• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

दशैँलाई बजार झरे लेकाली भेडा च्याङ्ग्रा

  • असोज १२, २०८२

नारायण रिजाल, बागलुङ -   दशैँ नजिकिँदै गर्दा हिमाली जिल्ला मुस्ताङमा पालिएका भेडा च्याङ्ग्रा बेसी अर्थात बजार क्षेत्रमा झारिएको छ । मुस्ताङका किसान तथा बाहिर क्षेत्रबाट त्यहाँ पुगेर खरिद गरेर फकिएका व्यापारीहरू भेडा च्याङ्ग्राको बथान लिएर बागलुङ सदरमुकाम कुश्मा, पोखरा लगायतका सहरी क्षेत्रमा आईपुगेका छन । शहर र सडकका छेउछाउमा भेडा च्याङ्ग्रा  बथान देखिएसँगै वडा दसैँ पर्व आगमनको झल्को दिईरहेको छ । 
हरेक वर्ष लेकमा हुर्केका भेडाच्याङ्ग्रा दशैंका मौकामा विक्रिका लागि बजार क्षेत्रमा ल्याउने गरिन्छ । 
किसानले ३५ करोड बढीको आम्दानी
    मुस्ताङको नाका प्रयोग गर्दै यस पटक १४ हजार बढि भेडाच्याङ्ग्रा बाहिरएको गरेको भेटेरीनगरी अस्पताल एवं पुश सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस पटक भेडाच्याङ्ग्राबाट किसानले ३५ करोड बढीको आम्दानी गर्न सफल भएका छन् । दशैंका लागि ३५ करोड भन्दा बढि मूल्य पर्ने १४ हजार ६६८ भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी भएको उनले जानकारी दिए । ‘किसानले हामीसंग ठ्याक्कै मूल्य त भन्दैनन् भाले च्याङ्ग्राका ३३ हजारदेखि ४० हजारसम्म पर्ने उनिहरु बताउँछन,’उनले भने,–‘पोथीको अलि कम छ, भेडाको मूल्य पनि अलि कम छ । त्यसैले हामीले २५ देखि ३० हजारको रुपमा सरदर हिसाब गर्दा किसानको हातमा ३५ करोड रुपैयाँ परेको आँकलन गर्न सकिन्छ ।’ मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्गबाट पनि निकासी भएका हुन् । उनका अनुसार तिब्बतबाट ५५० मात्रै भेडाच्याङ्ग्रा आएका छन् । ‘कोरला नाकाको भन्सार कार्यालय दिएको विवरण अनुसार ५५० वटा भेडाच्याङ् प्रवेश गरेको आधिकारीक तथ्याङ्क रहेको छ,’डा. अर्यालले भने,‘अन्य विषयमा त हामीलाई थाहा भएन । आधिकारिक रुपमा कागजपत्र सहित आएकाहरुको मात्रै हामीसंग रेकर्ड हुन्छ ।’  
मुस्ताङको हिस्सा अनुमानित २० करोड रुपैयाँ
यस वर्ष निकासी भएका भेडाच्याङ्ग्राामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्रगा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए ।  यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ । जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य ४० हजार, भेडाको  २८ हजार रुपैयाँ र रमा (च्लालुक) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ । कार्यालयको आधिकारीक जानकारीमा संख्यामा भेडाच्याङ्ग्रा उक्त निकासी भएको देखिए पनि अन्य कुराहरुको बारेमा थाहा नभएको उनी बताउँछन् । 
दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारबाट व्यवसायीहरु भेडा च्याङ्ग्रा खरिदका लागि जाने गर्दछन । उनिहरुले सिधै ट्रक मार्फत ढुवानी गर्ने गरेका छन । 
पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयोगी
चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु स्वादिलो हुने हुँदा उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयोगी मानिन्छ । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत भेडा च्याङ्ग्रा हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । यहाँका किसानहरुले भेडा र च्याङ्ग्रा पालनबाट जीविकोपार्जन गर्दै आएका छन । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु  किसानको प्रमुख चुनौती हो । 
मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो  म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, लगायतका बजारमा पनि भेडा च्याङ्ग्राको खपत हुने गरेको व्यवसायी बताउँछन । 
एउटै  च्याङ्ग्रा मुल्य ४० देखी ४८ हजार सम्म
यस वर्ष विगतमा भन्दा भेडा च्याङ्ग्राको व्यापार राम्रो भएको मुस्ताङ पुगेर खरिद गरी विक्रिका लागि बागलुङ बजार ल्याएका व्यवसायी हरि अर्याल बताउँछन । अर्यालका अनुसार आफुले ७० वटा भेडा खरिद गरेर ल्याएको र १५ वटा बाँकी रहेका छन । ‘हामी हरेक वर्ष मुस्ताङ्को भडी गोठमा नै पुगेर भेडा च्याङ्ग्रा खरिद गर्ने गछौं यस वर्ष छिटै नै विक्रि वितरण भए अर्यालले भने,–‘ केही म्याग्दीमा नै खपत भयो बागलुङमा पनि राम्रै खपत भएका छन अष्टमीको दिन सम्म सकिने आसमा छौं । उनले विगतका वर्षमा खरिद गरेर ल्याएका च्याङ्ग्रा विक्रिका लागि धेरै समय लागेको यस वर्ष सकिएको बताए । 
बागलुङ सदरमुकाम क्षेत्रमा रोजा च्याङ्ग्राको मुल्य ४० देखी ४८ हजार सम्म छ भने चेलुक र भेडाको भने केही सस्तो रहेको छ । त्यसैगरी साना प्रजातीको च्याङ्ग्राको मुल्य १५ हजार देखी ३३ हजार सम्म रहेको व्यवसायी बताउँछन । अन्य समयमा गाउँघरमा नै पालेका खसी बोका खाने चलन भएता पनि दशैँको समयमा लेकाली भेडा च्याङ्ग्रानै खाने प्रचलन रहेको छ । गाउँघरमा ५/६ घर मिलेर एउटा च्याङ्ग्रा खरिद गरेर दशैँ मनाउने गर्छन । 

 

प्रतिक्रिया