द्रोर्णजीको समर्थन मलाई पनि छ -उपाध्याय

  • मङ्सिर १२, २०७८

नेपाली काँग्रेस बागलुङको जिल्ला अधिवेशनमा ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । पुन हुने निर्वाचनमा सभापतिका उम्मेदवार द्रोर्ण कुँवरले जगदिशचन्द्र उपाध्यायलाई समर्थन गरेको बताईएको छ । पहिलो चरणको निर्वाचनमा कुँवर उपाध्याय र शेरचन सभापतिमा उम्मेदवारी दिएका थिए । कुँवर तेस्रो भए पनि पहिलो हुने जगदिशचन्द्र उपाध्याय र दोस्रो हुने जित शेरचन विच पुन प्रतिस्पर्धा हुन लागेको हो । 
कुँवरको समर्थन आफुलाई रहको  उपाध्यायले बताएका छन । ‘मेरो लागी द्रोर्ण जिको पनि समर्थन रहेको छ उपाध्यायले भने- सवैको साथ र सहयोग रहने अपेक्षा गरेको छु ।  उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६८ मत ल्याएका थिए । सबैभन्दा कम मत ल्याउनु भएका कुँवरले उपाध्याय र शेरचन दुवैले आफुहरुलाई समर्थन गरेको दाबि गरेका  । शनिबार भएको मतदानमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बागलुङमा कुल १७८० मतदाता रहेका छन् ।  
 

प्रतिक्रिया