बागलुङका व्यवसायीहरुकाे साझा संस्था बागलुङ उद्योग बाणिज्य संघ यतिबेला चुनावी रौनकमा छ । व्यवसायीलाई चुनावी चटारोले छाएको छ । आगामी असार ४ गते सम्पन्न हुने निर्वाचनका लागि अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कंडेल बिच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्ष सहित उद्योग तिरका दुई सदस्यमा पनि निर्वाचन हुने भएको छ ।
दुई सदस्यको लागि निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी परेको छ । संघको अन्य १४ खुल्ला सदस्य र दुई महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन । बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व यसपटक सर्वसम्मत बनाउने भनेर ब्यवसायीहरू बिच विभिन्न चरणमा छलफल भएपनि अध्यक्षका उमेदवार बिच सहमति नभएपछि २ जना उमेदवार यतिबेला व्यवसायीको घरघरमा आफ्नो पक्षमा मत माग्न हिँडेका छन । अध्यक्षका उम्मेदवार श्नेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हुन भने कँडेल निवर्तमान महासचिव हुन ।
श्रेष्ठ र कंडेल दुवै नेपाली काँग्रेस समर्थक हुन । श्रेष्ठलाई नेकपा एमाले राप्रपा समर्थक उद्योगी व्यवसायी र सत्ता साझेदारी गठबन्धनका दलमा समर्थक सवै उद्योगी व्यवसायीले साथ दिएका छन भने कंडेललाई अध्यक्षको उम्मेदवारी दिएका राजन कुमार शाक्य र शशिकपुर श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएर साथ दिएका छन ।
दुवै उम्मेदवारहरुले बागलुङ सदरमुकामका साथमा जिल्लाको बलेवा क्षेत्र कुश्मिसेरा गलकोट काठेखोला क्षेत्रका उद्योगी व्यवसायीलाई पनि भेटघाटका कार्यक्रम अगाडी बढाएका छन । दुवै उम्मेदवारहरुले आफुले उद्योगी व्यवसायीको हक हितका लागि काम गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएका छन ।
जिल्लामा क्रियाशिल अन्य राजनितिक दलहरुका उद्योगी व्यवसायी खुलेरै श्रेष्ठलाई समर्थन गरे पनि पनि नेपाली काँग्रेस समर्थक व्यवसायी दुई धारमा देखिएका छन । यसकाे विषयमा पार्टि नेतृत्वले पनि केही बोलेको छैन ।