत कारागार चलान भएका सापकोटा बताउँछन ।
भट्ट मकै भुटेर जेलमै ल्याईदिन्थे
‘भर्खरै चिनजान भएको थियो जगदीश सँगै रामचन्द्र र अन्य नेतालाई पनि पक्राउ गरेर जेल पठाएको रहेछ सापकोटाले भने,–‘मैले दैनिक जगदीशकोमा ल्याउने दुध कारागारमा लान थाले त्यसपछि उहाँहरु सँग झनै निकटता बढ्दै गयो । सापकोटाले पौडेलका लागि गाउँबाट ध्यू, दुध दहिको साथमा तरकारीहरु पनि ल्याएर आउँथे । ‘मैले रामचन्द्र जिको लागि भनेर गाउँमा भट्ट मकै भुटेर ल्याईदिन्थे दुध त दिन दिनै पु¥याउँथे सापकोटाले भने,–‘ उहाँहरुको सूचना आदान प्रदानको माध्ययम पनि मै भएको थिए । खाने कुरा सँगै पत्रपत्रिका पनि लगिदिन्थे । अन्य कोही भेटघाटका लागि आउनुभयो भने म सँगै जानुहुन्थ्यो । म सँग गएपछि भेट्न पाइन्थ्यो नत्र दिँदैनथ्यो ।’ सापकोटाले काठमाण्डौबाट काँग्रेसका तत्कालिन सह–महामन्त्री बासुदेव रिसालले पौडेलका लागि पठाएको पत्र ध्यूको डिब्बा भित्र लुगाएर पु¥याएको बताउँछन । रामचन्द्र जेलमा हुँदा पत्रपत्रिका पु¥याउने क्रममा एक दिन पञ्चायत विरुद्धको पर्चा प्रहरीले भेटाए पछि सापकोटा पनि दिन भर कारागार भित्रै प्रहरीको नियन्त्रणमा बस्नुपरेको स्मरण गर्दै भने ‘दिनदिनैको पत्रिका मैले जेलमा पु¥याउँथे खल्तीमा पञ्चायतको विरोधमा लेखिएको पर्चा रहेछ । त्यो दिन म दिनभर कारागार भित्रै बसे बेलुका भैसीले दिँदैन भन्ने बाहनमा फर्किएको हुँ ।,’
जेलभित्रका खरब बाहिर ल्याउने र बाहिरको खबर भित्र लैजाने गर्थे
रामचन्द्र पौडेल करिब ६ महिना बागलुङ कारागारामा जेल जिवन विताउँदा बाहिरबाट सवै सहयोग सापकोटाले नै गरेको काँग्रेस बागलुङका नेता जगदिशचन्द्र उपाध्याय बताउँछन । ‘रामचन्द्र दाई र हामीलाई बाहिरी सवै सूचना पु¥याउने नै दिलप्रसाद जी हो उपाध्यायले भने,–‘भित्रबाट केही खबर पनि उहाँ सँगै पठाउँथ्यौं । जेलमा रहँदा पनि बाहिरका सवै गतिविधि उहाँ मार्फत नै हामी थाहा पाउँथ्यौं । प्रहरीले रोक्दा पनि चिठ्ठी पत्रहरु लुकाएर भए पनि हामी सँग आई पुग्थ्यो ।
उनीहरू विरुद्ध संघसंस्था विरोधी गतिविधि गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेको तथा राजकाज मुद्दा लागेको थियो । पञ्चायतको धरपकडका बाबजुद पौडेलको पक्षमा यहाँका वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले वकालत गरेका थिए । बहुदल घोषणापछि धेरै राजबन्दी छुट्दा पौडेल छुट्न पाएनन् । अन्तत २०४७ बैशाख २ गते मन्त्रिपरिषद्को निर्णयले मात्रै पौडेल छुटेका थिए । छुटेपछि पौडेलले धौलागिरि बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए । २०१९ सालको सशस्त्र क्रान्तिदेखि २०४६ सालसम्म १३ वर्ष र ०४६ पछिका प्रतिगमन अवधिमा एक वर्ष गरी १४ वर्ष जेलजीवन पौडेलले जेल जिवन विताएको उपाध्यायले बताए ।
सापकोटाले पौडेल जेलबाट छुटे पछि पनि समय समयमा भेट्ने गरेको बताए । बागलुङका हरेक कार्यक्रममा आउँदा म भेट्ने प्रयास गर्थे उहाँ पनि भेट्नु हुन्थ्यो । केही वर्ष पहिले घरमै आएर जानुभएको हो सापकोटाले भने ।’
सहयात्री राष्ट्रपती भए सापकोटा गाउँमै कृषिमा रमाउँदै
यसरी पौडेलको एक असल सहयात्रीको रुपमा रहेका सापकोटा अहिले पनि गाउँमै कृषिमा निर्भर रहेका छन । सापकोटाले खेती किसानी गरेर एउटा छोरालाई जापान पठाए भने एउटा छोरालाई इन्जीनियर पढाएका छन तिन छोरीमा दुई वटैको विवाह भयो । एउटा छोरीलाई स्टाफ नर्स पढाएका उनको परिवारमा १ श्रीमती, दुई छोरा र ३ छोरी रहेका छन । उनका नाति नातिना पनि भै सकेका छन उनले कहिलै सरकारी जागिर खाने चाहना गरेनन् । अहिले पनि २ वटा भैसी पाल्नुका साथै खेती किसानीलाई निरन्तरता दिएका छन । ‘उ बेला उहाँ सँग एउटा सम्बन्ध जोडिन पुग्यो अहिले पनि सम्बन्ध नजिक नै छ मसँग एउटा सम्बन्ध जोडिएको व्यक्ति अहिले मुलुकको राष्ट्रपती हुँदा साह्रै खुसी लागेको छ । म किसानको छोरा त यती खुसी छु अरु झनै कति खुसी होलान सापकोटाले भने ।’
पौडेल सँग निष्ठावान स्वभावका नेता
६ दशक सक्रिय राजनीतिक जीवन बिताएका पौडेल एक सरल र निष्ठावन नेताको रुपमा रहेको उनले बताए । राष्ट्रपति भए सँगै मुलुकमा जनताले ठुलो आशा गरेका सापकोटा बताउँछन । उनले मुलुकको विकासका लागि पदिय दायित्वबाट खेल्न सक्ने भुमिका पौडेलले खेल्न सक्नेमा विश्वस्त रहेको बताए । ‘मेरो चाहना भनेको कुनै कुरामा पनि विवादित नभई उहाँको पाँच वर्ष वितोस भन्ने हो । सापकोटाले भने,–अहिलेको राजनितिक खिचातानिले उहाँलाई पनि असर नगरे हुन्थ्यो खै के हुनिहो । उहाँको सफल कार्यकालको कामना गर्दछु । अब मेरो फेरी एक पटक भेट्ने चाहना छ केही दिन पछि जान्छु ।’ उतारचढावपूर्ण राजनीतिक जीवनमा यो उनको महत्त्वपूर्ण सफलता भएको सापकोटा बताउँछन ।