नेपाली कांग्रेसको १४औ महाधिवेशन अर्तरगत बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डी प्रसाद शर्मा पाैडेल विजयी भएका छन् । मंगलबार भएको मतदानबाट शर्माले प्रतिशप्रर्धी खडक थापालाई ४ मतले पराजित गरी क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
शर्माले ४५४ मतका साथ विजयी हुँदा थापाले ४५० मत ल्याएका थिए । सचिवमा पौडेल प्यानलका गोविन्द बहादुर पौडेल गोपाल र जयराम भारी विजयी भएका छन् । बुधवार बिहाना सम्पन्न मतगणनामा पौडेलले ७ सय ७२ मत प्राप्त गरेका छन भने भारीले भारीले ४ सय ५३ मत प्राप्त गरेका हुन । उनका प्रतिप्रर्धी नरेन्द्र कँडेलले ३ सय ७८ मत ल्याएका थिए भएन बिजय शर्मा अधिकारीले २ सय ३८ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवका अर्का उम्मेदवार दिनेश पन्तले ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिए ।
सह सचिवमा विष्णुराज पौडेल र गणेश लम्साल विजयी भएका छन् । पौडेलले ५ सय ४४ र लम्सालले ४ सय ८४ मत प्रप्त गरेका थिए । पाैडेल र लम्सालका प्रतिस्पर्धि दुर्गा बोहोरा र राजन चापागाईले ३ सय ६६ र ३ सय ४९ मत प्राप्त गरेका थिए । विजयी भएका सवै पौडेल समुहबाट उम्मेदवार बनेका थिए । क्षेत्रीय सदस्यमा पनि पौडेल प्यानलका उम्मेदवारले चुनाव जितेका छन् । क्षेत्रीय सदस्यमा टुकादेवी शर्मा आचार्य उमेश केसी जयबहादुर केसी लक्ष्मिदेवी सापकोटा खुमराज पौडेल गणेशदत्त पौडेल रिवकली शर्मा देवबहादुर थापा शंकर शर्मा शिव आचार्य चक्रबहादुर खड्का र दिनानाथ गौतम जुनु श्रेष्ठ पुरन बहादुर शेरबुर्जा तिल बहादुर नेपाली र होमनाथ शर्मा निर्वाचित भएका छन । निर्वाचनको मतपरिणाम हेर्दा क्षेत्रीय समितिमा पौडेल पक्षको प्यानलनै बिजयी भएको छ ।