बागलुङ - बागलुङ सदरमुकाममा मुख्य शाखा रहेको निलगिरि बचत तथा ऋण सहकारी सस्था बागलुङले १५औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा सस्थामा शेयर सदस्य भै गत स्थानिय तहको निर्वाचनमा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधि बधाई तथा सम्मान गरिएको छ भने धौलागिरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ ।
संस्थाका शेयर सदस्य हरिहर शर्मा जैमिनी नगरपालिकाको उपप्रमुख, संस्थाका सल्लाहकार ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष संस्थाका शेयर सदस्य नारायण शर्मा पौडेल बानपा १३ का वडा अध्यक्ष शेयर सदस्य दुर्गाबहादुर बोहोरा बानपा ५ का वडा सदस्य बलराम सापकोटा, जैमिनी नगरपालिका २ का वडा सदस्य एवं जिल्ला समन्वय समितिका उपप्रमुखका उम्मेदवार होमनाथ शर्मा लगायत १३ जना जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै सहकारीका शेयर सदस्य तथा जैमिनी नगरपालिकाका उपप्रमख हरिहर शर्माले सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुनु पर्ने बताए । उनले हरेक वर्गको सारथीको रुपमा सहकारीले उद्देश्य लिनुपर्ने बताए । शर्माले सहकारी मार्फत उत्पादन वृद्वि गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनु दिएका थिए ।
कार्यक्रममा सहकारीका सल्लाहकार तथा बागलुङ नगरपालिका वडा नम्वर ११ का वार्ड अध्यक्ष ज्ञानेन्द्र गौतम, धौलागिरी अस्पताल समितिका सदस्य कृष्ण शंकर श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले आफ्नो स्थापना दिवसकै अवसरमा धौलागिरि अस्पतालमा रहेको ५५ जनालाई विरामीहरुलाई स्वास्थ्यलाभको कामना सहित फलफूल वितरण गरेको छ । संस्थाका सल्लाहाकार किरण पौडेल, अधिवक्ता भूमिश्वर गौतम र उपस्थित जनप्रतिनिधिहरुले अस्पतालमा रहेका विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरेका थिए । सहकारीले अस्पतालको फोहोर व्यवस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्यले अस्पतालका लागि ६ थान फोहोर फाल्ने डस्विन पनि हस्तान्तरण गरेको छ । दिवसकै अवसरमा रायडाँडा पैयुँपाटाका स्वास्थ्य चौकी र विद्यालयहरुमा पनि फोहोर फाल्ने डब्विन हस्तान्तरण गरिएको छ । कार्यक्रम सहकारीका अध्यक्ष नारायण पौडेलको अध्यक्षता, लेखा समिति संयोजक गोबिन्द पौडेलको स्वागत र सचिव मिलन केसीको संचालनमा सम्पन्न भएको हो ।
सहकारीले आफ्नो स्थापना दिवसकाे अवसरमा सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले अस्पतालका विरामीलाई फलफुल वितरण र फोहोर व्यवस्थापनका निम्ती डस्वीन हस्तान्तरण गरेको हो ।