साझेदारीको १८ औँ सााधारण सभा सम्पन्न – ४२ करोड बराबरको कारोबार 

  • पुस २६, २०८२

बागलुङ- बागलुङ सदरमुकाममा रहेको साझेदारी बहुउद्देश्यी सहकराी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१।०८२ मा कुल ४२ करोड ६ लाख २ हजार ९८८ बराबरको कारोबार गरेको छ । संस्थाको १८ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष गणेश लम्सालद्धारा प्रस्तुत आयव्यमा बार्षिक कारोबार प्रस्तुत गरिएको थियो । संस्थाले १५ करोड खुद बचत गरेको छ भने १८ करोड २२ लाख लगानी गरेको छ । गत आव ३ लाख १५ हजार शेयर जम्मा गरी कुल ४ करोड ९६ लाख पु¥याएको छ । सो अबधिमा सहकारीले २८ लाख ९३ हजार नाफा कमाएको जनाइएको छ । कुल २ हजार २६२ जना शेयर सदस्य रहेको संस्थाले आफ्ना शेयर सदस्यलाई सुख दुखमा सामाजिक सुरक्षा कोष मार्फत सहयोग गर्दै आएको अध्यक्ष तेजप्रसाद शर्माले जानकारी दिए । 
बहुउद्देश्यीय सहकारी भएका कारण संस्थाको कार्यालय सँगै सुपथ मुल्य पसल संचालन गर्नुका साथै कृषि पशुपालनको क्षेत्रमा पनि लगानी गरेको छ । 
साधारणसभाको उद्घाटन गर्दै संस्थाका शेयर सदस्य एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सहकारी सवैको साझा संस्था भएको हुँदा यसमा सवै शेयर सदस्यको समान दायित्व हुने बताए । उनले पछिल्लो समयमा सहकारी प्रति अनास्था बढीरहेको बेला साझेदारी सहकारीले शेयर सदस्यको विश्वास जितेको बताए । उनले आफ्नै पसलमार्फत कारोवार बढाएको र सहकारीको सिद्दान्तमा रहेर काम गर्न थालेको हुँदा शेयर सदस्य बचत ऋणको कारोबार ढुक्कसँग गर्ने वातावरण भएको बताए । उनले सहकारीका हरेक सदस्यलाई उद्यमशिलता र उत्पादनमा लाग्न पनि आग्रह गरे ।
कार्यक्रममा नेस्फुनका पूर्व संचालक एवं सिवाईसी वचत तथा ऋण सहकारी बागलुङका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल, पूर्व अध्यक्ष हरिप्रसाद गौतम, हिरामणी शमार्म लगायतले शुभकामना व्यक्त गरेका थिए । 

साधारणसभाले सहसचिव श्रीकृष्ण पौडेलले प्रस्तुत गरेको प्रगती प्रतिवेदन, कोषाध्यक्ष गणेशराज लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक मनोजराज शर्माले प्रस्तुत गरेका लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पास गरेको छ ।
साधारण सभाबाट संचालक समितिमा रित्त रहेको पदपूर्ती गर्नुका साथै कार्यसमितिमा हेरफेर गरेको छ । रित्त रहेको सचिव पदमा कोषाध्यक्ष गणेशराज लम्साल, कोषाध्यक्षमा सदस्य बाबुराम पौडेल र सदस्यमा सिर्जना शर्मा रिजाललाई चयन गरिएको छ । यस अघि निर्वाचित संस्थाका सचिव डिल्लीप्रसाद गौतमले राजिनामा गरेपछि पद खाली रहेको थियो । सहकारीका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता, सह–सचिव श्रीकृष्ण पौडेलको संचालन र उपाध्यक्ष चुडामणी उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय